प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले न्यू जर्सीको भर्खर संचालनमा आएको हट ब्रेडको उदघाटन गरेकी छिन् ।
अमेरिकामा अध्ययन गर्न आएकी श्रेष्ठले न्यूजर्सीको डेटन शहरमा गत जुलाई २८ तारिख रिबन काटी हट ब्रेड नामक पसलको उद्घाटन गरेकी हुन् ।
उक्त हट ब्रेडका संचालक राजु श्रेष्ठले उनको उक्त पसल अमेरिकामा दोश्रो शाखा भएको जानकारी दिएका छन् ।
श्रेष्ठले नग्माले उद्घाटन गरेकोमा हर्ष भयक गरेका छ्न । हट ब्रेड का विभिन्न परिकारका सामग्री मध्ये अन्डा न मिसाइएको केक निकै प्रसिद्ध हुनुको साथै स्वादिलो र मिठो भएकोले यसको ब्यापार पनि वृद्धि भएको बताएका छन् ।
ताजा र स्वादिलो र गुणात्मक भएको कारण ग्राहक आई रहने बताउँदै त्यसलाई आफूले ध्यान दिएकोले दोश्रो शाखाको रुपमा पनि खोल्न सफल भएकोमा आफू उत्प्रेरित भएको बताएका छन् ।
यसैगरी नग्माले आफू पनि यस्ता बेकरीका परिकार पेस्ट्रीकप ,केकफ्रुट र टार्ट मन पर्ने बताइन् । उनले अगाडि भनिन् हात ब्रेड मेरो मन पर्ने पसल भएको जानकारी दिएकी छिन् ।
नग्मालाई आगामी अमेरिकाको न्यूयोर्क शहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ ।
सन् २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्समा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तरराष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् ।
यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि भएकी छिन् । उनि कार्यक्रम प्रस्तोता,मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् ।