‘एनआईसी एसिया बैंक चोर हो, लुटेरा हो, ब्याज खायो, कारवाही गर…’ भन्दै नारावाजी (भिडियो)

‘एनआईसी एसिया बैंक चोर हो, लुटेरा हो, ब्याज खायो, कारवाही गर…’ भन्दै नारावाजी (भिडियो)
अर्थ​

‘बैंक पनि साथी पनि’ नारा दिएको नीजि क्षेत्रको बैंक एनआईसी एसिया बैंकविरुद्ध सेवाग्राहीले नारा लगाएका छन् । उनीहरुले ‘एनआईसी एसिया बैंक चोर हो, लुटेरा हो, ब्याज खायो, कारवाही गर…’जस्ता नारा लगाएका थिए ।

कुरा आइतबारको हो । भक्तपुरमा रहेको नेपाल इन्जिनियरीङ कलेजले बैंकको भक्तपुर चाँगुनारायणमा रहेको शाखामा यी नारा लगाएका हुन् । कलेजका संचालक, शिक्षक र कर्मचारीहरुले बैैकले विना कारण खातामा रहेको ४ करोड २६ लाख रकम रोक्का गरेको बताउँदै नारा लगाएका हुन् ।

बैंकविरुद्ध नारा लगाउँदै गरेका लेजका कर्मचारी मनोहर खनालले बैंकमा पहिलो पटक बैंकमा खोलीएको खाता रोक्का गरेको बताउँदै भने, “हामीले दैनिक कलेज संचालनमा समस्या परेपछि जिल्ला प्रशासन कार्यालयमा गएर छलफल गर्दा प्रमुख जिल्ला अधिकारीको आदेशमा संचालक समितिबाट नभई लेखाशाखाबाट एक जना र अर्को एकजनाको नाममा खाता खोलेका थियौं । पछि विश्व विद्यालयलाई बुझाउनको लागि ४ लाखको चेक बनाएर पठाउदा हाम्रो खाता रोक्का भएको जानकारी गराईयो । तर के कारणले रोक्का गरिएको हो भन्ने जानकारी गराईएन । त्यसैले यो बैंकको सरासर बेइमानी तरिका हो ।” उनले बैंकका शाखाका प्रबन्धकले पैसा गन्ने मेशिन, गाडी र ५ जना कर्मचारीसहित कलेजमै पुगेर पैसा लिएका थिए ।

[youtube https://www.youtube.com/watch?v=dNMMCfJyVbc]

एनआईसी एसिया बैंकले सर्वसाधारण जनतालाई ठग्न सक्ने भन्दै कलेजका करिब २१ सय विद्यार्थी र करिब ३ सय शिक्षकले अझै आन्दोलन चर्काउने बताएका छन् ।

कलेजको खाता रोक्का गर्नुको कारण आफूलाई जानकारी नभएको बताउँदै शाखा प्रमुख सरिता श्रेष्ठले केन्द्रीय कार्यालयलाई सोध्न भनेको रातो खबरले समाचारमा उल्लेख गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेज सामाजिक संस्थाको रुपमा स्थापना गरिएको भएपनि संचालक समिति भित्रका केही सदस्यहरुले प्रा.ली. मा लिएर ब्यापार गर्न खोजेपछि संचालक समितिभित्रै विगत एक वर्षदेखि विवाद सुरु भएको थियो ।

Post Comment