नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर रु १, डिजेल र मट्टीतेल प्रतिलिटर रु २/२ र हवाई इन्धन प्रतिलिटर रु ४.५ बढाएको हो ।
यो सँगै अब पेट्रोल प्रतिलिटर रु १११, डिजेल र मट्टीतेल रु ९५/९५ र हवाई इन्धन प्रतिलिटर रु १०४.५ पर्ने भएको छ । बढेको मूल्य आज मध्यराती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।