केही दिन ओरालो लागेको अमेरिकी डलरको मूल्य फेरि वृद्धि भएको छ । सोमबार एक अमेरिकी डलरको मूल्य १ सय १५ रुपैयाँ ८ पैसामा झरेको थियो । मंगलबार बढेर १ सय १६ रुपियाँ २३ पैसा पुगेको छ ।
अमेरिकी डलरको मूल्य वृद्धि भएको यो हालसम्मकै उच्च मानिएको छ । १ सय १५ रुपैयाँ ४८ पैसाको रेकर्ड कायम गरेपछि केही दिनदेखि डलरको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १६रुपैयाँ २३ पैसा रहेको छ ।
अमेरिकी डलरको भाउ बढ्दा नेपालमा पनि यसको असर देखिन थालेको छ । डलरको भाउ बढेकै कारण भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढेको छ । भारतीय नोटसँग नेपालको स्थिर दर कायम हुँदा भारतसँगै नेपालमा पनि असर देखिने गरेको छ ।
विदेशबाट पैसा पठाउनेलाई फाइदा भएपनि नेपालले आयात गर्ने वस्तुको मूल्य भने बढी पर्छ ।