अब घरबाटै कर तिर्न सकिने

अब घरबाटै कर तिर्न सकिने
अर्थ​

युएस-नेपाल न्युज, काठ्माण्डौ । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट कर बुझाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आएसँगै अब करिब ६० प्रतिशत करदाताले घरबाटै कर तिर्न सक्नेछन् ।
आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल ६ लाख ९० हजार करदाताले आय विवरण बुझाएका थिए । उनीहरुमध्ये ४ लाख ११ हजार करदाता साना करदाता हुन्, जसको वार्षिक कारोबार २० लाखभन्दा कम छ । नयाँ व्यवस्थापछि उनीहरुले छिटो र छरितो सेवा पाउने छन् भने कर प्रशासनको कार्यबोझ पनि कम हुनेछ

Post Comment