अब सबै बैंक तथा बित्तीय संस्थाहरु खुल्ने

अब सबै बैंक तथा बित्तीय संस्थाहरु खुल्ने
अर्थ​

युएस-नेपाल न्युज, काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको हो ।

उसले ‘सिफ्ट सिस्टम’ हटाउन पनि भनेको छ। अब नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै खोल्नुपर्नेछ ।

कोरोनाको सङ्क्रमण बढेको भन्दै गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै केही समयका लागि खोल्दै आएका थिए। -उज्यालो

Post Comment