फेरियो एक हजारको नोट

फेरियो एक हजारको नोट
अर्थ​

युएस नेपाल न्युज, काठमाडौं । एक हजारको नोटमा राम लक्ष्मणको फोटो राखिएको छ। नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो उठेपछि नेपाल राष्ट्र बैंकले नेपालका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्वीर राखेर नोट प्रकाशन गरेको हो।

राम र लक्ष्मणले अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन्।  साउन ७ गतेदेखि सञ्चालनमा आएको नोटको बाँयातर्फ सगरमाथाको चित्रसमेत छ।

यसअघिका एक हजारको नोटमा एउटा मात्रै हात्तीको चित्र अंकित थियो भने अहिलेको नोटमा दुईवटा हात्ती रहेका छन्

 

 

Post Comment