युएस नेपाल न्युज, काठ्माण्डौ । गएकाे चैत ११ गतेदेखि बन्द रहेका पर्यटकीय व्यवसाय बिहीबारदेखि खुल्दैछन् । साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार साउन १५ गते अर्थात् बिहीबारदेखि ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय खुला हुनेछन्।
अहिले यी व्यवसायीले पर्यटकीय सिजनको लागि अग्रिम बुकिङ र अन्य तयारी गर्ने र कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि पर्यटकका लागि खुला गर्ने सरकारले जनाएको छ ।