नेप्से झण्डै ३१ अङ्कले बढ्यो

नेप्से झण्डै ३१ अङ्कले बढ्यो
अर्थ​

काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै ३१ अङ्कले बढेको छ । नेप्से बिहीबार ३० दशमलव ७८ प्रतिशतले बढेर १५ सय ७२ दशमलव १८ बिन्दुमा पुगेको छ ।

निर्जीवन बीमा समूह बाहेक अरु सबैजसो समूहको शेयर बिहीबार बढेको छ । होटल समूहको शेयर एक सय ६१ अङ्कले बढेको छ भने जलविद्युतको ८८ अङ्कले, विकास बैंकको ६६ अङ्कले, जीवन बीमाको ४० र फाइनान्स समूहको शेयर ४२ अङ्कले बढेको छ ।

बिहीबार एक सय ९१ कम्पनीका एक करोड १८ लाख कित्ता शेयर तीन अर्ब ३१ करोड ५६ लाख रुपैयाँमा किनबेच भए । नेपाल पुनर्बीमा कम्पनीको १३ करोड २३ लाख र नेपाल बैंक लिमिटेडको १२ करोड १८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि एनआरएन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले झण्डै सात प्रतिशत गुमाएका छन् ।

Post Comment