न्युयोर्कमा भएको विस्फोटमा २९ जना घाइते

विचार

न्युयोर्क, असोज ३ गते । अमेरिकाको न्युयोर्क राज्यको छिमेकमा पर्ने चेल्सीमा शनिवार भएको बम विस्फोटनमा परी कम्तीमा २९ जना घाइते भएका छन् । यद्यपी यस क्षेत्रमा आतङ्कको प्रत्यक्ष सहभागीता नरहेको अधिकारीले जानकारी दिएका छन् ।

घाइतेहरुको उपचार भइरहेको र एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाकारी दिएको छ ।

“प्रारम्भिक समाचारअनुसार घटनास्थलमा विस्फोट गराउने आतङ्ककारीका कुनै प्रमाण फेला परेका छैनन्,” न्युयोर्कका मेयर विल डे ब्लासिओले भन्नुभएको छ ।

“यहाँ केही रहस्य अवश्य छ, हामीले निकै सावधानीका साथ अनुसन्धान सुरु गरिसकेका छौँ, तर अहिलेसम्म अपराधीका कुनैपनि प्रमाण फेला पारेका छैनौंँ,” उहाँले थप जानकारी दिनुभएको छ ।

अग्नी नियन्त्रण विभागका आयुक्त डेनिल निग्रोले पनि घटनामा २९ जना घाइते भएका र २४ जनालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभएको छ ।

बेलुका करिब ८ः३० मा भएको यो विस्फोट ग्यासको विस्फोटनको कारण नभएको प्रंहरीले स्पष्ट पारेको छ ।

यो विस्फोट नियतबस गरिएको पनि न्युयोर्कका मेयर विल डे ब्लासिओले बताउनुभएको छ ।

Post Comment