हिजो आज सामाजिक सन्जालामा प्राय नेपाल बाहिर रहेका नेपालीहरुलाई लक्षित गरी गाली गर्ने, सत्तो सराप गर्ने अनि नाना थरी उपनाम प्रदान गर्ने काम हाबी भैरहेको छ। बिशेष गरी जो नेपालीहरु स्थाइ रुपमा नेपाल बाहिर बिभिन्न देशहरुमा बस्दै आईरहेका छन् हो उनिहरु प्रति आक्रोश पेखिदै आईरहेका छन्। उनीहरुलाई नेपाली नागरिकता बेचुवा, देशलाई माया नगर्ने र बिदेशी गुलाम भनेर लाल्छना लगाएर केही कथित राष्ट्रभक्तहरु हात धोएर प्रवासी नेपालीहरु प्रति अाक्रमक शैलीमा प्रस्तुत भएको पाईन्छ।
कुनै प्रवासी नेपालीले देशमा भईरहेको गतिविधिलाई कुनै टिप्पणी गरेको देखे भने नेपालमा बसेका विद्वानवर्गहरुले उनीहरुलाई त्यस्तो अधिकार नभएको जिकिर गरिएको पाईन्छ र यस्तो लाग्छ कि उनिहरुले कुनै ठुलै अपराध गरिरहेका छन् । यस्ता गतिविधि देखेर यो पंक्तिकारलाई उदेक लागेर आयो र यो प्रबृती प्रति एउटा प्रवासी भएको कारणले केही लेख्न आज बाध्य बनायो।
हुन त हामी नेपालीहरु एक अर्काको खेदो खन्न सार्है माहिर छौ । एकले अर्काकाको खिल्ली उडाएर मनोरन्जन लिन खप्पिस नै छौं। यो बाहेक अर्को राम्रो कला के नै छ र ? कसैलाई शब्द बांण प्रयोग गरेर सानो देखाउन पाए ठुलै पराक्रम ठान्नेका जमात पनि धेरै नै पाईन्छ । यी सब क्रियाकलापले क्षणिक आनंद त देला तर कुनै उपलब्धि हांसिल हुदैन मात्र द्वयश पैदा हुन्छ र यी सबै औचित्यहिन कार्य हो भन्ने पंक्तिकारको ठम्याई छ ।
राष्ट्रियताको मापदण्ड निर्धारण गर्ने अधिकार कुनै पनि व्यक्तिलाई छैन किनकी राष्टियता व्यक्तिको मनबाट उब्जिने भावना हो र देश प्रति प्रकट गरिने संवेदना हो। देशलाई माया गर्न देशमै बस्न पर्छ, त्यही जिवन व्यतीत पर्छ भन्ने तर्क औचित्यहिन छ । राष्ट्रियता व्यक्तिको देश प्रति प्रकट हुने पवित्र भावना हो जुन व्यक्तिको जन्म र त्यस देशमा विचरण गरेको आधारमा निर्भर हुन्छ जस्तो यो पंक्तिकार लाई लाग्छ नकि जिवन भर देश मै बसेर मात्र हुन्छ। नत्र आजिवन नेपालमा बस्ने अनि देश लुट्ने भ्रस्टचारीहरुलाई महान देश भक्तको पगरी गुथाए भैगयो नि?? हरेक मान्छेका आ-आफ्ना बाध्यताका कारण मातृभूमी छोडेर प्रवासमा बस्नु परेको हुन्छ। नियतिले धेरैलाई मुटु माथि ढुंग्गा राखेर बिदेशिन बिवश गराएको छ । त्यसको अर्थ नेपाललाई लात मारेर बिदेशियो भनेर आरोप लगाउनु सरासर गलत हुन्छ। यद्यपि केही अपवाद भने नभएका होईनन् तर त्यसलाई नै आधार मानेर सबैलाई एउटै तुलामा जोख्नु बुद्धिमानी होईन ।
नेपालको परिस्थिति नै त्यस्तो छ कि हरेक नागरिक कुनै न कुनै अवसरको खोजीमा छ किनकी नेपालमै कुनै अवसर प्राप्त गर्नु लगभग असंभव नै छ विशेषगरी जो व्यक्ति ईमानदारीपुर्वक जिवन निर्वाह गर्न चाहन्छन् । नेपालमा अहिलेको परिवेशमा कतिपय व्यक्तिहरु यस्ता छन् जस्लाई ईमान्दार भएर बाच्न परिस्थितिले दिदैंन र बेईमानहुन स्वभावले दिदैंन अनि नविदेशीएर उनीहरुले सुखै पाउदैनन् ।
प्रवाशी नेपालीलाई गाली गर्नु पुर्व उनिहरुको योगदानलाई पनि मूल्याँकन गर्न जरुरी छ। २०७२ साल बैशाखमा गएको भूकम्पका बेला प्रवासी नेपालीले स्वतस्फुर्त रुपमा गरेको सहयोग यसको साक्षी छ । उक्त बिनाशका बेला एन.आर.ए. ए अध्यक्ष डा. शेष घलेले सम्पुर्ण प्रवासी नेपालीको प्रतिनिधित्व गरी पिडितका घर घर पुगेर उद्धार गरेको सर्वबिधितै छ । सो कुरालाई उपेक्षा गरी मनगणन्ते हिसाबले आरोप प्रत्यारोप गर्नु सहर्ष पुर्वाग्रह मात्र हो भन्ने यो पंक्तिकारलाई लागेको छ ।
कुनै पनि प्रवासी नेपाली जहाँ रहे पनि उसले नेपाललाई बिर्सेको छैन, कुनै न कुनै रुपमा उ मातृभूमीसंग जोडिएको छ र मातृभुमीमा केही योगदान दिन सकिन्छ कि भनेर चिन्तनसिल छ । धेरै प्रवासी नेपालीहरु केहि आर्थिक उपलब्धि हासिल गरेर नेपालमा नै फर्कने र नेपालमा लगानी गर्ने योजनामा छन् । नयाँ नेपालको बिकासको आधार पनि यही हो । देश बाहिर रहेर प्राय कोही नेपाली सुखी छैन, खुशी छैन । अत प्रवासी नेपालीलाई गाली गर्न बन्द गरौं त्यसले कसैको जय गर्दैन मात्र आपसी भाईचारालाई बिथोल्छ । यसरी समय व्यतित गर्नुको सट्टा जो जहाँ छौं आफुले सक्ने योगदान दिंउ र देशमा ब्याप्त भ्रष्टाचारलाई जरै देखि उन्मूलन गरौं यसैमा सारा नेपालीको कल्याण छ ।।।।
जय नेपाल !