आखिर किन आउछ दशैं ?

विचार

nisha-aryalअँहो  दशैं  आएछ ! हो हजुर ! दशैं आयो रे ! देशमा दशैं ! विदेशमा दशैं ! यता दशैं ! उता दशैं ! जता हेर्यौं दशैं नै दशैं । तपाई सोच्नु हुन्छ होला सबै तिर बहार छ, । तर कस्तालाई दशैं ? जसको आखाँको आँशु आजसम्म रुकेको छैन | नाङ्गो शरीरको लाज ढाकिएको छैन | निदाउँन आँखामा निद्रा छैन | कतै नाङ्गो शरीर कठ्यारियेर कतै  बर्षामा भिजेको छिद्रा परेका शरीरका कपडा ओबाएको छैन तर दशैं  आउने क्रम रुकेन | उसको समय आएरै छाड्यो दशैं |

गरिबको निम्ति त दुइ छाक दालभातको जोहो हुन गार्हो छ  राती आनन्दले निदाउन  सकेको छैनन  शान्तका निन्द्रा र एकछाक पेटमा माड़को निम्ति ब्याकुल छन र आशाको किरण बालेर दिनरात सरकारबाट राहत पाउने आकांक्षामा प्रतिक्षित रहेका छ्न जब  गरिवीले  सिमा  नाधेर  केहि जुट्नु सक्दैन अनि बाध्य  हुन्छन साहुको ऋण बोकी पर्देसिन कमाउने जोहो को निमित्त ।

सरकार नाटक गर्न ब्यस्त छ सिनेमाको पर्दामा झैँ तर देशको राजनैतिक अस्थिरता,अर्थतन्त्रमा आएको दिन प्रतिदिनको गिरावट सामाजिक  र संस्कृत पक्षमा आएका विकृत र विसंगतिको कारणले आज देशको लाखौं  युवा जनशक्त्ति विदेसिनु बाध्य मात्र हैन  साहुको चर्को ब्याजसहित अरब,खाडी,तथा अन्य मुलुकमा  गुलामी गर्न बाध्य भएका छ्न भने युवतीहरु आफ्नो शरीरसंगको सम्झौता गर्न बाध्य छ्न दलालहरुको  तर यो  सत्यतालाई पचाउन नचाहने देशका सरकार भनाउँदाहरु को घिन लाग्दो प्रवृतिको लागि तितो यथार्त सरकार बादी मैहुँ  भन्ने नेताहरुलेपनि  यसलाई  नकार्न मिल्दैन |

आम मानिसको चाड चलिरहेको छ । त्यस चाडको नाउँ हो “महँगाई ” । के यसको हल छ ? के हल छ यस्को ? धनी झन झन धनी हुँदो छ गरीब झन झन गरीब । नवरात्र , दशैं , दुर्गा पुजा , । महँगाई । खादान्य प्रदार्थको मोल आकाश छुँदो छ । गरिबहरूको थालमा आउने दाल ३२० देखि ३५० रूपैयाँ प्रिति किलो चर्को बजार भाउ महगाईले रिकर्ड तोड़ेंगे छ । लाग्छ फुलवलमा स्वर्ण पदल ल्याउन चर्को प्रतिष्पर्धा  भए झैँ वा  करातेले नेपालको रेकड राख्न सफल भएजस्तै |  सागसब्जी ,दुधदहि, महगाईको अवस्था यस्तो छ मासुको के कुरा?  चामल,नुन , पीठों , चीनी , तेल छोई सक्नु छैन , तरकारीको भाउ त न सोध्नुहोस । फलफुलको झन के भनौ लाग्छ बजार भाउ धनीको गहना र साडीको प्रतिष्पर्धा भए जस्तै लगातार बढ्दो महगाईबाट साधारण जनता  परेशान छन भने गरिबीले छानो र एकछाक मानो नहुनेको परिवारमा कस्तो होला दशैँ ? हामीजस्तो साधारण परिवारले सोच्न बाध्य भएका छौं  परदेश भूमिमा चौविसै घण्टा असक्त, पागलको चाकडी गरेर पाएको तलब घरमा पठाउदा धन्सन बालबच्चाको पेट भराउन गार्हो छ शिक्षा दिन राम्रो बोडिंग  स्कुलको के कुरा ? झनै गासँ वाँस, कपास नहुनेको के गति होला ?  उनीहरुको परिवारमा कसरी आयो होला दशैं ? सरकारलाई कसरी हुन्छ आफ्नो कुर्शी जोगाउन संसदको भत्ता ५०% बढाएर खुशी पार्न तलिन छ तर  महगाईलाई लगाम लगाउन नाकाम  । कहिल्यै सरकार बादी नेताहरुले सोचेका छ्न ?  गरीब र थोरै तलब पाउने साधारण मानिसले आफ्नो घरको खर्च कसरी चलाई रहेका होलान?

भोक,शोक,अशिक्षा र गरिवीले दुइछाक परिवारको मुख माड़ लगाउन देशको नाजुक अबस्था, वेरोजगारी भएका मानिसको लागि आवश्यता सर्वप्रथम  नै  जननी हो भन्ने यथार्त   हामी नेपालीकोलागि मात्र नभएर संसारको आर्थिक,राजनैतिक,
सामाजिक,सांस्कृतिक, आध्यात्मिक, तथा भौतिक इतिहासमा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा हुने परिवर्तनमा सरोकार राख्ने जो कोहीलाई भनि रहनुपर्ने आवश्यता पर्दैन किनकि जब मानिसको जीवनमा कठिन समस्याले पिडिन्छ ,चोटले पिल्सिन्छ अनि उसले आवश्यकताको महसुस गर्छ र उसले नयाँ कुराको आविष्कार गर्छ, चाहे त्यो गरिवीले पेट पालन कठिन पारिश्रम होस्, वा बैज्ञानिकहरुले गर्ने ठुला ठुला आइटम बमको आविष्कार नै होस |

चेतना भएको प्राणीमा सर्वश्रेष्ठ सामाजिक प्राणी मानिस नै हुन त्यसैले देशमा,समाजमा, गाउँमा,सहरमा घट्ने स-साना घटनाहरुले उसको व्यक्तिगत तथा सामाजिक जीवन शैलीमा प्रभाव पार्ने  गर्दछ | चाहे आफ्नो भूमि छोडेर बाध्यताले विदेसिनु नै किन परोस तर  हामी जस्ता लाखौ पर्देसी यी कुराहरुवाट  अबश्य नै अलग छैनन्    |
हामी जस्ता कैयौं  युवा,युवती  काम गर्न विदेसिदा केहि महिना,बर्षमा अकस्मात कोहि मालिकको कठोर दण्डमा मृत्यु हुन्छ त कोहि अकस्मात संकास्पद अबस्थामा मालिकको घरमै  झुण्डीएको अबस्थामा फेला पर्दछन, कोहि  वलत्कारको सिकार त कोहि काम गर्ने घरको छतवाट झरेको अबस्था होस् वा मुस्लिमको आतंकमा गाडीले किचिएर,छूराले हानेर मृत्यु वरण  गर्नपुग्छ्न  |

आज देशको गरिमामय कुर्शीमा राज गर्ने सरकार वादीहरु नै लुटेरा र देशलाई खोक्रो बनाउने कार्यमा जुटेको यो  कम्जोर र पीडादायी अबस्थामा देशमा हुन वा विदेशमा नेपालीहरुमा एकता र जागरुपताको मनोभावना जाग्न जरुरी छ ।

मेरो जीवनमापनि ठुलो बज्र गिर्नाले  मेरा पाइला  घरवाट बाहिर निस्कियो  एउटा लक्ष्य बोकेर बादल पार्रीको देशमा आफ्नो वालक सन्तानलाई पर्ने पिडा,दुख,र संकटलाई नयाँ  रुप दिने कोशिसमा सुनौलो भविष्य खोज्नलाई मन भरी चोटै चोट गह भरी आँसु नै आँसु बोकेर स-साना बालक अनि नजिकिदै गरेको बडा दशैंलाई छोड़ेर निस्कनु त्यो एउटा दुख लाग्दो क्षण आखाँमा आउँछ हरेक वर्ष झैँ  । यसरी पर्देसिको गुलाम भएकोपनि बार्हौ बर्ष  कतिसकेछ तर अझै दशैं  आएको छैन | आफ्ना आफन्तहरूको मायाँ कस्तो हुन्छ कुन्नि ? यी सन्तानलाई छोडेर प्रदेश लाग्दाको पिडा अनि हरेक वर्ष आउने वडादशैंले दिने गहभरी आँशु  ।  आखिर किन आउछ दशैं  ?

Post Comment