देशमा अत्यन्तै गम्भीर चर्चाको विषय बन्यो वर्तमान प्रधानमन्त्री प्रचण्ड सरकारले देखाएको नाटकीय चरित्र र दुर्गा पुजाको अवहेलना, हिन्दु तथा बौद्ध परम्परा माथि गरेको घिनलाग्दो प्रवृति, पशुपतिनाथको प्रतिष्ठा गिराउने कोशिस, इन्द्र जात्रालाई बिथोल्ने प्रयास तर पहिला सधै टिका थापेका प्रचण्डले यो पल्टको दुर्गा पुजा माथिको आस्थामा चोट पुग्ने र आफ्नै संस्कार माथि अन्धविश्वास दशैको टिका नलगाएर आफुलाई सच्चा देशद्रोही सावित गर्न जनताको नजरमा सफल भएको भान भइरहेको छ । उनको त्यो प्रवृतिले आफ्नै लागि नकारात्मक प्रभाव पर्ला भनेर रत्तिभर सोच्न सकेनन । क्रिश्यन हुन बेलायतका प्रधानमन्त्री तर उनि हिन्दुको आरती गर्नु, पुजारीको हातको टिका थाप्नु, चाडमा सरिक हुनु, अमेरिकाको राष्ट्रपति जन्मदा मुष्लिम भए पनि त्यहाको नियमको पालना गर्दै शपथ लिदै धर्म निभाउछन र नेपाली धर्मको आस्था राख्दै बुद्धको मुर्ति घरमा राखी धुप बाल्छन, हिन्दु सस्कारको सम्मान गर्दै पूजा गर्छन र प्रसाद ग्रहण गर्छन । जुन नेपाल देश विश्वमा नै हिन्दु देशको रुपमा चिनिन्छ जहाँ ८४% भन्दा बडी जनसङ्ख्या हिन्दु छन त्यस्तो देशका प्रधानमन्त्री कम्युनिस्टको धर्म हुँदैन भन्छन भने किन आफन्त मर्दा आर्यघाटमा पुर्याउछन र जलाउछन ?
सम्मानीय पदको अवहेलना गरि देशको प्रधानमन्त्री जस्तो गरिमामय कुर्शीमा रहेका ब्यक्ति न राष्ट्रिय पोशाक मै शपथ ग्रहण लिए न देशको सामाजिक संस्कृति सम्पदाको मूल्य, महत्वको मर्यादा राखे । न कुनै खुवी छ देश हाक्ने, न राजनीति क्षमता, न कुनै राष्ट्र जाँदा अंग्रेजीमा बोलेर उत्तर दिने क्षमता, न आफ्नो भाषामा, नकुनै भाषामा परिपक्कता, न कुनै विशेषज्ञता छ, न देश र जनताको निम्ति ठूलो योगदान नै गरेका छन । लाखौ जनताको रगतको होलीमा रंगिएर झुठो सपना देखाएर गणतन्त्र ल्याउन सफल भएका व्यक्तिको न आज कुनै जनमत छ न वैदेशिक सहयोग सार्थकता नै । नकुनै भिजन न कार्यान्वयनको दृढ इच्छा शक्ति नै । न कहिलै विगत प्रसंशनीय थियो, न जनताको प्यारा न हाईहाई । राजनीतिको घिनलाग्दो ढाल ओढेर विदेशी षडयन्त्रको सिकार हुने खलनायक नेता जसको नबोलीको ठेगान छ न जनतासंग गरिएको बाचाको, न सम्मान छ न इज्जत, त्यै पनि कस्तो दुर्भाग्य ? नेपाली जनताले प्राधानमन्त्री मान्नुपर्ने बाध्यता ?
न अनुहारमा कुनै खुशी न रुपमा सौन्दर्य, जसको अनुहारमा नै प्रश्न देखिन्छ ।
त्यस्ता व्यक्ति अरुको गुलाम बनेर, हातखुट्टामा नेल लगाएको हुँदा पशुपतिमा पुजारी फेर्ने र लुम्बिनीको विकास गर्ने जस्ता कुरा चाहिँ कस्तो षड्यन्त्रको लागि गर्छन कुन्नि ? जो आफ्नो पारम्पर सस्कृतिलाई कुल्चेर दशैमा खाली निधार राखेर ढर्रा रुपी खोल ओढेर विदेशीको आखाँमा छारो हाल्ने देशको सस्कारलाई कुल्चिएर कृश्यन भएको नाटक गर्दै आफुलाई के प्रगतिशील सावित गर्न खोजेको हौ?
तिमीहरु त आफैमा ढोंगी र डलोरको गुलाम हुँदा आज विदेशीको इशारामा भय र त्रासभित्र आफ्नो नेपाली सम्मान नै दाउमा लगाई पेलिएका तिमीहरु जस्ता नेताहरुको लज्जास्पद नौटंकी जतातेतै पत्रपत्रिकामा लेखिएको पढ्दा हामीलाई नै लाज लागि रहेछ ।
रत्तिभर पनि आफ्नो क्षमता र विवेक छ भने एकान्तमा बसेर सोच जननाशोच र मरनाशौचमा नपरेका अधिकाँश नेपालीले नवदुर्गाको प्रसादका रूपमा हर्षोल्लासपूर्वक विजयादशमीको टीका र जमरा आशिर्वादको रुपमा ग्रहण गरे , तर देशको कार्यकारी सर्वोच्च पदमा रहेका प्रधानमन्त्री भएका तिमीले देवीको प्रसादलाई अस्वीकार गर्दा प्राय सबै नेपाली जनताको मनमा तिमी प्रति घिर्णा जागेको छ । तर एउटा कुरा भन्छु धर्म भनेको सम्मान र आस्था हो नकी व्यापार ।
तिम्रो नजरमा धर्म नमान्नु र धर्म कै प्रसादका रूपमा विजयादशमीको टीका र जमरा ग्रहण नगर्नु तिम्रो व्यक्तिगत स्वतन्त्रता भएजस्तो लाग्दो होला तर तिमीमा त कुनै यस्तो प्रतिभा नै छैन जसलाई नवदुर्गाको कृपा होस न जनताको मन जित्न क्षमता, न तिमीसंग बोल्ने ढंग छ, न कुनै विषयमा निर्णय लिने तर पनि तिमीलाई प्रधानमन्त्री भन्नु हाम्रो लागि कुनै जन्मको अभिशाप थियो जस्तो महसुस हुँदैछ तिमीले किन भूली रहेका छौ तिमी यतिबेला एक व्यक्तिमात्र होइनौ सारा नेपालीका अभिभावकको रूपमा रहेकाछौ । देश र नेपाली जनताको अभिभावकत्व लाई बचाउन पर्छ भन्ने बुद्धिमा ताला कसरी लाग्यो ? यस्तो दोस्रोपल्ट जनताको मन जित्न सक्ने अवशर पाउँदा तिमीले आफ्नो शिरलाई आफै रेट्ने प्रयेत्न किन गरयौ? बार्ह बर्षमा मनाइने पचली भैरवको जात्रामा सहभागी अस्वीकार गरेर तिमीले अलोकप्रियता हासिल त गरेकै थियौ फेरी सोहि गल्ति बारम्बार दोहर्याउँदै विजयादशमीको टीकासमेत बहिष्कार गरेर जनताको भावनामाथि खेलवाड गरयौ ।
तिमीलाई थाहा छैन भने विजयादशमीको महत्व थोरै भन्छु चेतना भया यति तिमीलाई काफी हुनेछ । हाम्रो संस्कृति विरताको पुजा, शौर्यको उपासक हुन, शक्ति र समाजको रगतमा वीरता प्रकट हुनेगर्दछ यस कारण नवदुर्गाको शक्ति पुजा आराधना गरी वडादशैको उत्सव मनाउने चलन चल्यो भने दशैँको चाडले दस प्रकारको पाप ,काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरीको परित्यागको सत्प्रेरणा प्रदान गर्ने गर्दछ । त्यसैले यो जस्तो सुकै महत्वपूर्ण, ठुलो कामको अबसरको साइत पारेर यो दिन जुन कामको आरम्भ गरिन्छ त्यसमा विजय प्राप्त हुन्छ भन्ने विश्वाश राख्दै आएको उदारहण प्राचीनकालदेखि राज्य र जनताप्रति गहन जिम्मेवारी लिने चिन्तित राजाहरुले विजयको प्रार्थना गरि रण यात्रामा प्रस्थान गर्ने गर्दथे भन्ने इतिहास जीवत छ र अर्को कुरा सबै धर्म संस्कृतिको अभिभावकत्व हिन्दु धर्मभित्र छ किन कि हिन्दु सबैको संरक्षक धर्म हो भन्ने कुरा किन विर्सेको हो ?
प्रधानमन्त्री ज्यू आफुलाई खुव कन्त्रिकारी भन्ने लागेको होला हैन? हुन त तिमीले आफ्नो विवेक प्रयोग गर्न सकेको भएँ पो ? अरुको इशारामा चल्ने ,अर्काले उचालेको भरमा काध चढ्ने, तिमीले पहिला आफ्ना मान्यवरबाट क्रान्तिको प्रतीक रातो टीका र स्वस्थताको प्रतीक पहेंलो जमरा प्रत्येक दसैंमा थापेकै होला र पनि तिमीले वास्तविक क्रान्तिको अनुभूति गर्नसकेका रहेनछौ र त देश स्वस्थ भएको अनुभूति हुन सकेन तिमीलाई । जनताको आँखामा छारो हाल्ने झुठो भाषण र आश्वासनमा कठै हजारौं अबोध जनता युद्धमा मारिए, तर मारिनुपर्ने त मधु, कैटव, महिषासुर, घुम्रलोचन र शुम्भ हुन दुर्भाग्य भनौ मारिनु पर्ने उनीहरु सट्टा झन डधेरो लागेको बन झैँ फैलिदै गएका कारण देश अस्वस्थ बनिरहेको अवस्थामा कुनै एक व्यक्तिको होइन यो कुरालाई ख्याल राखी आइन्दा देशमा सर्वोच्चपदमा आसिन व्यक्तिबाट यस्ता गल्ति दुष्प्रबृति नदोहोरियोस ।