चाडै अन्तर्राष्ट्रिय विश्व नेपाली भाषा सम्मेलन होस!

विचार

 nisha-aryalनेपाली संवैधानिक रूपबाट प्रथम राजभाषा र नेपालको सबैभन्दा बढी बोलिने र बुझिने, लेखिने भाषा नेपाली नै हो । नेपालका चौध अंचल पच्छात्तरै जिल्लाहरूको विद्यालयमा अध्ययन गरिने, बोलिने, भाषा नेपाली नै हो । भारत, वर्मा, भुटान लगायत नेपालका जनतापनि नेपाली बोल्छन, लेख्छन, साहित्य सिर्जना गरी पुस्तकहरु प्रसस्त प्रकाशन भएका छन । जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो ।

संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरी छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । नेपाली भाषा राष्ट्रको पहिचान हुनुका साथै विश्व भरी छरिएका नेपालीहरुले बोल्ने भाषा नेपाली नै हो | संयुक्त राज्य अमेरिका, बेलायत, इजरायल, अस्ट्रेलिया, सिंगापुर, जापान, मलेसिया, लगायत विभिन्न अरब कन्ट्रीमा पनि प्रशस्त मानिस नेपाली बोल्दछन ।

हामीमा यति चेतना भने अबश्य हुनुपर्दछ कि आफ्नो स्वार्थपूर्ति गर्न अरुको मोहरा बनि राष्ट्रको भाषामाथि नै कसैले खेलवाड गर्नु भनेको राष्ट्रको अस्तित्व र आफ्नो पहिचान निर्मुल गर्नु हो | यदि मातृ भाषा लोप भएर गयो भने त्यस जातिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भएनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । स-साना हजारौ राष्ट्र पनि मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले नेपालमा र विश्वमा जुन सुकै राष्ट्रमा रहेका नेपालीको शिक्षा पनि मातृभाषामै हुनुपर्छ ।

मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना भन्ने कुरा हामीले विर्सनु हुँदैन । महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो यहाँ उपयुक्त. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका सन्देस उपयुक्त छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन भन्ने कुरा किन चेतना भएन ती भाषा विरोधीहरुमा | नेपाली राष्ट्रभाषा , राजभाषा , सम्पर्क भाषा , जनभाषाको स्तरलाई पार गरेर विश्वभाषा बन्न अग्रसर पंतिमा देखिन्छ । भाषा विकास क्षेत्रसंग गाँसिएका वैज्ञानिकहरूको भविष्यवाणी नेपाली प्रेमिहरूको निम्ति संतोषजनक रहेको पाइन्छ । आउँदा दिनहरूमा विश्वस्तरमा अन्तराष्ट्रिय महत्वका केही भाषाहरू हुनेछन त्यसमा नेपाली पनि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ । विश्वको पुग न पुग बीसौ सताब्दीको अन्तिम दुई दशाहरूका नेपालीको अन्तराष्ट्रिय विकास तीव्र गतिबाट भएको छ । वेव, विज्ञापन, सिनेमा, संगीत, बजारको क्षेत्रमा नेपालीको माँग तीब्र रूपबाट बढेको छ । विश्वका विभिन्न विश्ववीद्यालयहरूमा विश्वविद्यालय स्तरसम्म नेपालीको अधय्यन अध्यापनको व्यवस्था भएको छ । विदेशहरूमा २०/३० भन्दा बढी पत्रपत्रिका नियमित रूपबाट नेपालीमा प्रकाशित हुनेगरेका छन् । अनेक देशहरूमा एफ़एम सहित नेपाली कार्यक्रम प्रसारित हुन्छन भन्ने हजारौ साहित्यका पुस्तकहरु प्रकाशन भएका छन ।

विश्व नेपाली सम्मेलन नेपाली भाषाको सबै भन्दा ठूलो अन्तराष्ट्रिय सम्मेलन होस । जसको पहल आउने दिनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनेसास केन्द्रीय अमेरिकाले आफ्नो पहलमा यस्तो ठोस कार्य गरी इतिहासिक भुमका निभाउन सक्षम बनोस, जस्मा विश्व भरीका नेपालीका विद्वान , साहित्यकार ,पत्रकार , भाषा विज्ञानी , विषय विशेषज्ञ र नेपाली प्रेमी भेला होंउन । प्रत्येक चौथो बर्षमा सम्मेलन आयोजित होस । अन्तराष्ट्रिय स्तरमा राष्ट्र भाषा नेपाली प्रति जागरूकता उत्पन्न गर्न , समय समयमा नेपालीको विकास यात्राको आकलन गर्न , लेखक र पाठक दुबैको स्तरमा नेपाली साहित्य प्रति प्रवासी नेपालीहरूको भावुकतापूर्ण र महत्वपूर्ण साईनो अघिबढी प्रगाढ़ मान्यता प्रदान गर्ने उद्देश्यबाट विश्वसम्मेलनहरूको श्रृँखला शुरू गर्न आजको आवश्यता हो ।

संयुक्त राष्ट्रसंघमा नेपालीलांई आधिकारिक भाषाको दर्जा दिलाउन समुचित समयबद्ध कारवाई गरिनु पर्दछ , यति मात्र होईन । अब प्रत्येक ३/४ बर्षमा विंश्वव्यापी सम्मेलनको आयोजना गरियोस र यसको छुट्टै आयोजन काठमाण्डूमा पनि होस भन्ने हामी सम्पूर्ण नेपालीको चाहना हो ।

Post Comment