अमेरिकी राष्ट्रपतिको चुनाव र नजानेको गाउँको बाटो

विचार

lekhanath-bhandariअमेरिकी  राष्ट्रपतिको  चुनावको  लागि  अब  हुने  कुनै  पनि  प्रकारका  प्रचार  वा  विरोध  र  समर्थनले  फरक  पार्ने  छैन । यी  पङ्क्ति  लेख्दै  गर्दाको  जुनप्रकारको  सन्तुलन  वा  अबस्था  छ,  त्यही  परिणाम  यो  मंगलबार  हुने  भनिएको  मतदानपछिको  परिणाम  हुनेछ ।

सामान्यतया  जुनसुकै  उमेद्वार  अर्थात  जित्ने  उमेद्वारहरू ( हिलारी क्लिन्टन र डोनाल्ड जे ट्रम्प) मध्ये  जसले  जिते पनि  अमेरिकामा तत्कालका  लागि  धेरै  कुराहरुमा  फेरबदल  वा  कुनै  उथल  पुथल (यसमा  पनि  ट्रम्पले  प्रचारमा ल्याएजस्ता  अतिवादी  निती  वा कार्यक्रमहरू  कार्यान्वयनमा  आउने  छैनन्) हुनेछैन । यी  अग्र  पङ्क्तिका  दुई प्रतिष्पर्धी  बाहेक  अमेरिकी  राष्ट्रपतिका  लागि  अन्य  ३ जना उमेद्वार  पनि  छायाँमा  छन् । अमेरिकी  राष्ट्रपतिको चुनाव  परिणामले  समग्र  अमेरिका  र  विश्वमा  पार्ने  प्रभाबका  बारेमा  आजै अनुमान गर्न  सकिन्न । तर  यो  चुनावका  उमेदवार  ट्रम्पले  अघि  सारेका  चुनावी  नाराहरुले  भने  आगामी  दिनका  लागि  केही  अप्रिय स्लोपोइजनको  संकेत  भने  गरेको  छ ।

सबै  प्रकारका  विभेदलाई  त्यागेर  अबसर  र  स्वतन्त्रताको  भुमिकारुपमा  परिचित  र  प्रतिष्ठित  यस  भूमिमा  ट्रम्पले  चुनावी  नाराको  रुपमा  वा  चुनाबमा  प्रतिष्पर्धीभन्दा  फरक  हुने  बहानमा  केही  अतीवादी  वा  पुरातनवादी  जातीय, धार्मिक  वा  विश्वव्यापी  मानवाधिकार  बिरोधी  तुस  भने  प्रकट  गरेका  छन्  भलै  भोलि  उनले  ती  सबै  आफ्ना  तुस  वा  आग्रहहरू  कार्यान्वयनमा  ल्याउने  कल्पनासम्म  पनि  नगर्लान ।

अर्को  महत्वपूर्ण  कुरा  के  उनले  देखाए  भने  हिजो  आज  वा  भोली  अमेरिकाको  भूमीमा  बसोबास  गर्न  आइपुग्ने  आप्रावासीहरू ( बसोबासका  अनुमति  पाएका  हुन्  वा  नपाएका  नै  सही) लाई  अमेरिकी  भूमीमा शान्ती  र  स्वततन्त्रतापुर्वक  बस्न  र  बाँच्न  पाउने  अधिकार  हामी  जुनसुकै  बेला  पनि  खोस्न  वा  खेद्न  सक्छौं  भनेर  सिरानेमाथी  तरवार  पनि  झुन्ड्याई  दिए ।  र,  भोलि  पनि  यो  त्रासलाई  क्यास  गरेर  आप्रबासीहरुको  श्रम  रगत  पसिनामा  अमेरिकाले  विश्वमा  आफूलाई  अबसर  र  स्वतन्त्रताको  स्वर्ण  भुमी  भएको  रवाफ  जमाई  रहने  छ ।

Post Comment