मोडलिङ सिटि पोखरा, विकृतीको मार्केट

विचार

13912532_1077541619007262_8893304146853000808_nविहानिको घाम सँगै फेवातालको आँगनमा डुुबुल्की मार्ने माछापुच्छ्रे ,सुस्काउने पातले छाँगो,लहरै बगेको सेति । यस्ता थुप्रै मनमोहक प्राकृतिक सौन्र्दयले भरिपूर्ण पोखरा सुन्दर नगरीको उपमा सहित चर्चित छ । सँगसँगै विभिन्न समयमा हुने फरक शैलीका गतिविधी अनि कार्यक्रमले पनि चर्चामा
आउने गरेको छ , पोखरा

यस्तै कार्यक्रमहरु मध्येको एक हो, सुन्दरी प्रतियोगिता । पछिल्लो समय हेर्ने हो भने, पोखरामा बर्षेनी ३० भन्दा बढि यस्ता खाले प्रतियोगिता हुने गरेका छन् । यसकारण पनि पोखरा सुन्दर नगरी मात्रै रहेन, अब सुन्दरी नगरी भन्दा पनि फरक नपर्ने भैसकेको छ ।

साप्ताहिक रुपमा भैरहेका सुन्दरी प्रतियोगिता यसको गतिलो उदाहरण मान्न सकिन्छ । पोखरा सभागृह , पार्टि प्यालेस र अन्य होटलहरुमामा थुप्रै यस्ता प्रतियोगिताहरु हुदै आईरहेका छन् । बिशेष गरि अगाडि मिस राखेर बिभिन्न नामका सुन्दरी प्रतियोगिता सम्पन्न भैरहेका छन् । जसले सुन्दरी प्रतियोगिताको गरिमा र महत्व घटाउँदै लगेको छ । युवाहरुको सौख आर्कषण अनि सम्पन्न गरेर पैसा कमाउने आयोजकको मनसायले आयोजना गरिएका यस्ता प्रतियोगिताले बिकृति त बढाईरहेको छैन ? यो गम्भिर प्रश्न हो ।

केहि समय अघिको कुरा अचानक मलाई एउटा म्यासेज आयो भर्खैरै एसएलसि सकाएर बसेकि एक युवतिले फेसबुक म्यासेजबाट मलाई टिकट किनिदिन आग्रह गरिन् , म हाँसे । अनि प्रश्न गरे टिकट किन नि रु उनले भनिन् :- हाम्रो अब एक हप्ता पछि फाईलन होके प्लिज एउटा ५०० /- को लिईदिनुस् न भोट को लागि । भर्खरै एसएलसि सकाएका ति अन्जान प्रतियोगीहरुलाई यसरी मापन गरिन्छ , होला अन्य पनि तर टिकट लाई उसको क्षमताको मुल्याङ्कनका रुपमा प्रयोग गरिनुले आयोजनकको उद्देश्य स्पष्ट हुन्छ । कुनै एक हैन समग्रता कै कुरा हो , यसलाई एउटा प्रतिनिधिका रुपमा लेखे । यस्ता अनुभव मेरो झै थूप्रै पोख्रेली संग छ भन्ने लाग्छ ।
आखिर मोडल भनेको के हो ? नेपाली शब्दकोषले मोडल भन्ने शब्दको सटिक अर्थ नमुना भन्ने देखाउँछ , यदि यसो हो भने आज सम्म बनाएका कति बिजेताले समाजमा नमुना बनेर देखाए ? कति बिजेताले सामाजिक क्षेत्रमा नमुना काम गरे रु समाज छोड्नुस् उनिहरुको व्यक्तिगत जीबनमा प्राप्त उपाधिले के सकारात्मक परिर्बतन ल्यायो ? अन्य भन्दा कसरी नमुना बनेका छन् र बने ? उत्तर कसले दिन्छ । एकाध बाहेक अरु आयोजक संग उत्तर दिने साहस छैन , न त उपाधी बिजेता संग नै छ ।
विकिपिडियालाई आधार मान्ने हो भने बिश्वमा सन् १८५३ देखि मोडलङ्किो सुरुवात भएको पाईन्छ भने व्याबसायिक रुपमा भने सन् १९६० देखि भएको पाईन्छ । नेपालमा भने बि सं २०५१ सालमा पहिलो पटक मिस नेपालको नामबाट सुरु भएको सुन्दरी प्रतियोगिता आज २३ बर्ष सम्म आईपुग्दा मिस नेपाल बाहेक थुप्रै सन्दरी प्रतियोगिताहरु बार्षिक रुपमा हुन थालेका छन् । जसले मिस नेपाल मात्रै नभई सुन्दरी प्रतियोगिताको गरिमालाई कमजोर बनाउँदै , हेर्ने नजर,साख अनि महत्व लाई गिराउँदै लगेका छन् ।

व्यापार गर्ने नाममा गुणस्तरहिन बस्तु उत्पादन गर्दा बस्तु र उत्पादक दुबै आलोचित संगै पतन हुने अबस्था आउँछ,तसर्थ संख्या हैन गुणस्तरीयता मा ध्यान दिऔं । कम्तिमा उपाधि नजिते पनि प्रतियोगिले केहि जान्ने व्यक्तित्व र सामाजिक भावनाको बिकास गर्न सकुन् र सक्ने वातारण आयोजकले निर्माण गरिदिउन् । बिजेताले शिरको क्राउन घरमा लगेर थन्क्याउदै भोलि देखि मोडल भन्दै आधा शरिर देखाएर फोटो खिच्दै हिड्नलाई उत्प्रेरित गर्नका लागि मात्रै प्रतियोगिता आयोजना गरेर अर्थपूर्ण हुदैन ।
पछिल्लो समय उमेर,जाति , भूगोल, पर्ब आदि लाई आधार बनाई सुन्दरी प्रतियोगिता आयोजना हुने क्रम पनि चलिरहेको छ । एसएलसि दिएका बिद्यार्थिले भाग लिएका प्रतियोगिताले उनिहरुको भोलिका लागी के फाईदा पुर्यायो रु भाषागत र जातिगत , क्षेत्रगत रुपमा आयोजना गरिएका प्रतियोगिताका सहभागिले उनिहरुको भाषा ,भेषभुषा,संस्कृतिको बिकास,प्रचार अनि संरक्षणमा कस्तो भुमिका खेलेका छन् रु के आयोजकले त्यसप्रति उनिहरुलाई उत्तप्रेरित रउत्तरदायि बनाउन सक्यो ? यस्ता थुप्रै अनुत्तरित प्रश्नहरु रहेका छन् । प्रतियोगिता अबधिभर र फाईनलमा जातिगत र भौगोलिक भाषा बोल्दैमा ,भेषभुषा पहिरिदैमा संरक्षण र बिकास हुन्छ भन्ने सोच नै गलत होकि । बरु उपाधि जितिसकेपछि भोलिका दिन देखि बिजेताले गर्ने प्रयास , प्रचार,प्रर्बद्धन,भुमिका अनि आयोजकको साथ ले पो त भाष भेषभुषा र संस्कृति संरक्षण हुने होला नि हैन र । यहाँ त कस्तो छ भने फाईनल सकिएपछि बिजेता एकातिर आयोजक अर्कोतिर , आयोजक लाई अर्को सिजन सुरु गर्नु छ बिजेतालाई मोडल भन्दै फोटो खिचाउनु छ अनि यसलाई बिकृति भन्ने कि नाई ?
पोखरा मात्रै हैन नेपालका बिभिन्न सहरमा यस्ता प्रतियोगिता आयोजना हुने गरेका छन् तथापि संख्यात्मक रुपमा पोखरामा पछिल्लो समय बढ्दै गएको पाईन्छ । तर यस्ता प्रतियोगिताले आयोजकले आम्दानी गन संगै बिकृतिको सिर्जना गर्ने बाहेक अन्य कुनै नयांपन दिनसकेका छैनन् ।
पछिल्ला समय पोखराबाट उदाएका कोहि त्यस्ता अनुहार छैनन् , जसले व्यवसायिक रुपमा चर्चित बन्दै पोखराको नाम उच्च पारेको उदाहरण दिन सकियोस् । अधिकाँश प्रतियोगिताका प्रतिस्पर्धिहरुको त कुरै छाडौ बिजेता समेतले कुनै त्यस्तो चर्चा बटुलेका उदाहरण छैनन्,न त सामाजिक उत्तरदायित्व बहन गरेको नै देखिएको छ ।
राम्रोलाई राम्रो भन्नै पर्छ ,पोखरामा पनि एकाध त्यस्ता सुन्दरी प्रतियोगिता छन् जो मन देखि समाज अनि प्रतियोगीका भबिष्यका लागी केहि राम्रो गर्ने अबसर सिर्जना गराईदिएका छन् । केहि मोडल छन् जो बास्तबिक रुपमै पोखरा अनि आफ्नो चिनारीका लागी प्रयासरत र संघर्षरत छन् । तर यहि भिडमा कुहिएका आलु जस्तै बनेका दर्जनौ आयोजक हाबि बन्दा पोखराको मोडलिङ मार्केटमा बिकिृति मौलाउँदै गईरहेको छ ।

Post Comment