देश बनाउने दम भा नेपाली ट्रम्प चाहियो हन्मानजी !!

विचार

हन्मानजी यो अम्रिकाँ झन् भेदभाव हुँदो रछ । बाहिर बाहिर हिलारी भनेर मुन्टो हल्लाउनी खैरैहरुले त ड्याम ड्याम्ती डोनाल्ड काकालाई भोट हालेछन् । तिनै खैरे अगाडि आएर आई एम भेरी अपसेट भन्न पनि भ्याए ! के के नै मैले नै चुनाव हारे जस्तो !

krishna-saragamनेपाल लगायत बिष्व भर तरकारीवालीको अपार चर्चा चल्दा चल्दै अम्रिकाँ राष्ट्रपतिको चुनाप सम्पन्न भो । जाडो मौसम शुरु भएनि अम्रिकाँ राष्ट्रपतिको चुनापले त सप्पैतिर तात्दो रैच । नतातोस पनि किन र ! सप्पै देशको मसिहा यहि अम्रिका, संसारको दादा, डन, ठूल्दाई जे भनेनि यहि अम्रिका । हाम्रा देशका नेता दाई देखि जेठा दाईका छोरा छोरी नातापाता सप्पै यहि अम्रिकाँ, हाम्रा मात्रै किन हुनु सप्पै देशका गिदी भा दाई दिदी सबै यहि अम्रिकाँ । अनि अम्रिकाकै चुनाप किन गुमनाम होस् र ! 

अब चुनाप न परो: नेपालाँ भए अघिल्लो राति भारु देखि दारु र चिची देखि पापा खान पाईन्थ्यो। यहाँ त के खानु र ! जे खाए नि आफ्नै डलर खुट्याएर खाने न हो । त्यहि भएर हो कि  यहाँ त त्यति सारों हन्मान पनि देखिएनन्, फेसबुकाँ लाईभ भएर बातले हानाहान गरेको यो बबुरोलाई के रमाईलो लाओस र झ्याम झ्याम्ती हात र लातले हानाहान गरेको देखेको मुन्छेलाई । 

झूठ बोल्नु पाप भन्चन्: यो बबुरोले अम्रिकाको चुनापमा हिलारी काकीलाई सहानुभूति त दिएकै हो तर मरिहत्ते चैँ गरेन । आफ्ना दाई देखि ज्वाईँ सबैले ट्रम्प काका संग टरम र धरम दुबै नमिल्ने  बताएपछि ल त ल हिलारी काकी नै ठिक भन्ने अवस्थामा पुगियो । 

यी अमृकानेहरुको भर चैँ हुने रैन्च : हाम्रो गहूँ गोरों छालावाला देख्दा ट्रम काकालाई रेसिष्ट भन्दै, हिलारीको सपोर्ट गर्ने अनि आफू खैरे खैरे भेंटे भने यी हाम्रो भाग खाने बिदेशीलाई खेद्नुपर्छ भन्दा रछन् बा !

हन्मानजी यो अम्रिकाँ झन् भेदभाव हुँदो रछ । बाहिर बाहिर हिलारी भनेर मुन्टो हल्लाउनी खैरैहरुले त ड्याम ड्याम्ती डोनाल्ड काकालाई भोट हालेछन् । तिनै खैरे अगाडि आएर आई एम भेरी अपसेट भन्न पनि भ्याए ! के के नै मैले नै चुनाव हारे जस्तो ! 

मामामा ! अझ यहाँ बस्ने नेपालीलाई पो लाग्या थ्यो चुनापको चटारो ! कसैले डोनाल्ड काका जिताउन नेपाल पुगेर ग्रह शान्ति नै गर्न भ्याएचन, कसैले हिलारी काकी जिताउन रेली नै निकालेचन् । फेसबुकाँ दुई पक्षको बातले कुटाकुट भा पनि देखेकै हो ! 

ए साँच्चै नेपालाँ भा यत्तिको चम्चागिरी अरे बापत ठूलै पद पाईन्थ्यो होला तर यहाँ त्यस्तो हुनिरैन्च । डोनाल्ड काकाको जस्तै ग्रह शान्ति गर्ने हन्मानजी त नेपालमा भा भए त मन्तरी नै बन्थे होला ! कठै बरी लै लै ! यहाँ त उही भिडियो फेसबुकाँ शेयर अरेर चित्त बुझाउनी त होलान् ! 

आमामा ! मिडिया जतिले त हिलारी काकीलाई जुरुक जुरुक उचालेकै हुन् नि ! तर भोट हाल्ने कुईरे भएसी मिडियाले के अरून् र ! अब हिलारी काकीलाई ढ्याम ढ्याम्ती बसेर जरो गाड्ने र अघि नबढ्ने देखेसी  ट्रम्प काकाले बाटो तताईहाले, मिडिया पनि  उनकै पछि पछि लागि हाले ! जता जता बाहुन बाजे उतै उतै स्वाहा ! मिडिया चैँ यताका पुनि दही चिउरे नै हुनि रैचन् हन्मानजी ! 

यो बबुरोलाई त न त हिलारीले चिनोस, न त ट्रम्प काकाले चिनोस र ? बधाई पुनि कसरी दिऊँ दिऊँ भाथ्यो , फेसबुकाँ त सप्पैले के के न आफ्नै जिक्री दोस्तले चुनाप जिते जस्तो बधाई बधाई भनेर रातै बनाका पो थे ! मामामा ! चाकरी भनूम कि लाचारी भनूम जान्ने नजान्नेर सिँगान फाल्न नजान्ने सम्म सप्पैले बधाई बधाई अरे ! कसैले के भनेर बधाई त कसैले के भनेर बधाई ! बबुरो त लास्ट दंग खायो नि हन्मानजी ! कसै कसैले त हिलारी काकीलाई सपोर्ट गरेको स्टयाटस पनि डिलिट गरेछन् !! नसकिने भो बा ! नसकिने भो ! आज त सप्पै ट्रम्पवादी पो देख्छु बा !

ट्रम्प काका पनि झोंकी चैँ हुन् क्या ! कैले मुसलमानको खेदो खन्चन् कैले मेक्सिकनको, कहिले रसिया सँग मिल्चु भन्चन,  हुँदा अब अम्रिकालाई नैयाँ बनाउने रे ! आफूले त नैयाँ नेपाल हेर्ने भन्दै टाट नेपाल देखेको मुन्छे । आफ्नो घर भत्काएर अरुको घरको चिन्ता गर्ने हिलारी काकीलाई खैरेहरुले धुलो चटाएको यी आँखाले देख्न परो हन्मानजी ! यी आँखाले देख्न परो ! कस्ता कस्ता बिश्लेषक त चिप्लेषक भए हन्मानजी ! म बबुरो तटस्थ बसेको पनि गज्जब भो   ! आज बात चैँ लागेन ! धन्न बात लागेन । लागेको भए लात भन्दा पनि धेर दुख्थ्यो होला ! 

जे होस हन्मानजी अब चैँ मिल्नु पर्च हो ! काकाले जिते नि काकीले जिते नि हाम्लाई कौवालाई बेल पाको हर्ष न बिस्मात ! काम नगरी खान पाईन्न ! तर क्यार्नु ! अम्रिकाको नून खाएसी ट्रम्प काकालाई पनि किन दुत्कार्नु र ! माने नि नमाने नि ट्रम्प काका राष्ट्रपति बन्ने नै भए ! कता कता मुलाई त डर पो लाग्याछ हो ! कतै मुसलमानलाई जस्तै नेपालीलाई पनि टेँढो आँखाले हेरे भने ! मामामा ! ग्रह शान्ति गर्ने हन्मानजी पुरै भिडियो सहित ट्रम्प काकाकोमा हाज़िर हुनु परो ! अब हाम्लाई ट्रम्पको बुरी नजर नपरोस ! 

अम्रिका भरि ट्रम्प काकाको बिरुद्दमा रेली रेली पनि निस्क्यो रे !  अब बिरोध अरेर क्यार्नु र ! बिरोध अर्दैमा काकाले छोड्ने हैनन् क्यारे ! अब जे अर्चन ट्रम्प काकाकै हाताँ त हो नि ! संसार भरबाट तिम्रै शरणमा आएका शरनार्थीहरुलाई पाले पुण्य, फाले पाप ! देशाँ पुगेर को आईको छ र ? सप्पै घोड़े भाग खान त आया हुन् क्यार ! जे भा नि संसारका बा बन्न लाग्या ट्रम्प काकालाई यो बबुरोको बधाई र शुभकामना त कस्ले सुनाईदेला र ! हिलारी काकीलाई नि सहने शक्ति मिलोस भन्नि परार्थना गर्चु ! 

ट्रम्प काकाकी जय हो ! अब जल्ले जल्लाई भोट हाले नि तिमी पुनि ट्रम्पवादी म पुनि ट्रम्पवादी ! ट्रम्प काका सप्पैका साझा !  जय हन्मानजी ! रक्षा गर ! जे जे भएनि डि.भी. बन्द नगर ! मुईले नि टि.भी. बन्द नगरी तिम्रो थुतुनो हेरिरन्चु नि ! 

बुझ्यौ त हन्मानजी ! म पनि ट्रम्पवादी !  अब सबै नेपाली ट्रम्पवादी, सबै सबै अाप्रबासी ट्रम्पवादी !! हाम्रो नैया नेपाल झन बिग्रेर स्याउली सोतर भो हन्मानजी बरु नेपालको स्वाधीनता बचाउन एउटा अर्को नेपाली दमवाला ट्रम्पको पो उदय हुन आवश्यक भो त हन्मानजी ! 

देश बनाउने दम भा नेपाली ट्रम्प चाहियो हन्मानजी ! ईति !!!

Post Comment