कोलोराडोमा नेपाल सम्बत् ११३७: एक टिप्पणी

विचार

hari-k-shresthaनेवारी समुदायहरु स्वदेश वा विदेश जहाँ आफनो बसोबास रहेको हुन्छ त्यहाँ नेवारी चाडपर्व मनाई रहेको पाउछौ । हरेक वर्ष तिहार कात्तिक शुक्ल प्रतिपदाका दिन पर्ने नेपाल सम्बत् न्यू दयाः भिन्तुना भब्यतका साथ मनाउदै आएको छ । नेपाल अधिराज्यको मौलीक सम्बत् नेपाल सम्बत् हो । नेवारी समुदायले मान्ने यो सम्बत् राष्ट्र्यि बिभुती शंखघर साख्वः ले जनतालाई ऋण मुक्त पारेर चलाएको चलन नै नेपाल सम्बत् हो । नेवारी समुदायको यो सम्बत् मौलिक सम्बत् हो । भक्तपुरका राजा राघब देबको आदेशमा सरकारी कार्यालयहरुमा यो सम्बत् लागु गरिएको थियो । नेपालमा दुई वटा सम्बत् थियो एउटा हिन्दुस्थानबाट आयत र नेपाल सम्बत पछि राजा महेन्द्रले दुई दुई वटा सम्बत नराखेर हिन्दुस्थानबाट आयत सम्बत्लाई लागु गरी नेपाल सम्बत्लाई हटाएको पाउछौ । नेपालमा बहुदलीय राजनीतिक परिवर्तन पछि नेपाल सम्बत्लाई नेपाल सरकारले मान्यता दिएकोछ । तर हाल सम्म प्रयोगमा नआएको भएता पनि नेवारी समुदायमा नेपाल सम्बत् बढी भन्दा बढी प्रयोगमा आई रहेको पाउछौ ।

अमेरीकाको कोलोराडो राज्यमा नेवारी समुदायकाहरुको बाक्लो बसोबास रहेका पाउछौ । कोलोराडो नेवाः खलले ६ वर्ष देखि आफनो नेवारी रीतिरिवाज चाडपर्व तथा नेपाल सम्बत् न्यू दयाः भिन्तुना पर्वको रुपमा निरन्तरता दिदै मनाई आई रहेकोछ । यस वर्ष पनि नेपाल सम्बत् न्यू दयाः भिन्तुना ११३७ मनाउन कोलोराडोमा रहेका सामाजिक संघ सस्था ,नेवारी समुदायहरु , सामाजिक ब्यक्तित्वहरुमा समेत कार्यक्रममा सहभागिता जनाउन उपस्थितिको लागि फोन तथा फेसबुक मार्फत अनुरोध गरिएको थियो ।

अक्टुवर ३०, २०१६ का दिन कोलोराडो नेवाः खलले कोलोराडो राज्यको लङ्गमन्थ सिटि स्थित एभरेष्ट रेष्टुरेन्टमा नेपाल सम्बत् न्यू दयाः भिन्तुना ११३७ मनाउन कोलोराडा स्थित नेपाली सामाजिक संघ सस्थाहरु र कोलोराडाका विभिन्न सिटिबाट सहभागिता जनाउन नेवारी समुदायहरुको उपस्थिति रहेको थियो । आमन्त्रित निम्तालु व्यक्तित्वहरुले आफनो मन भित्रका आत्माबाट प्रेरीत भै समय दिएर सहभागी हुनु नै महत्वपूर्ण जिम्मेवारी कार्य हो । नेपाल सम्बत् न्यू दयाः भिन्तुना ११३७ को कार्यक्रम ठिक समयमा सुरु गरिएको थियो । अमेरीकामा काम र समयको अति महत्व हुन्छ त्यसमा पनि तिहारको समय हुदा कार्यक्रम आयोजकले समयलाई महत्व दिएर कार्यक्रम सुरुवात गरिएको अनुभूति पाईन्छ ।
कार्यक्रमको उद्घोषक मोहन काजी श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । नेपाल सम्बत् न्यू दयाः भिन्तुना ११३७ समाहरो कार्यक्रमको सभापतित्व कोलोराडो नेवाः खलका अध्यक्ष प्रेम काजी श्रेष्ठले गर्नु भै सभाको प्रमुख अतिथि कोलोराडो राज्यका सामाजिक सस्थाका अगुवाई ,समाजसेवी ,ब्यापारी कोलोराडोका सामाजिक सस्था नेपाली घरका सस्थापक निबर्तमान अध्यक्ष नारायण श्रेष्ठ र अतिथिहरु संखुवा सभा कम्युनिटि अफ यु एस ए अमेरीकाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ , नेपाली घरका उप सभापति नातीबाबु भट्ट ,किरात राई याँखा कम्युनिटि अफ यु एस ए कोलोराडो च्याप्टरका निबर्तमान सभापति आकाश राई , लङ्गमन्थ हिमालय लायन्स कल्बका सभापति जोशन श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नारायण श्रेष्ठले पानसमा बत्तीबाली कार्यक्रमको सुरुवात सहित गणेशको पूजा दर्शन पछि उपस्थित सबैलाई आलो पालो टिको लगाई तोरण वितरण गर्नु भई श्रीमति बिना देवी श्रेष्ठले सगुन दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य र नेपाल सम्बत् न्यू दयाः भिन्तुना ११३७ सम्बन्धी बिषयमा जानकारी अरोरा सिटि निवासी हरिकुमार श्रेष्ठले गर्नु भएको थियो । नेवारीहरुको मह पूजा, भाई टिका र नेपाल सम्बत् न्यू दयाः भिन्तुना ११३७ सम्बन्धी रोचक कथाहरु बक्ताका रुपमा लङ्गमन्थ सिटि निवासी विश्व भक्त श्रेष्ठले जानकारी गराई रहदा समयको अभावले अन्य पर्वका बिषयमा सुन्न इच्छा हुदा हुदै उदघोषक ज्यूले कार्यक्रमलाई निरन्ता दिदै कार्यक्रमका प्रमुख अतिथि नारायण श्रेष्ठलाई आफनो मन्तब्य राख्न अनुरोध गर्नु भयो । हामी सबै एक जुट भै नेवारी रीतितिथिलाई एउटै थलोमा निरन्तता दिनु पर्ने कुरामा जोड दिदै नेवारी भाषाको हामी बिच केही कमिकमजोर भए पनि आफना नेवारी चाडपर्वलाई उत्सव महत्वका साथ मनाई आएकाछौ । आउदो दिनमा नेवारी भाषालाई सिकाउने ब्यबस्था हुन सकेमा नेवारी भाषा नजान्नेहरुका लागि अझ प्रभावकारी हुने कुरामा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमलाई अन्त गर्दै नेपाल सम्बत् न्यू दयाः भिन्तुना ११३७ कार्यक्रम समाहरोको सभापतित्व गर्नु हुने कोलोराडो नेवाः खलका अध्यक्ष प्रेम काजी श्रेष्ठले कोलोराडो नेवाः खलका बारेमा जानकारी गराउनुका साथै लगातार छ वर्ष सम्म नेपाल सम्बत् न्यू दयाः भिन्तुना विभिन्न कार्यक्रम गरी मनाई आएको र नेवारी भाषालाई सिकाउन र समय दिन सक्ने नेवारी भाषा विध्दवानहरुको खोजी गरी कार्याक्रम संचालनमा सस्था लागि पर्ने कुरामा जोड दिदै महत्व पूर्ण समय दिएर उपस्थित हुनु हुने सबैलाई सस्थाको तर्फबाट धन्यबाद दिनु भई कार्यक्रम अन्त भएको घोषण गर्नु भएको थियो ।

कार्यक्रममा सयबजीको पनि ब्यबस्था गरिएको हुदा सबैले सयबजी लिदै एक आपसमा छलफल गर्दै उपस्थित सबैले आ आफनो धारणा राख्नु भएको थियो । आउदो दिनहरुमा नेवारी रीतिरिवाजलाई कायम राख्न कोलोराडोमा रहनु भएका नेवारी समुदाय सबै एकजुट भई कोलोराडो नेवाः खललाई सहयोग गर्ने र आउने यमरी र्पूिणर््ामा भब्यरुपमा मनाउन र कोलोराडोमा रहनु भएका नेवारी समुदाय अन्य नेपाली समुदायहरुलाई समेटेर कोलोराडो नेवाः खललाई कार्यक्रम आयोजना गर्न अनुरोध गरिएको थियो । यस कार्याक्रमका रोचक पक्षमा कार्यक्रम ठिक समयमा सुरु गरिनु , भाषणका बक्ताहरु थोरै राखिनु ,अतिथिहरुमा खादा नलगायुनु , तोकिएको समय अवधि भित्रमा कार्यक्रम सम्पन्न गरिनु राम्ररा पक्ष रहेको हुदा अन्य सामाजिक संघ , सस्थाहरुका लागि उदाहरणीय र यस्ता कार्यको पाठ सिक्नु पर्ने आबश्यक देखिन्छ ।

Post Comment