टिप्पणी: गोर्खाली ब्रिटीश आर्मी – सम्झनामा १०० बर्ष

विचार

१९१४ देखि १९१८ सम्म युरोपमा व्याप्त यस महा युद्धलाई प्रथम विश्व युद्ध भनिन्छ । यो महायुद्ध युरोप , एसिया र अफ्रिका तीन महाद्वीपमा जल, थल, तथा आकाशमा लडिएको थियो । यस्मा भाग लिने देशहरूको संख्या यस्को क्षेत्रफल ( जहाँ लड़ियों ) तथा यसबाट भएको क्षतिका अभूतपूर्व तथ्यांकको कारण नै यसलाई विश्वयुद्ध भनिन्छ ।

यो युद्ध पुग नपुग ५२ महिना सम्म चल्यो र त्यस समयको पुस्तालाई जीवन बदलने अनुभव थियो । पुग न पुग आधा दुनियाँ हिंसाको चपेटमा आयो र यस दौरान अनुमानित एक करोड मानिस मारिए । यस भन्दा दुइ गुणा घाइते भए । वीमारी र कुपोषणबाट पनि लाखौं मानिस मरे । विश्वयुद्ध समाप्त हुदा नहुदा चार ओटा ठूला साम्राज्य रूस ,जर्मनी ,आसट्रिया , हंगरी र उस्मानिया धराशाही भए | युरोपको सीमा पु:निर्धारण भयो । अमेरिका निश्चित किसिमबाट महाशक्ति बन्यो । नेपालको स्थिति यथावत रह्यो ।

ब्रिटीश भारतलाई सहयोग गर्न नेपाल सरकारले ववरशमशेरको नेतृत्वमा नेपाली सेना पठाएको थियो । २० हजार ब्रिटीश आर्मीका गोर्खालीले वीरगति प्राप्त गरे । त्यसको सम्झनामा १०० बर्ष पुगि सक्दा पनि रेमेम्बरेन्सडे मनाइको तस्वीर अमेरिका डीसीबाट प्रकाशित हुने पत्रिकामा देख्न पाएँ । नेपालीहरू बडो गर्वका साथ आफ्ना पुर्खाहरूको बलिदानलाई स्मरण गर्दछन । प्रथम र द्वितीय महायुद्ध समेत गरी विश्वको उच्चतम पदक VC पाउने गोर्खालीहरूको संख्या १३ छ । यो उच्चतम सम्मान हो । हुन पनि त प्रथम र द्वितीय विश्वयुद्धमा ४५ हजार गोर्खालीले वीरगति प्राप्त गरेका रहेछ्न ।

गोर्खालीहरू बडो गर्वका साथ आफ्ना पुर्खाहरूको वलिदानको स्मरण गर्दछन यस पुण्य तिथिमा । श्रद्धाका साथ सुमन अर्पण गर्दछन । श्रद्धान्जली दिदै पुष्प गुच्छा चढाउँदै शिर झुकाउँछ्न । यो समारोह हरेक बर्ष बेलायतमा औपचारिक हुँदो रहेछ । नेपाल सरकारका कति सेना मरे यस्को लेखा जोखा छैन । प्रथम विश्व युद्धमा सहभागी बबर शमशेरका पनाती प्रधान सेनापति सम्म भए तर सम्झेनन आफ्ना पुर्खाका वहादुरीलाई उनले ।

यस लडाईको नाताबाट प्रशस्त धनराशी नेपाल सरकारको सैनिक कोषमा जम्मा भएको थियो रे । त्यै पनि केही कार्यक्रम हुदैन नेपालमा कस्तो विडम्बना ?

Post Comment