
हामिले अरु केही गर्नै पर्दैन मात्र तीन ‘ज’ लाई मात्र सहि सदुपयोग गर्न सके हामी बिश्वकै धनी देशमा पर्न सक्छौ । तीन ‘ज’ हामी सबैलाई थाहा छ । ती हुन जल,जमिन, जडिबुटी । यी मध्ये सबैलाई प्रयोग गर्न सके त सुनमा सुगन्ध भैहाल्यो । नभएपनी जलश्रोत, जमिन(कृषि) वा जडिबुटी जे केहीलाई पनि एकलाई सहि सदुपयोग गर्न सके देशले काँचुली फेर्ने कुरामा दुईमत छैन । भारतले यी तिनै कुरामा गिद्दे नजर लगाईरहेको छ र हडप्न कोसिस गरिरहेको छ ।हाल रामदेबको पतन्जली आयुर्वेद लिमिटेडले नेपालमा आफ्नो उत्पादन केन्द्र विस्तार गर्न लागेको जुन बिषय छ त्यसमा हरेक नेपाली सचेत भएर सोच्नुपर्छ । विदेशी लगानी भित्राउनुपर्छ, उध्योग धन्दाहरु खोल्नु पर्छ । तर बिदेशि कम्पनी ल्याउनुभन्दा पहिले त्यस देश र कम्पनीको नियत पनि बुझ्नु आवश्यक छ। किनकी भारतको हामी प्रतिको हेपाहा प्रबृत्ती सबै नेपाली बिचमा छर्लङ्ग छँदैछ।
नेपालीहरुले काम पाउलान, हाम्रोमा कुहिएर गईराखेको सयौँ किसिमका जडिबुटीहरु प्रयोगमा आउलान हजारौँ कृषकहरु प्रत्यक्ष लाभान्वित होलान। तर ईण्डियनहरुलाई नै दिनुपर्छ भन्ने के छ ? नेपाल सरकारले आफैले यस्ता उद्योग सञ्चालन गर्ने आँट गर्नुपर्छकि पर्दैन ? यदी नयाँ खोल्न नसके पुरानालाई ब्यवस्थित गर्न त सकिन्छ । नेपालमा सञ्चालित हरेक जडिबुटी बिक्री बितरण गर्ने कम्पनीहरु रातारात बन्द गर्ने, प्रोत्साहन नगर्ने अनि ईण्डियनलाई भित्राउने यो कस्तो नियत हो सरकार ? नेपालमा भएका कम्पनीलाई संरक्षण प्रोत्साहन गर्न सके नेपाली पैसा, सिप नेपालमानै रहन्छ । अनि Made in Nepal लेखेको सामान विश्व बजारमा पठाउन सकिन्छ्की सकिँदैन ? फ्री भिसा टिकटमा बिदेश पठाउन जोड दिनुभन्दा नेपालमै सरकारले रोजगारी सृजना गरोस, नेपाली किसानहरुलाई अर्गानिक उत्पादनमा उत्साहित गरोस, घरबारीमा पाउने जडिबुटीहरु चिन्न र ब्यवस्थित गर्न सहयोग गरोस । यस्तो गर्न सके चाईनिज सामानले विश्व बजार खाए जस्तै नेपाली हिमाली जडिबुटीले विश्व खानेछ । खोइ सरकार यता तिर सोचेको ? खाली लम्पसार पर्नेकि बिकल्प खोज्ने ?
उच्च हिमाली भेगमा पाईने जडीबुटी ‘High Medicine Value’ को हुन्छ । त्यसैले नेपालको जडीबुटीलाई बिश्वमै उत्कृष्ट मानिन्छ । हाम्रा यो जडिबुटीहरु चोरी निकाशी हुँदै कवाडीको भाउमा भारत लगायतका दोस्रो देशमा निर्यात हुन्छ्न । अनि विभिन्न केमिकल हरु अन्य बस्तीहरु मिसावट गरि औषधी बनाईन्छ र फेरि नेपाल फर्काईन्छ । तर अब ती औषधिको मूल्य सुन बराबरको हुन्छ, हामी तिर्न बाध्य पनि छौं । हाम्रै जडीबुटी लगेर, हल्का प्रसोधन गरेर प्याकिङ गरेर पठाएर उनिहरुले बिचमा बसेर करोडौं कमाईरहेका छन । तर उचित सीप तथा सरकारी योजनाको अभावमा हामी लाखौँं नेपालीहरु भने बिदेशिन बाध्य भैरहेका छौं । हामीले हाम्रा जडीबुटी आफैंले संकलन गर्ने, प्रसोधन गर्ने र औषधि बनाएर ब्राण्डीङ गरेर विश्व बजारमा पुर्याउन सक्ने हो भने पक्कै पनि हामी बेरोजगार भएर बस्नु पर्ने थिएन । देशको पनि यो हबिगत पक्कै पनि हुने थिएन ।
नेपालले प्रचुर मात्रामा बेच्न सक्ने भनेको जल र जडिबुटी हो । हामिले बिजुली निकालेर दुनियाँ झिलिमिली बनाउन सक्छौँ भने जडिबुटीबाट ‘High Quality’ को औषधि बनाएर विश्वबजार पुर्याएर अरबौँ कमाउन सक्छौ । किनकी धनी देश हरुले प्रबिधिमा आकास चुम्न सक्लान तर हाम्रो हिमाली भेगमा उत्पादा हुने यार्सागुम्बा, चिराईतो, पाँचऔंले जटामसी लगायतका जडीबुटी फलाउन सक्दैनन । हामिले दुनिया संग नभएको र उनिहरुलाई अत्याबश्यक चिजलाई उचित तरिकाले बेच्न सक्यौं भने अन्य केहि गर्नै पर्दैन । हामी उसै अगाडि बढ्छौं , देशको मुहार रातारात फेरिने छ ।
ईण्डियनहरु किन नेपाल प्रती गिद्दे नजर लगाउँदैछन र मरिमेटेका छन त भन्दा यिनिहरुले बुझेका छन नेपालको उच्च हिमाली भेगमा उत्पादन हुने बहुमुल्य जडिबुटीको महत्व । भारतले सदा जल र जडिबुटीमा आँखा लगाउने कारण नै यहि हो । उ हर तरहले नेपाल आफ्नो बनाउन, नभए नी आफ्नो अधिनमा राख्न र प्राकृतिक श्रोत साधनमा आफु राज गर्न चाहन्छ ।
आफू ले राज गर्ने रणनितिको पछिल्लो उदाहरण हो रामदेब जोगिको नेपाल भ्रमण र पतञ्जली उद्योगको नाटक । कोहि पनि मान्छे आफ्नो स्वार्थ नहेरी काम गर्दैन । त्यसाअथी ईण्डियनको नियतको बारेमा यो पङ्तिकारले खोलिरहन नपर्ला । नेपाली पत्रकार मरनासन्न हुने गरि किन पिटियो ? ईण्डियन मात्र पस्न किन दिईयो ? यसबाट के बुझुनुहुन्छ ? आफैँ बुझ्नुस । नेपाल पसेर २-४ हजार मान्छेलाई रोजागारी दिने बहानामा हाम्रो सुनझैँ महङ्गो जडिबुटी उसको देशमा कौडिको मोलमा भित्र्याउने प्रपञ्च बाहेक केही हैन । उसको यो कुटिल चालबाजिमा नेपालका देशद्रोही हराम हरुले गतिलै साथ सहयोग गरेका छन ।
हिन्दिमा एउटा भनाई छ ‘जिन्दगी बित्जाती हें युहिँ अन्जानमें कौडिका चिन्ता कर्नेसे हिरा बहेजाती हे पानीमे ।’ हो यहि हाल हुनेछ नेपालिको यदि बेलैमा नसोछे । हामी कौडिको चिन्तामा छौँ, कौडिको लोभ गर्दा हिरा पनिमा बगेर जाने छ । फाष्ट ट्र्याक र कर्णली त केही हैन यो जडिबुटिको तुलनामा । यत्ती धेरै फाईदा लिन सकिने क्षेत्र हो जडिबुटी । बिश्वमा मान्छे दिन दिनै बिरामी बढ्दै छ, नयाँ नयाँ रोग हरु बढ्दैछन । त्यसको रोकथामको लागि औषधी अत्यावश्यक चिज हो जुन हामिसंग छ ।
जय देश !!!