लुकाएको अरबौँको सम्पत्ती रेखा थापालाई दाइजो दीएर पठाएको हो प्रचण्ड ?

विचार

Mahesh Nepalप्रचण्डले आफुलाई नेपालको दोश्रो गरिब प्रधानमन्त्रीको रुपमा उभ्याएका छन । आहा ! सादा जीवन  उच्च बिचारका हाम्रा गरिब प्रधानमन्त्री ज्यु ! कति थोरै सम्पत्ती हगी ? आफ्नो नामको सम्पत्ती ढाँट्ने त मन्त्रीहरुपो त । तपाईको त तीनतोला सुन, एककठ्ठा जमिन मात्र त्यो पनी पैत्रीक । ए ! यति मात्रै सम्पत्ती थियो भने अख्तियारसँग डराएर भारतिय बिस्तरबादीका नाईकेहरु सँग कुममा कुम मिलाएर, देशको अस्तित्व संकटमा पारेर किन लम्पसार पर्न गएको? जनतालाई कतिञ्जेल मूर्ख बनाउँछौ प्रचण्ड ?

बैध आय आर्जनको श्रोत नभै थुपारेका ती सम्पत्तीले पोल्छ कि पोल्दैन? क्यान्टोनमेण्टको अरबौँ रकम कुन दुलामा पस्यो ? युद्धकालमा उठाएका करोडौ रकम कहाँ फाँकियो ? स्विस बैँकमा जम्मा गरेको करोडौं पैसा भुकम्प पिडितलाई दिएको हो ? मुक्ती टावर सिङ्गै सुकुम्बासीलाई सुम्पिएको हो ? लाजिम्पाटको बँगला रेखा थापाले दाइजो लिएर गएकी हुन ? एनसेल लगायत विभिन्न हाईड्रो पावरको सेयर मोदीलाई भेटी चढाएको हो ? हिजो चप्पल पड्काएर हिँड्ने मान्छेको अरबौँ सम्पत्ती कहाँबाट आयो ? अनि यत्तिका सम्पत्ती लुकाएर ३ तोला सुन र एक कट्ठा जमिन देखाएर के नाटक गर्न खोजेको?

सामाजिक सञ्जालमा उठेका यि सवालहरुको जवाफ दिन सक्छौ प्रचण्ड ?

१. नेपाल ग्यास कस्को हो ?
२. एनसेलको १ अर्बको शेयर कस्को हो ?
३. भाटभटेनिको तेत्तिको शेयर कस्को हो ?
४. चन्द्रागिरी केबलकारको शेयर कस्को हो ?
५. बानेश्वरको मुक्ति टावर कस्को हो ?
६. रेडियो थाहा सञ्चारको संयोजनमा देशभरिका ६० ओटा रेडियो र सुमार्गी ग्रुपको नामको ९१% शेयर कस्को?
७. लाजिम्पाटको १६ करोड मूल्य बराबरको बंगला
कस्को हो ?
८. इटहरीको होटल गरिमाको ४९% सेयर कस्को हो ?
९. बालाजुको मितेरी हस्पिटलको ५०% र नोबेल हस्पिटल को ३९% शेयर कस्को हो ?
१०. स्वीस बैंकमा आयआर्जनको नाममा राखेको ४ अर्ब कस्को हो ?
११. पोखराको प्रकाश टावर कस्को हो ?
१२. घरमा रहेको भनिएको १० तोला सुन कस्को हो ?
१३. २ करोड ५० लाख मूल्य बराबर को बुलेट प्रुफ गाडी कस्को ?

लाजको पनि सिमा हुन्छ होला नी । लाजको पनि इज्जत हुन्छ होलानी ? के नेपालीहरु बुखैँचा हुन ? तिमिले जे भन्यो त्यही पत्याईदिने ? देशमा माओवादीका Yes Man कार्यकर्ता मात्र छैनन । देशमा केही जागरुक र चेतनशिल मान्छे पनि छन हेक्का रहोस । कतिपय तिम्रा हनुमानहरु, Yes Man हरु समेत हाँस्दैछन तिम्रो सम्पत्ती बिवरण देखेर, साधारण जनताको त कुरै नगर । हुन त सर्वहारा पार्टीको सर्वहारा नेता भै टोपलेको होला ।

कट्टु फुकालेर टाउको लुकाउँदा लाज छोपिन्न प्रचण्ड ज्यु । बरु उल्टो उदाङग हुन्छ तिम्रो हैसियत । हो त्यस्तै भएको छ सम्पत्ती बिवरण पेश गरेको यो तिम्रो नाटकले । ५० लाखको पलङ्मा सुत्ने, अनि हातमा १५ लाख २३ हजारको रोलेक्स घडी बाँधेर सम्पत्तिको नाउँमा तीन तोला सुन र एक कट्ठा जमिन फलाकि रहँदा ती महान शहिदहरुको आत्मा कति भड्कियो होला ? अनि तिनका आफन्तको मन कति रोयो होला ? अलिकती सोचेको छ कि छैन प्रचण्ड ज्यु ?

अरबौँ सम्पत्ती जोड्दै ३ तोला सुन छ र एक कट्ठा जमिन छ भन्दै दुनियाँको अगाडि कुन मुखले बोल्न सकेको ? अनि कस्तो संस्कार सिकाएको नयाँ पुष्तालाई? हो यसरी नै बन्ने रहेछ सिँगापुर । अनि यसरी नै होला अग्रगामी परिवर्तनले छलाङ मार्ने । हरेक कुरा ढाँट्ने, हजारौँ मान्छे मार्ने र लुट्ने बानी दुईदुई पटक प्रधानमन्त्री हुँदा पनि हटेको रहेनछ ।  अझै पनी हामिले तिम्रा भाषणको र राष्ट्रीयताको नाटक आँखा चिम्म गरेर कसरी बिश्वास गर्ने ?

जय देश !!!

Post Comment