राष्ट्रीय जनावर गाई मार्दा समेत बिरोध गर्न नपाईने धर्म निरपेक्षता मुर्दाबाद !

विचार

maheshतिम्रा नालायकी पनले जनतामा यति धेरै बलत्कार गर्योकी तिमिहरु प्रती जनताको झिनो सहानुभुती समेत नरहने भो । म त चाहन्थेँ तिम्रो प्रशंसा गर्न । तिमीले हिजो सिकाएको जस्तै मुठी कसेर लाल सलाम भन्न ।  माफ गर्नुहोस महोदय ! म तपाईको हनुमान बन्न सकिन ५० किलोको माला पहिर्‍याउने र जे जे काला कर्तुतको पनि आँखा चिम्लेर जयजयाकार गर्ने । मेरो गल्ती भनौँ या कमजोरी म कसैको हनुमान बन्न सकिन । त्यसैले त म तिम्रा हरेक गल्तीहरुमा औँला ठड्याउँछु र ज्यानको बाजि राख्छु । किनकी मेरो रगत तिम्रा काला कर्तुतहरुले भक्भकी उमालिदिन्छन र बाध्य हुन्छु तिम्रो बिरुद्द बोल्न र लेख्न ।

तिमिले भन्यौ यो संसदिय ब्यवस्था फेर्नुपर्छ, पुरानो शासन ब्यवस्था फाँक्नु पर्छ । हामिले २० हजार आफन्त गुमाएर, हजारौँ चेलिको सिउँदो उजाड बनाएर, हजारौं दुधे बालबालिकाको अभिभावक खोसेर पनि तिम्रो कुरा पत्यायौँ । तिमिले भन्यौ सबै धर्म समान हुनुनै धर्म निरेपेक्षता हो । हो हामीले पत्यायौँ हिन्दुहरुको बाहुल्य भएपनी,  मन कट्कटी खाएको थियो तर पनी चुपचाप स्विकार्‍यौं । तिमिले भन्यौ संविधान सभाको चुनाब गराउनुपर्छ, संविधान फेर्नुपर्छ अनि देश बिकाश हुन्छ । देश स्विजरल्याण्ड बन्छ भने ठिकै छ भनेर यो पनि पत्यायौँ, चुपचाप स्विकार्यौ ।

किनकी हामी बिश्वकै गरिब देशका गरिब जनता बन्न चाहँदैन थियौं । तिमिले संविधान सभाको चुनाब गराउनुपर्छ देश बन्छ भन्यौ त्यो पनि चुपचाप स्विकार्यौं । तिमिले दुई दुई पटक चुनाव गर्‍यौ, अरबौँ लुट्यौ तर पनि मन दुखाएनौं किनकी हामी बिकाश चाहन्थ्यौँ अमनचयन चाहन्थ्यौँ । तिमिले भन्यौ देश टुक्राउनुपर्छ, संघियतामा जानुपर्छ अनि देश बन्छ । त्यो पनि चुपचाप पत्यायौँ किनकी हामी आफ्नै देशमा रोजिरोटी चाहन्थ्यौं । तिमिले जे जे भन्यौँ त्यही चुपचाप पत्यायौँ, चुपचाप सहिरह्यौ । तर तिम्रा हरेक प्लान अर्कै रहेछन । तिम्रा हरेक उदेश्य गलत रहेछन हामिले बल्ल बुझ्न थालेकाछौँ । त्यसैले त तिम्रा बिरुद्ध टोल टोलबाट घर घर बाट बिरोधका स्वर गुन्जिन थालेका छन ।

तिमिले जातका कुरा उठायौ गलत साबित भो, तिमिले धर्मको कुरा उठायौ गलत सबित भो, तिमिले संघियताको कुरा उठायौ त्यो पनी गलत साबित भो । तिम्रा हरेक सवाल भारतिय बिस्तारबादीलाई फाईदा हुने बाहेक केही देखिएन । जब तिमिले यी यस्ता बिषयको उठान गर्यौ हाम्रा शत्रुहरु जाग्न थाले, देश टुक्राउन ठिक्क परेका ब्वाँसाहरु कराउन थाले । हामी जात जातमा लडेर सकिन थाल्यौँ ।धर्म धर्ममा टक्कर गरेर रित्तिन थाल्यौँ ।  अनि म कसरी तिम्रो एजेण्डाको जय जयकार गरौँ ? तिम्रो ब्यवस्थामा क्रीसमसडेमा बिदा हुन्छ, पृथ्वी जयन्तीको वास्था गरिन्न । तिम्रो ब्यवस्थामा राष्ट्रीय पोशाकको अपमान हुन्छ, राष्ट्रीय भाषामाथी बलत्कार हुन्छ । तिम्रो ब्यवस्थामा राष्ट्रीय चाडको महत्व हुँदैन, राष्ट्रीय जनावर मार्दा बोल्न मिल्दैन । वाह! तिम्रो शासन सत्ता । बरु राणाहरु जतिनै पापी भएपनी आफ्नो धर्म बिर्सिदैनथे । तर तिमिले न धर्म सम्झियौं न देशको भाषा सम्झियौ, न भुगोल या न देशको पोसाक सम्झियौ । सम्झियौ त केबल मालिकको नुनको सोझो । जतातता बाहुन बाजे उतै उतै स्वाहा ।

तिम्रो कस्तो शासन ब्यवस्था जहाँ ६०-६५ वटा राष्ट्रीय जनावर गाई मारिन्छन । त्यसको बिरोध गर्दा तिम्रा कारिन्दा पुलिसले तिनलाई उठबस गराउँछ ।  हुत्ती छ तिम्रो संसदमा हिन्दिमा भाषण ठोक्ने महासयहरुलाई सजाएँ दिने ? बिरामी भएर जीवन मृत्युको दोसाँधमा रहेको ब्यक्तीलाई एम्बुलेन्सबाट थुतेर दिनदहाडै मारिन्छ । हुत्ती छ तिनलाई कालो कोठरीमा जाक्ने ? सारा समाजको अगाडि एउटी अबोध दलित महिलालाई दिशा खुवाएर मास्टरले मार्छ । हुत्ती छ त्यसलाई मृत्यु दण्ड दिने ? खुलम खुल्ला देश टुक्र्याउने भाषण दिँदै हिड्ने सिके राउत लगायत बिहारी राजेन्द्र महतो जस्तालाई कठालो समातेर ल्याएर जेलमा जिन्दगी सिध्याईदिने हुत्ती छ ? ती देशप्रेमी युवा जसले राष्ट्रीय जनावर गाई मार्दा बिरोध गर्न नपाउने? तिनलाई पुलिसले उठबस गराएर कस्तो बहादुरी देखाउन खोजेको हो ? यदी तिम्रो शासन सत्तामा पुलिसले सक्छ भने खुल्ला च्यालेन्ज भो देशद्रोहीलाई फाँसी दिएर देखावस ।

हामीले अन्दाज लगाउन सक्छौँ यो गाई मार्ने घटना प्रायोजित हो र कृश्चियन तथा डलरबादीहरुको यसमा ठूलो लगानी छ । हामिले बल्ल बुझ्दैछौँ धर्म निरपेक्षताको आडमा हिन्दुलाई कसरी अल्पमतमा पार्न र समाप्त गर्न लागिँदैछ भनेर । पहिले धर्म निरपेक्षता घोषणा गर्ने  अनि धर्म निरपेक्षताको आडमा हिन्दु धर्म माथी प्रहार गर्दै जाने र अन्तमा हाम्रो धर्म नै निमिट्यान्न पार्ने तिम्रो योजना हामीले चाल पाईसकेका छौ । अहिले हामी सोझा नेपाली तिमिले जे-जे भन्यौ त्यही-त्यही चुपचाप पत्याउँदाको सजाएँ भोगीरहेकाछौँ । यदी धर्म निरपेक्षता भनेको सबै धर्म समान हुने हो भने राष्ट्र प्रमुखले सबै धर्मलाई समान नजरले हेर्ने, सबै चाडबाडलाई मान्ने कि कसैलाई काखा कसैलाई पाखा गर्ने ? गाई मारेको घटना र पुलिसको हर्कतलाई हामीले सामान्य रुपमा लिएका छैनौँ । सरकार तैले ठूलो गल्ती गरिस ! अब नेपालीहरु चुप बस्ने छैनन । अरिँगालको गोलोमा हात हालेको सजाएँ तैले भोग्ने छस । हामीले हाम्रो गुमेको बिस्वकै एकमात्र हिन्दु राज्य फिर्ता गराएरै छाडनेछौं ।

जय देश !!!

Post Comment