बर्तमानमा राजनितिक दलहरुले वीपी लाई स्मरण गर्नै पर्दछ !

विचार

bishowrajbastolaराष्ट्रीयता प्रजातन्त्र र समाजवाद लाई बि पी ले अनुसरण गरेर राष्ट्रीयता को सुरक्षा का लागि राजा संग मेरो घाटी जोडिएको छ भनेर वि.सं .सालमा मेलमिलाप को निति लिएर स्वदेश फर्किनुभएको संदर्भ लाइ बर्तमान मा राजनितिक दलहरु ले स्मरण गर्दै अगि बढन सक्षम हुने हो भने मुलुकले निकास पाउने मा दुइमत रहदैन ।

नेपालको सन्दर्भमा जन नायक वी.पी कोइराला एक अदभूत शक्तिशाली परिवर्तनका माहानायक हुन । वी पीको मन मस्तिष्कमा नेपाली भित्रको पीडा वेदना र आम अधिकार हनन का बिरुद्ध परिवर्तनकारी क्रान्तिको सुरुवात त्यो पनि राणा शासन बिरुद्ध । नेपाली कांग्रेस को स्थापना काल र कांग्रेस ले लिएको प्रजातान्त्रिक नीति जनतान्त्रिक शासन पद्धति को नेतृत्व गर्न सफल थिए जननायक बि पी कोइराला ।

राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै नेपाली काँग्रेसले ७० वर्षअघि अवलम्बन गरेको नीति अहिले झनै सान्दर्भिक बनेको छ । महात्मा गांधीले भारतमा नेतृत्व गरेको भारतिय स्वतंत्रता संग्राम को आन्दोलनमा बि पी को सकृयता ले पनि नेपालमा राणा शासनको अन्त्य गरी नेपाल लाइ पुर्ण प्रजातान्त्रिक व्यवस्था तिर उन्मुक्त बनाउने योजना पनि एउटा स्वर्णिम युगको सुरुवात मान्न सकिन्छ ।

मुलुकमा यतिखेर संविधान संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा प्रमुख राजनीतिक शक्तिबीच धु्रवीकरण बढ्दै गएको छ । राजनीतिक ध्रुवीकरणले संविधान कार्यान्वयनमा चुनौती देखिएका बेला काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले तत्कालीन समयमा अवलम्बन गरेको मेलमिलापको नीति अहिले सबैले आत्मसात् गर्नुपर्ने आवश्यकता बढेको छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्कनुभएको थियो ।

राजनितिक क्षेत्रमा एकता बिश्वास शान्ति र सद्भावना बिना देशमा जनताको मौलिकता सार्वभौमिकता र स्वतंत्रता को सुरक्षा हुन सक्दैन भन्ने मान्यता थियो बि पी को । वर्तमान राजनीतिक समस्या समाधान गर्न पनि प्रमुख दलहरु एक हुनुको विकल्प छैन, मेलमिलापको नीतिलाई सही अर्थमा बुझ्न सकेमात्र संविधान कार्यान्वयन र लोकतन्त्र सुदृढीकरण गर्न सकिन्छ “दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका जन नायक बि पी कोइराला मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका बिपी लगायत नेतालाई राजा महेन्द्रले भने मेलमिलाप त परै जाओस् उल्टै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।

तत्कालीन समयमा राष्ट्रियता खतरामा परेका बेला नेता वी.पी.कोइरालाले ज्यानको बाजी लगाएर मुलुक र जनताको हितका लागि प्रवासबाट स्वदेश फर्केको हेक्का राखि अहिलेको राजनीतिक नेतृत्वले लचक बनी मुलुकलाई निकास दिनुपर्छ ।

Post Comment