मोदीका खेतालाहरु, लेण्डुपका चेलाहरु अब खुसीले बौलाउने भए

विचार

नेपाली राजनितिमा एकाएक नयाँ तरंग पैदा भएको छ। न कसैले खोजेको, न कोही जनता खुसी छ, कसैलाई रिझाउनकै लागि , प्रभुको चित्त बुझाउनकै लागि चर्को बिरोधकै बिचमा छबिलाल सरकारले संबिधान संशोधन बिधयक संसदमा प्रस्तुत गरेको छ । सारा नेपालीलाई रुष्ट बनाएर, पुरै जनताको चित्त दुखाएर मोदी खुसी बनाउनकै लागि छापामार शैलिमा ब्यवस्थापिका संसदको बैठक बसेको आधा घण्टामै ३ बिधेयक पेश भयो । प्रस्तुत गरिएको संशोधन बिधयकले छबिलालको पार्टीलाई निकै ठूलो धक्का पुग्ने छ । स्याललाई दशा लाग्यो भने जंगल पस्छ भन्थे, प्रचण्डलाई दशा लागेर संविधान संशोधन बिधेयक दर्ता गरे । अब यिनको माओबादी पार्टी खरानी हुन्छ, दिउँसै लाईट बालेर खोज्नुपर्ने  अवस्था आउँन सक्छ ।

रन्जित रे को खाजा, खाना र चिया खर्चको सहि सदुपयोग भएको छ । सरकारले संसदमा संविधान संशोधन विधेयक टेबुल गरेपछि मोदिका खेतालाहरु, ईण्डियाका बफादार पाल्तु भतुवाहरु र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा त खुसी भयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने निकै आक्रोशित भएको छ । सारा नेपाली यस बिधेयकको बिरोधमा छन र उल्टो प्रश्न गरिरहेका छन संशोधन बिधेयक कस्को लागि रे के का लागि ?

छबिलाल सरकारलाई संविधान संशोधन विधेयक पास गराउनको लागि दुई तिहाई बहुमत आवश्यक छ । जसको लागि राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नै निर्णायक शक्ति हुन । उनिहरु संग राप्रपाको ३७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको १४ गरी ५१ जना सांसद छन् । संसदमा हाल कुल ५९५ जना सांसद छन् । दुई तिहाईको लागि ३९६ सिट आवश्यक पर्छ । छबिलाल सरकारसँग हाल ३९४ जना सांसद छन् । विधेयक पास गर्न अब २ जना मात्र सांसद भए पुग्छ । जो विपक्षी गठबन्धनबाट छबिलाल सरकारले सहज रुपमा किन्न सक्छ । कमल थापा र गच्छदारले साथ दिए भने स्वत बिधेयक पास हुन्छ ।

छबिलाल सरकारले दुई सांसद किन्नको लागि बार्गेनिङ सुरु गरिसकेको छ । तर प्रमुख प्रतिपक्ष दल एमालेलाई विधेयक असफल बनाउन थापा र गच्छदारलाई आफु तिर तान्नु र २ सांसदलाई कायमै राख्नु चुनौती बनेको छ । यदी कमल थापा र गच्छदार पनि छबिलाल सरकारसंग बिके भने यिनिहरुको राजनितिक भबिष्य पनि लाईट बालेर दिउँसै खोज्नुपर्ने हुने कुरामा दुईमत छैन । हिन्दु धर्मको कुरा उठाएर घिटीघिटी गरेर टिकेको गाई पार्टी र अर्को सत्ता चाप्लुसीले देश लुटेर चलेको गच्छादारको निजि पार्टी समेत पुरै धरापमा पर्ने निश्चित छ । अब छुट्टिने छ राष्ट्रबादी धार र बिखण्डनकारी भारत परस्त खेतालाको धार । अब हिमाल,पहाड र तराई छुट्याउने चेष्ट गरे रगतको खोला बग्ने छ त्यो बिगतले प्रमाणीत गरिसकेको छ ।

संसदमा संविधान संशोधन विधेयक टेबुल गराएपछि छबिलाल सरकार अब पास गराउने गृहकार्यमा जुटेको छ । मधेसी मोर्चाको माग पूरा गर्नको लागि, रञ्जित रे को अर्डर मान्नको लागि र मोदीको मुहारमा मुस्कान छर्नको लागि यानी हाउ विधेयक पास गर्नैपर्ने हुन्छ । विधेयक पास गर्नकै लागि कमल थापा र विजय गच्छदारलाई उपप्रधानमन्त्री सहितको मालदार मन्त्रालय दिएर प्रधानमन्त्री छबिलाल दाहालले सरकार विस्तार गर्ने तयारी गरीसकेका छन् ।

अबको सरकार बिस्तारको भागबण्डामा एकनाथ ढकाल र विश्वेन्द्र पासवानलाई पनि समेटने तयारी गरिएको छ । कमल थापालाई उपप्रधान सहित परराष्ट्रमन्त्र, गच्छदारलाई उपप्रधान सहित स्थानीय विकास मन्त्री बनाउने तयारी गरिएको गोप्य सहमती बाहिरिएको छ । एकाएक तातेको नेपाली राजनितीले अब कस्तो मोड लिनेछ त्यो हेर्न बाँकी छ । कोको साँसदहरु खसी झै बिक्ने छन तिनलाई चिन्नु छ । राष्ट्रबादीलाई चिनेर अब आउने चुनावमा बिजयी गराउने अभियानमा आजैबाट आम स्वाभिमानी नेपाली जुट्नुछ ।  रञ्जितरेका  गोठालाहरु, भारतिय बिस्तारबादका पाल्तु भतुवाहरुलाई डाँडा कटाउनुपर्छ । लेण्डुप दोर्जे हरुलाई चारपाटा मोडेर जुत्ताको माला लगाएर देश निकाला गर्नु छ ।

जय देश !!!

Post Comment