अन्तर्राष्ट्रिय सङखुवा सभा समाज – आजको आवश्यक

विचार

युएसनेपाल न्यूज डट कमको साइटको एउटा लेखमा आँखा जुध्यो – सङखुवा सभा जिल्ला खाँदवारी नगरपालिका ४ पांमा निवासी हाल बेलायत भरत लोहरुङ्ग राई द्वारा लिखित “ संखुवासभा अन्तर्राष्ट्रिय अवधारणा र सम्भवना ” शीर्षक लेख अध्ययन गर्ने अवसर मिलेको छ । बुझ्नु बुझाउनु आ-आफनो सोचाई हो । मेरो व्यक्तिगत बिचारमा लेख आज-भोलिका लागि सन्दर्भिक छ टिप्पणी गर्नु आबश्यता छैन । यर्थातमा र वास्तविकमा लेखले चित्रण गर्न खोजीएको छ । लेखको अध्ययन पछि मलाई पनि अन्तर्राष्ट्रिय सङखुवा सभा समाजका विषयमा केही कुरा लेख्न उत्साहित प्रेरणा गराएको छ ।

नेपालको पूर्व क्षेत्रमा रहेको विश्वको पाचौ हिमसृखला मकालु हिमालको काखमा रहेको अरुण नदीलाई साथमा लिई प्रकृतिक सौन्दर्यले श्रृगारीएको अलैची, चिरतो, रुद्राक्ष, यासागुम्बा, अल्लोले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित भै सकेको सङखुवा सभा जिल्ला हो । यस जिल्लामा उब्जिएका अन्नबालीले छिमेकी जिल्लाहरुलाई पनि घान्न सफल भएको छ । यस जिल्लाको भिर पाखा, गल्छीबाट बगि रहेको नदीनालाको पानी सदुपयोग गर्न आज जल बिद्युत परियोजनाहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारको श्रृजना सुरु भै भोलीका दिनमा देशलाई आर्थिक क्षेत्रमा र बिद्युत आपूर्तिमा सङखुवा सभा जिल्लाले महत्व पुर्ण भूमिका निभाउनेछ ।

सङखुवा सभा जिल्लाको भूमिबाट सङखुवा सभाबासीहरु अन्य जिल्लामा बसाई सराइले नयाँ बसोबास र जीविकोपाजर्नका लागि जान्छन । त्यस गाँउमा सङखुवा सभा समाजको परिकल्पना सुरु भै कार्य सुरु भएको पाउछौ । यस्ता जिल्लाहरुमा काठमाण्डौ, झापा , मोरङ्क , सुनसरीमा देखिएकोछ । जुन ठाँउमा बसोबास रहन्छ त्यस ठाँउको विकाश र एकताको लागि सङखुवा सभा जिल्लाबासी कुनै राजनीति , जातिय भेदभावमा नलागि सङखुवा सभा जिल्लाको विकाशमा एक जुट भएको पाउछौ । तर आफ्नो जातिय कला सस्कृतिलाई जगाइ राख्न पनि सङखुवा सभा जिल्लाबासी पछि परेको छैन ।

सङखुवा सभा जिल्लाका व्यक्तिहरु चिन र भारत देश बाहेक विदेशमा पाईला टेक्ने पहिलो गोर्खा सैनिकमा नोकरी गर्ने व्यक्तिलाई सम्झनु उपयुक्त होला । यसरी नै अध्यायन, पि.आर, ग्रिन कार्ड, रोजगार, ब्यापार व्यबसाय, कामको सिलसिलामा विदेश आएको पाउछौ । बिदेश आए पछि पहिलो याद परिवार, समाज, गाँउ घर, जिल्ला र देशको आउदछ । विदेशको यात्रा त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट सुरु हुन्छ जब जहाजले नेपालका भूमिलाई छाडेर आकाशमार्ग लिए पछि जहाजको सिटमा बसेर परिवारका सुख शान्तिका लागि कल्पनाको महलले भरि भराउ भै रहदा जहाज अवतरणको लागि एयर होस्टेटले एनाउन्स गरी यात्रीहरुलाई अवगत गराई रहेको हुन्छ ।

जब विमान स्थलबाट वाहिर निस्कन्छौ विदेशको सुख र  दु:खका दिनहरु सुरु हुन्छ । जहाँ परिवार, समाज, चिना परिचयका साथी भाई हुन्छ स्वागतको लागि विमान स्थलमा फुलका गुच्छामा उपस्थित रहेको हुन्छ । परिवार, समाज, चिना परिचय नहुदा सम्पूर्ण व्यबस्था आफै मिलाउनु पर्ने हुन्छ । यो क्षण जस्ले भोग्नु भएको छ त्यो पिढाले भोलिका दिनमा सहयोगी भावानाको प्रेरणा सृष्टि हुन्छ । विदेशमा रहदा दुई चार पैसा कमाए पछि आफनो विदेशी सान सुरु हुन्छ । विदेशको बसाईमा सबैको सुख हुन्छ भन्ने नसोचौ कसैले महा दुख पाएको हुन्छ उसलाई साहाराको लागि सहयोगी वा आफनो समाजको आवश्यकता महसुस हुन्छ ।

विदेशको कमाईबाट परिवारमा र गाँउमा आएको आर्थिक सहयोगले हलचल मच्चाएको देख्दा गाँउ घर, समाज व्यक्तिहरुले विदेशमा पैसा डलर रुखमा नै फल्छ जस्तो गरी सहयोग माग्नेको अनुरोध पनि नभएको होईन । गाँउ घर, समाज जिल्लाले आशा गर्नु स्वभाविक हो । विदेशका कमाईको केही रकम गाँउ घर, समाजमा लगानी गर्नु पनि जिल्लावासीहरुको दायित्व हो । यसैले विदेशमा रहेका जिल्लावासीहरुका बिच एकता हुनु आजको आबश्यकता हो जसले जिल्लाको विकास, दैवी प्रकोपमा र विदेशको बसाईमा पर्न जाने सुख, दुःख आपत् विपत् र दुख विमारमा ठुलो सहयोग मिल्न सक्छ ।

सङखुवा सभा जिल्लाका व्यक्तिहरु विदेशमा आएर एकता देखाई आफनो जिल्लाको नामबाट सामाजिक सस्था गठन गर्न सङखुवा सभा समाज हङ्ककङ्क अग्रङक्तिमा आउदछ । यस कार्यमा अग्रसर देखाउने महान व्यक्तित्व संस्थापकहरु सङखुवा सभा समाजको ईतिहासमा नाम राख्न योगदान पुर्‍याउनु हुने सबै सलामको सम्मान दिन ईतिहास साक्षी रहनेछ । आज सम्म आई पुग्दा विभिन्न देशमा सामाजिक सस्था सङखुवा सभा समाज गठन भै सेवा कार्य सुरु गरी सकेको छ जसमा हङ्ककङ्क, बेलायत, सिंगापुर, ब्रुनाई, दक्षिण कोरीया, मकाउ, अमेरीका, कतार छन् । सङखुवा सभा जिल्लाका बसोबास गरेको देश अष्ट्रेलिया, जापान, बेल्जीयम, सुडान, नर्वे, मलेसिया, इजरायल, जर्मन, डेनमार्क, स्पेन, क्यानडा पर्दछ ।

संगठन गर्ने कार्य कसैले घचघचाउनु भन्दा सम्बन्धित विदेशमा रहेका सङखुवा सभा जिल्लावासीहरु आफै सकृय हुन आवश्यक छ र सङखुवा सभा जिल्लाका अभिभावकहरुले पनि विदेशमा रहेका आफना परिवारका सदस्यहरुलाई सचेत गराउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सङखुवा सभा समाज आज किन आवश्यक छ भन्ने सवालमा सङखुवा सभा समाज बेलायतले अघि सारेको अवधारणा भविष्यका लागि महत्व पूर्ण कार्य हुने छ । सङखुवा सभा जिल्लावासीहरु आज विश्वको विभिन्न देशमा आफनो व्यवसाय, अध्ययन, जागिर, कामको सिलसिलामा बसोबास गरी रहेको छ । सङखुवा सभा जिल्लावासीहरु भौतिक रुपमा टाढा भए पनि जिल्लावासीको नाताले भावनात्मक रुपमा अत्यन्तै नजिक भएको पाउछौ ।

सङखुवा सभा जिल्लावासीहरुले व्यक्तिगत रुपमा होश या सङखुवा सभा समाज गठन भै सकेका देशहरुबाट थोरै या धेरै समाज सेवा कार्यमा लगनशील भई एकताको प्रतीक उदारीकरण बन्न सफल भै आर्थिक सहयोग दिन सफल भएको छ । सङखुवा सभा जिल्लाको विकाश र विदेशमा रहेका सङखुवा सभा जिल्लावासीहरुलाई आपत र विपतका लागि एकवध्दता जनाउनु आजको आवश्यकता हो । भोलिका दिनमा सामाजिक कार्य गर्न सधै भिक्षा मागेर कार्य गर्नु भन्दा सङखुवा सभा जिल्ला प्रकृतिले धनी क्षेत्रमा पर्दछ । यस क्षेत्रमा लुकीछिपी रहेका आयमुलक अर्थोपार्जन परियोजनाहरु छन् । त्यसलाई पहिल्याउन, अनुसन्धान गर्नु कार्यन्वनमा ल्याउनु प्रमुख भूमिका स्वदेशमा रहेका होश या विदेशमा रहेका सङखुवा सभा जिल्लावासीहरुका दायित्व हो ।

एक जुट भै निष्पक्ष, आर्थिक पक्षमा अनुशासीत भएर सङखुवा सभा जिल्लामा रहेका नदी नालाबाट जल बिद्युत, अलैची खेती र प्रसोधन, अल्लो, चिया, चिरतो, रुद्राक्ष, यासागुम्बा, पर्यटन, अस्पताल, प्राविधिक विद्यालय, होटल व्यवसाय क्षेत्रमा सङखुवा सभा जिल्लावासीहरु संग निष्कृय, छरिएको पूजीलाई निजि साझेदारीबाट वा नेपाल सरकार संग साझेदारीमा लगानी गर्ने आफनै प्राविधिक जन शक्ति उपयोग गर्ने हो भने भोलिका दिनमा सङखुवा सभा जिल्लावासी युवाहरुमा रोजगारको अवसर, निजी साझेदारी लगानी कर्तालाई लाभान्स र लाभान्सको केही प्रतिसतले जिल्लाको सामाजिक विकाशमा सहयोग गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा मानवीय सेवा गर्न अपसर मिल्ने छ । अन्तर्राष्ट्रिय सङखुवा सभा समाजको एकताले मात्र कार्य गर्न संम्भवछ ।

अन्तर्राष्ट्रिय सङखुवा सभा समाजको संरचना गठन गर्दा विभिन्न देशमा गठन भएका वा गठन हुने सङखुवा सभा समाजका सभापति, महासचिव पदेन सदस्य रहने र सम्बन्धित देशको कार्य समितिको निर्णय गरी पठाएका प्रतिनिधिहरु बिच एक आपसमा छलफल अगाडि बढाउने ब्यापक प्रचास प्रसार गर्ने सङखुवा सभालीहरु बिच एक आपसमा अन्तरक्रिया कार्य गर्ने, राजनीति आस्थामा खोलीएका सङखुवा सभा समाज संगठनहरुलाई समाबेस नगराउने विभिन्न देशमा रहेका जनजाति समुह सङखुवा सभालाई सङखुवा सभा समाजमा आवध्द गराई सङगठित गराउने र जनजातिहरुको संस्कृतिक चाड पर्वहरु सङखुवा सभा समाज मार्फत मनाउने गर्दा उपयुक्त हुन्छ ।

संसार भर रहेका सङखुवा सभावासीहरु बिसुध्द समाजसेवा भावानाले अगाडि बढाउनु पर्दछ । सङखुवा सभा जिल्लामा पनिअन्तर्राष्ट्रिय सङखुवा सभा समाजको सम्पर्क बढाउन अति आवश्यक छ । यस कार्यमा समन्वय गर्न राजधानी काठमाण्डु, सङखुवा सभा क्षेत्र नम्बर १, र सङखुवा सभा क्षेत्र नम्बर २ मा समाजसेवी व्यक्तित्व चयन गर्नु पर्ने हुन्छ । खोला नदीनालामा बगेको पानी कहिले फर्कदैन, समय आउछ तर पखिैदैन, मान्छे एक पटक जन्मनु फेरि जन्मिदैन त्यसैले भोलिका सन्ततिहरुलाई विदेशमा बसोबास रहदा पनि आफनो पूर्खाको थलोलाई स्मरणीय केही न केही कार्य गरेर जानु आज सङखुवा सभावासीहरुका जिम्मेवारी तथा दायित्व हो । यो कार्य पुरा गर्न सबैको मन भित्रको विसुध्द भावानाले मात्र सम्भव छ । थोपा थोपा पानीले सागर बन्दछ त्यसैले सङखुवा सभाको विकाश र एकताको लागि जिल्लाबासी एक जुट भई एउटै छाता अन्तर्राष्ट्रिय सङखुवा सभा समाज आज आवश्यक छ ।

( लेखक  हरि कुमार श्रेष्ठ  संखुवा सभा कम्युनिटी अफ यु एस ए अमेरिकाको महासचिव हुन )

Post Comment