अबको चुनावमा माओबादी खरानी हुन्छ: प्रचण्ड कि जोगि बन्छन कि आत्महत्या गर्छन

विचार

लेखक:

लेखक: महेश नेपाल

जनताको लागि जनताद्वारा गरीने शासन ब्यवस्थालाई प्रजातन्त्र या लोकतन्त्र भनिन्छ । मलाई यहि पढाईएको थियो स्कुलमा छँदा । तर मैले यो उमेर सम्म आईपुग्दा नेपालमा त्यो अनुभुत गर्न पाएको छैन र पाउने आशा पनि कम गर्न थालेको छु । झुटो नबोलीकन भन्नुपर्दा ईण्डियाद्वारा उसको स्वार्थपुर्तिका लागि उसको एजेण्ट मार्फत नेपालमा गरिने शासनलाई लोकतन्त्र भनिने रहेछ । त्यसैले त २०६२/६३ को जनाअन्दोलन पश्चात् राजतन्त्र ढालेपछी शासन ब्यवस्थाको नाम लोकतन्त्र राख्ने कि गणतन्त्र राख्ने भनेर गिरिजा बाबुको पालामा बिवाद हुँदा ईण्डियनकै अर्डर बमोजीम लोकतन्त्र राखियो ।

जहाँ शासन ब्यवस्थाको नाम समेत उसैको अर्डरमा राखिन्छ भने नेपाली शासन ब्यवस्था, शान्ती, बिकाश र सद्भाव चाहने के हामी मूर्ख हैनौँ र ? जहाँ ईण्डियन गोठाला हरुले सत्ता चलाउँछन, जहाँ ईण्डियन एजेण्टहरुकै हालीमुहाली हुन्छ, जहाँ उसका माग पूरा गराउन जात जातमा लडाईन्छ, धर्म धर्ममा टक्कर गराइन्छ र बर्षौँ सम्म नेपालको बिकाश बन्धक गराइन्छ । अनी नेपालिको लागि चुनाव किन गराइन्छ ? भोलि चुनाव गराउँदा नेपालीको घैँटोमा घाम लागेर यी एजेन्टको पत्तासाफ गरेर राष्ट्रबादीलाई जिताए भने ? के अनि बिस्तारबादी ईण्डियनलाई सिमाना मिच्न देलान ? सिंहदरबारमा उसको हालिमुहाली हुन देलान ?

ग्रेटर नेपालको मुद्दा नब्युझाई बिस्तारबादीलाई चैन संग बस्न देलान ? उसको निद हराम हुनेछ । उसका एजेन्टले जित्ने वातावरण नबने सम्म, हाम्रो समथर भुमी उसको कब्जामा पर्ने अवस्था नआए सम्म अस्तिरता कायम रहिरहने छ । संसद अबरोध भैरहनेछ, संबिधान संसोधनको किचलो रहिरहनेछ, सिके, राजेन्द्र, महन्थ र रेहरुको जन्म भै रहनेछ, देश उँधोगतितिर गैरहनेछ । खै कुरो बुझेको ?

चुनावनै नगरी विभिन्न बहानामा आलोपालो सत्ता चलाउन पाए सम्म, बानेश्वर र सिहदरबार धाएर तलब आएसम्म किन गर्नु हारेर जानुपर्ने चुनाव ? सरकारी ढुकुटि छाडेर आफ्नै मानु खानुपर्ने चुनाव ? थाहा छ प्रचण्ड ज्युलाई हारिन्छ भन्ने कुरा, नेपाली जनताद्वारा नाङ्गेझार पारिन्छ भन्ने कुरा । उनी पनि राजनितिका एक नम्बरका खेलाडी हुन । ईण्डियाले जेलमा जिन्दगी सडाईने या ज्यान नै धरापमा पार्ने धम्की दिएपछी आफ्नै टाउको बेचेर पचास लाख लिन खोज्ने देउवा संग नारिन गएका हुन ।

जनताले बुझ्दैनन र जँगलको मत्ता साँढे र छिमेकिको गोरु नार्दा हल मिल्दैन, जोत्दैन भन्ने कुरा ? यहि अवस्थामा चुनाव गरे अझ यसो भनौं अब चुनाव गरे माओबादी सिला खोज्नुपर्ने आवस्थामा पुग्नेछ । कतिञ्जेल जनार्दनले इज्जत जोगाईदिउन ? कतिन्जेल जनताले यिनका देशद्रोही कदम पचाईदिउन ?

देशलाई गृह युद्धमा फसाएर हजारौँ मारिँदा चुप, लडाकुको रकम अरबौँ लुटीँदा चुप,हजारौँ हेक्टर देशको सिमाना मिचिँंदा चुप, बिप्पा सम्झौता गरीँदा चुप,एयरपोर्टमा ईण्डियन एयर मार्सल भित्रीँदा चुप, जातजातिमा लडाएर सद्भाब मेटाईँदा चुप, धर्म बेचेर डलरमा ईसाई भित्र्याईदा चुप, यति सानो देश टुक्राएर संघियतामा लैजाँदा चुप । हुँदा हुँदा दुधको दूध पानीको पानी छुट्याउने न्यायालयमा आफ्ना कार्यकर्ता भर्ती गर्दा चुप, एयरपोर्टबाट सानो माछाले सयौँ क्विन्टल सुन छिराउँदा चुप । कति लेख्नु कति बोल्नु ? बग्रेल्ती छन एउटा मात्र कर्तुत भएपो सहनु जनताले पनि उफ !

कतिञ्जेल धानिदिने जनार्दन, गगन र कुलमानले माओबादी-काँग्रेसको मिलिजुली सरकारको ईज्जत ? जनताले मुल्याङ्कन गरिसकेका छन, बुझिसकेका छन अब चुनाव भए माओबादी लगभग खरानी हुन्छ । बिगतमा बोलेका हरेक क्रान्तीकारी शब्द, उनले तताएर ज्यानको बलिदानी दिएका निर्दोष नेपालीको रगतले भत्भती पोले पछाडी त्यसपछी प्रचण्ड कि जोगि बन्छन कि आत्महत्या गर्छन ।

माओबादी स्वयंले पनि घाम जस्तै छर्लङ हुने गरि बुझिसकेको छ चुनावमा आफू सकिने कुरा । त्यसैले त सानो-सानो बखेडा निकाल्दै चुनावबाट भाग्दै छ । अहिले उसले पाएको मुख्य अस्त्र भनेको मधेशी मोर्चा हुन । जबकी जनताबाट नाङ्गीसकेका नागाहरुको न कुनै इज्जत, न कुनै हैसियत न कुनै जनता तिनको पक्षमा । ईण्डियाको भजन गाउँदैमा ठिक्कका सैतानहरुले तँ चुनाव गर्न गारो छ भनेजस्तो गर म चुनाव बहिस्कार गर्छु भने जस्तो गर्छु भनेर भने जसरी नाटक मञ्चन गरिरहेको छ प्रचण्ड नेतृत्वको सरकार ।

पानीमा डुब्न लागेको मान्छेलाई एउटा परालको त्यान्द्रो पनि सहारा हुन्छ रे भन्थे हो रहेछ माओबादी लाई मोर्चा एउटा निहुँ भएको छ । दुई दशक बित्यो स्थानिय निकायको चुनाव नभएको गर्नु पर्छ कि पर्दैन ? यो कुनै निर्दल र शाही शासन भन्दा कसरी फरक भो ? बिना चुनावको तिमिहरुको सिण्डीकेट राजनिती हामीले कतिन्जेल सहने ? हिजो संबिधान सभाको चुनाव हुँदा बैद्य लगायत एक दर्जन पार्टीले बहिस्कार गर्दा समेत चुनाव गराउन सक्ने तिमिहरुले आज किन गर्न सकिरहेको छैनौ ? यो बहाना नभएर के हो ?

यदी नेपालको अहिलेको ब्यवस्था लोकतन्त्र हो भने चुनाव मनपर्नेले भाग लिन्छन मन नपर्नेले बहिस्कार गर्छन । हिजो बिस्तारबादीको बिरोध गरेर नथाक्ने माओबादी आज त्यही बिस्तार बादिका कारिन्दाको सानो टुकडी देखेर थरथरी काँपिरहेको छ, चुनाव नगर्ने बहाना झिकिरहेको छ । परालको त्यान्द्रो समातेर बाँचिदैन प्रचण्ड कमरेड पौडी खेल्न सक्नुपर्छ । जय देश !!!

Post Comment