अब त अत्ति भो ! राजतन्त्रको पक्षबाट चुनावमा उठ ज्ञानेन्द्र, जनताले गर्छन फैसला

अब त अत्ति भो ! राजतन्त्रको पक्षबाट चुनावमा उठ ज्ञानेन्द्र, जनताले गर्छन फैसला
विचार
महेश नेपाल

हुन त मलाई राजाबादी देख्नेको कमी छैन, एमाले पनी देख्नेको कमी छैन । कहिले काँग्रेस देख्छन कहिले जनमोर्चा त कहिले अन्य कुनै पार्टी । यो देखाई र अन्दाज गरिब मानसिकताको उपज हो । किनकी म जनताको कुरा बोल्छु । जनताको पक्षमा रहेर बोल्दा पार्टीगत आरोप लाग्नु नौलो हैन। पार्टीका झोलेहरुले आफ्नो पार्टीको गुणगान नगाउने र आँखा चिम्लेर जयजयकार नगर्नेहरुलाई यस्तै आरोप लगाउँछन यो कुरामा म अनभिज्ञ छैन । आज मलाई अहिले तातिरहेको सप्तरी काण्डको बिषयमा केही बोल्न मन लाग्यो।

तीन जना टाउकेको निजि स्वार्थको लागी राजतन्त्र फालियो, हिन्दु धर्म फालियो, संघियता लादियो । आज त्यसैको पाप कराईरहेको छ । हिजो एक आपसमा मेलापात, ऐँचोपैचो, मर्दा मलामी र पर्दा जन्ती गर्ने दाजुभाईहरु आज जात जात छुट्याएर लड्दै छन । तराई पहाड हिमालको सद्भाव बिथोलेर एक आपसमा धोती टोपीको युद्ध गर्दैदैछन । हामीलाई कस्ले प्रयोग गर्दै छ किन बुझ्दैनौँ ? सबैलाई आफ्नै राज्य चाहिएको छ । किनकी यिनका खाली खोपडीमा देश टुक्राएसी आँ गरेर बसे हुन्छ मुखमा नै गाँस आईपुग्छ भन्ने पढाईएको छ । यिनका दिमागमा कहिले आएन कि हाम्रो देश सानो छ, भौगोलिक बिबिधता छ ।

देशमा १२० को हाराहारीमा जात र भाषा छ भन्ने कुरा । कहिले बुझ्ने यिनले संघियता अन्य देशमा जस्तो हाम्रोमा  सम्भव बिषय हैन भन्ने कुरा । सुडान, सोमालिया, इथियोपिया लगायत दर्जनौं देश जात जातमा लड्दा, संघियताको लागि  लड्दालड्दै सकिएको कुरा कसैले त बुझाईद्यायो । सरकारमा पुगेर ब्रम्हलुट मच्चाउने यिनको राजनितिक स्वार्थ पुर्तीका लागि सोझा नेपालीले कतिन्जेल ज्यानको तिलाञ्जली दिईरहनु पर्ने हो?

के देश वा कुनै भौगोलीक क्षेत्र कसैको बाउले दिएको निजि अंश हो ? 

हामी सबै नेपाली हौँ, हामी सबैको साझा थलो हो हिमाल, पहाड,तराई । जुन कुनै पार्टीले तराई पहाड या हिमालमा कार्यक्रम गर्न पाउँछन् । आफ्ना बिचार, सिद्दान्त र उदेश्य जनतालाई बुझाउन पाउँछन । तर यो संबैधानिक स्वतन्त्रता लाई लत्याउँदै लाठो मुङ्ग्रो लिएर आईलाग्ने माथी कोहि जाईलाग्छ भने त्यो स्वभाबिक मान्नुपर्ने हुन्छ । अझै देशमा शान्ती सुरक्षा दिन बसेको प्रहरीलाई नै आक्रमण गरिन्छ भने प्रहरी कसरी हातमा दही जमाएर बस्न सक्छ ?

के हिजोको टिकापुर हत्याकाण्डय गौर हत्याकण्ड जस्तै पुलिसले लाचार भएर आफ्नु ज्यानको आहुती दियोस भन्ने सोचेको ?  भलै गोली चल्दा केही दाजुभाईहरु हताहत हुनुभयो त्यसमा हरेक देशप्रेमी नेपालीलाई दु:ख लागेको छ । मृतक प्रती हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दीक समबेदना ।’अनिकालमा बीउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु’  भन्ने पुरानो उखान जस्तो सोझो लाइनले आफ्नो रोजीरोटी गरेर नबसेर किन जोरी खोज्न निस्किएको ? आखिर पाईयो के ? उल्टो आमा दिदी बहिनीको सिउँदो पुछियो, छोराछोरी टुहुरा बने । आज जुन जुन पार्टी दोहोरो मुठ्भेड गरिरहेका छन भोली तिनै मिलेर सरकारमा जान्छन जनतालाई उल्लु बनाउँछन भन्ने कुरा खोइ बुझेको भेडा जनता हो ?

राजा पुग्दा फुलमाला र नेता जाँदा जुत्ता लाठी र भालाले के दर्शाउँछ?

कुरा स्पष्ट छ । जनताको राजतन्त्रप्रती अगाध आस्था र बिस्वास अझै छ । तीन जना टाउकेले बिदेशिको ईशारामा राजतन्त्र फालेको प्रती जनता सन्तुष्ट छैनन। जनादेश सबै भन्दा ठूलो कुरो हो । हरेक कामको लागि जनताको मत चाहिने, अरबौँ सिध्याउनु पर्ने तर राजतन्त्र फाँक्न जनमत संग्रग गर्नु नपर्ने ? जनतालाई भगवान मान्ने हो भने नेतृत्वले जनमतको कदर किन गरेन ? अधिकाँस जनता हिन्दुराज्यको पक्षमा छ, बिश्वकै एक मात्र हिन्दु राज्य कसको आदेशमा फालियो? डलर पाएर तिमिहरुले राष्ट्रीयताको कलर फेरेका हौकी हैनौ ? तिमिहरुलाई बिदेशिले पैसा खुवाएर छाडातन्त्र सुम्पिएपछी राजतन्त्रलाई लात्ता हानेका हौकी हैनौ?

जनतालाई त्यति बेबकुफ नसम्झ । तिमिहरुको अत्याचार र तिमिहरुको छाडातन्त्रले सिमा नाघिसक्यो । हामी सक्दैनौ दैनिक रुपमा हाम्रा दाजुभाईहरु रगताम्य भएर ‘आमा’ भन्दै छट्पटाउँदै मृत्युको मुखमा पुगेको देख्न । जे तन्त्र ल्याओ हामी साधारण जनतालाई मतलब भएन तर मतलब यति छ जनताको मत के मा छ एकपटक बुझ र एकपटक जनमत संग्रह गर । यदि तिमिहरु मान्छे मार्नमै ब्यस्त र आफू सत्ताको स्वाद लुछ्दैमा मस्त भै रहन्छौ भने-राजा पनि अब आउने चुनावमा उठ्नुपर्छ । जनता कस्को पक्षमा रहेछन छर्लङ्ग हुने छ त्यसपछी ।

घटनाको कारण के हो ?

नेपालमा संघियता, जातिय राजनिती र धर्म निरपेक्षता नै हो यसको कारण जुन घाम जस्तै छर्लङ्ग छ । चुनावमा आफ्नो जमानत सम्म जोगाउन नसक्ने तोरी लाहुरे हरुले बुडो गोरुले गाई ओगटे जस्तो गरि मधेस मेरै हो  अरु पस्नै मिल्दैन भनेर जसरी अन्य राजनितिक दललाई प्रतिबन्ध लगाउन खोजे र यस्तो हर्कतलाई  साथ दिने भेडा जनताले गर्दा सप्तरी घटना भयो । यसको दोष कस्लाई भन्ने जुरा छोडौँ । मधेसिलाई उचाल्ने माओबादी, बाबुराम हराम, गृहमन्त्री निधि, मधेसीको खुन पसिनामा राजनितीको नाटक गर्ने मोर्चाका फटाहाहरु र तामझाम देखाउने एमाले स्वयं पनि यसको दोषबाट उम्कन पाउँदैन र उम्कनु हुंदैन ।

मैले बारम्बार भन्दै आईरहेको छु आफ्नो राजनितिक अभिष्ट पूरा गर्नको लागि माओबादी द्वारा गलत उदेश्य सहित उठाईएका बिषय हुन जातिय राज्य, संघियता र धर्म निरिपेक्षता । जुन बिषयले तीन करोड नेपालीलाई रुवाउने, पिडित बनाउने बाहेक केही काम गर्न सकेन ।  किनकी यिनिहरुलाई राजनिती गर्ने कुनै अस्त्र थिएन अनि प्रयोग हरे यी बिषय । संसारमा सबै भन्दा चाँडो मान्छे उत्तेजित हुने र मनमा छुने कुरा हो जात र धर्म । मान्छेले आफ्नि धर्म र जातलाई होच्याएको कहिल्यै सहन सक्दैन । माओबादिले यहि सेन्टिमेटमा राजनिती गर्‍यो । यसलाई अहिले यो बिषय आफैलाई घाँडो भएको छ । न खाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाबुको अनुहार ।

छातीमा हात राखेर आफ्नो आमालाई साछी राखेर भन्नुस देशमा पहाडे मधिसे भनेर लडाई गराउन सुरु गर्ने को हो ? माओबादी हैन ? माओबादीले भन्थ्यो  संबिधान सभाको चुनाव भएपछी देश स्विजरल्याण्ड बनाउँछु भनेर तर उ आज कति पटक सरकारमा पुग्यो तर देश स्विजरल्याण्ड हैन, जात-जातमा लाडाएर जातिय राजनितिको आगो सल्काएर देश खरानी बनायो, धर्म धर्ममा लडाएर, राष्ट्रीय जनावर गाई काट्ने, डलरमा धर्म किनबेच हुने बनायो, अब त तराई पहाड क्षेत्र क्षेत्रमा लडेर  सोमालिया जस्तो बनाउन लाग्यो । सँधै देशको बर्बादी चाहने जो कोही देश द्रोहिको अन्त्य नभए सम्म देश बन्ने कल्पना सम्म पनि नगरे हुन्छ । जय देश ।।।

Post Comment