भुमिका
आजको दिनसम्म आइपुग्दा पाठक-बर्गहरुले यस लेखको शिर्षक जस्तै अन्य धेरै लेख – एक से एक ब्यक्तित्वको पढी सक्नु भयो । अहिलेसम्म जती पनि लेखिय – ति – कि त आश देखाउदै लेखिय कि त ठुला ठुला कुरा लेखिय – जुन साधाराण सदस्यहरुका लागि जान्नु र बुझ्नु आफैमा एक कल्पना जस्तो थियो ।
अब कुरा गरौं – हाम्रो आफ्नै – एनआरएन अमेरिकाको सदस्य लिनलाई एनआरएनले यो गर्न सक्छ-सक्दैन – भनेर हामीले सदस्य लिनु पर्ने-नपर्ने केहि छैन । एनआरएनलाई माया-धृणा गरेर लिनु पर्ने नपर्ने पनि केहि छैन ।
एनआरएनले गरेको ठुला-ठुला कुरामा हामी दैनिक ज्यालादारी गरेर खानेको सहभागिता आजको दिन सम्म भएको छैन साथै गराउलान भन्ने आश पनि नगर्दा नै राम्रो । हामी एक किसिमका भोटर हौं जस्लाई एनआरएन दुई बर्षमा मात्रै सम्झन्छ र आवश्यक ठान्छ।
सत्यता
गएको चुनाब देखी – अहिलेको चुनाबको लागि पुन: सदस्यता खोलिनु पुर्ब करिब १८ महिना – कसैले भनिदियोस – एनआरएन अमेरिकाले कति पटक सदस्य बितरण कार्यक्रम गर्यो ? र यो १८ महिनामा कति नयाँ सदस्य बनायो ?
खोट त रहे छ त ? भने पछी सदस्यता बितरण र एनआरएन अमेरिकाले भने जस्तो यती सदस्य र उति सदस्य भए यो गर्न सक्छौं उ गर्न सक्छौं भन्ने कुरामा सत्यता रहेछ त ? छैन – १८ महिना सम्म एक जना सदस्य बनाउन नखोज्ने एनआरएन अमेरिकाले अहिले किन सदस्य बनाउनका लागि यती धेरै रडाको मचाइरहेको छ ? भोट बाहेक अरु केहि हो त !
यहाँसम्म आइपुग्दा हामिलाई थाहा भयो – कम्तिमा एनआरएन अमेरिकाको सदस्यता लिनु भनेको भोट हाल्नका लागि मात्रै हो ।
अब हेरौं – को को – किन सदस्य बन्ने !
१. तपाईका कोही नातेदार उम्मेद्वार हुन्हुन्छ र चुनाबमा उठ्ने पक्का छ भने सदस्य बन्नुस – आफ्नालाई त जिताउनै पर्यो ।
कुन तराजु वा कसी थियो जस्ले एनआरएन अमेरिकाको पहिलो र दोस्रो कार्यसमितिको निर्वाचन गर्दा – हाम्रा छान्यो कि राम्रा लाई छान्यो भनेर निर्णय गर्ने ?
२. तपाईको कोही धनीष्ठ मित्र (भनिन्छ नि लङ्टिया यार) उम्मेद्वार हुने पक्का छ भने सदस्य बनेर उसलाई सहयोग गर्नुस ।
३. कसैले पैसा तिरेर सदस्य बनाइदिन्छ भने बन्नुस तर भोटिङ को अधिकार आफुमा नै सुरक्षित राख्नु होस । हजुरले भोटिङको अधिकार आफैले राखे पछी – हजुरले पैसा तिरिदिने कै विपक्षमा पनि भोट हाल्न सक्नु हुनेछ । सदस्य बन्ने यो जस्तो राम्रो उपाय अरु छैन।
कसैले तपाईलाई सितैमा १ पेनी दिदैन र यहाँ डलरको कुरा भैराखेको छ । कुरा के प्रस्ट छ भने – पैसा नभएकाले केन्द्रिय कार्यसमिती ताक्दैन । जो आफैले पैसा तिरेर सदस्य बने – तीनलाई हेरेर हास्नुहोस र बरु सक्नु हुन्छ भने लाईफ मेम्बर बन्नुस ।
४. हजुर उम्मेद्वार हो वा हुँदै हुनुहुन्छ भने लाईफ मेम्बर बन्नुस जस्ले हजुरको उम्मेद्वार कुनै पदिय लालसाले होइन भन्ने सन्देश जाओस ।
५. जन्मे देखी कुनै एक पलमा – हजुरले एकै पटक भए पनि कुनै पनि सस्थाको सदस्य बन्नका लागि अरु कसैलाई अनुरोध गर्नु भएको थियो भने अब हजुर को इमानले एनआरएनको सदस्य लिन्न भन्न मिल्दैन – त्यसैले सदस्यता लिनिहोस किनकी आजको दिन सम्ममा हजुरले कसैन कसैको अनुरोध त पाइसक्नु भयो होला!
६. आप पाक्ला, झर्ला र खाम्ला भन्ने कुनै आशा राख्नु हुन्न भने सदस्य बन्नुस ।
७. अन्ततोगत्वा एनआरएन नै हाम्रो सस्था हो भन्ने लाग्छ भने सदस्य बन्नुस । (यो दोस्रो कुरा हो कि अहिले को एनआरएन अमेरिकाको केन्दिय कार्यसमितीले कुनै यस्तो काम गरेन जस्ले सदस्य बनम भन्ने लगोस)
८. आजको दिनको एनआरएन अमेरिकासँग यती क्षमता छैन कि उस्ले नेपाली तथा नेपाली अमेरिकन हरुको लागि लबिङ गर्न सकोस – बरु यो काम छिटो र प्रभाबकारी तबर बाट चाहेमा अमेरिकामा रहेका भातृसगंठनहरुले गर्न सक्छन – यदी यसलाई परिवर्तन गराउने चहाना राख्नु हुन्छ भने सदस्य बन्नुस ।