याद गर बिस्तारबादी ! देशको लागी एक करोड गोबिन्दहरु मर्न तयार छन !

याद गर बिस्तारबादी ! देशको लागी एक करोड गोबिन्दहरु मर्न तयार छन !
विचार
महेश नेपाल

म कहाँबाट कसरी सुरुवात गरौ बोल्न । रिशले ज्यानमा दनदनी आगो दन्किरहेको छ, मुटु भत्भती पोलिरहेको छ । रगत भक्भकी उम्लिरहेको छ । नेपालीको छातीमा गोलि ठोक्ने यी कायर ईष्ट ईण्डिया कम्पनीका दासका छाउराहरुलाई जिउँदै चपाउन मन छ । म मात्र हैन देश प्रेमी लाखौँ नेपालीहरुको रगत भक्भकी उम्लिरहेको छ ।

हाम्रा सिमा स्तम्भ रातारात गायब गरिन्छन हामी केही बोल्न सक्दैनौ, हाम्रा दाजुभाईहरु, बेलुकी नेपालमा सुत्छन बिहान उठ्दा देश फेरिईसकेको हुन्छ, हजारौ हेक्टर जमिन बिस्तारबादी ले हडपी सकेको हुन्छ तर पनि टुलुटुलु हेरेर बस्न बिवस छौँ । हाम्रा दाजुभाईले आफ्नै भुमिमा कुलो खन्दा, बाटो बनाउँदा र सुख्खा जमिनमा नहर बनाएर पानी लगाएर खेती गर्छु भन्दा समेत सुख पाएनन । गुगलको नक्सामा त्यो ठाउँ उसको देशको सिमा भित्र पर्छ भनेर गोली ठोक्छ र  एउटा गरिब निर्दोष देशप्रेमी युवा मारिन्छ ।

सरकार र भारतिय दलाल बनेका पार्टीका झोलेहरु चुईक्क बोल्दैनन । यिनलाई देशको मायाँ छैन, यिनलाई जनताको मायाँ छैन । छ त केवल आईसी र ईण्डियन भैया हरुको । जसले नुननै उतैको खाएका छन अनि कसरी गर्छन मालिकको बिरोध ? नेपाली सानो  भएर बाँच्न सक्छन तर कमजोर भएर बस्न सक्दैनन । न पुर्खा बसे  कमजोर भएर न हामी बस्नेछौं । अन्तिम श्वास रहुन्जेल स्वाभिमानको लडाई लडी रहनेछौं ।

सरकार ! हाम्रो दुई तिहाई भु-भाग गुम्दानी सहेरै बस्यौं । रातारात सिमा मिचिँदा,हाम्रा चेली बलात्कृत हुँदानी सहेरै बस्यौं । अब त त्यसले यति सम्म पेल्न थाल्योकी आफ्नु करेसाबारीमा साग रोप्न समेत उ सँग अनुमती लिन पर्नेभो । कति निर्लज्ज बन्छस तँ । उसको नाङ्गो नाँचले त्यति लामो समय नाका बन्दी सहनु पर्‍यो । छटपटीमा, अभावमा दिन गुजार्नु परेको त्यो तितो यथार्थ र कालो समय हामीले भुल्न सकेका छैनौँ ।

त्यस कामको लागी कारिन्दा हाम्रै तिरका मान्छेका खोल ओढेका पशुहरु थिए । जसले सिमा पारी गएर भात बजाउँथे, डकार्थे र बर्साउँथे ढुङ्गा नेपाल तिर । बिगत लामो समय देखि उसले हरेक सरकारमा डाडु पन्यु चलाउने मान्छे पठाउँछ । र निर्धक्क देखाउँछ नाङ्गो नाँच । कतिन्जेल सहने यो ज्यादती र कति बस्ने ईष्ट ईण्डियाको दासको अत्याचार सहेर ?

सिमानामा जतिनै खुम्चिएर बस्नुपरे पनि छाती त गर्वले फुलाएर बाँच्न पाउँने वातावरण मिलाईदे न सरकार ! ए जनता हो जनताको सरकार आउने गरी जनताको मान्छे सत्तामा कहिले पुर्‍याउने ? कति भारतिय बिस्तारबादी को दलालहरुलाई सत्तामा पर्‍याएर यिनिहरुलेनै हाम्रो भलो गर्लानकी भनेर अपेक्षा गरेर बस्ने ? जती ज्यादती भएपनी चुईक्क नबोल्ने नेत्रीत्व देख्दा यस्तो लाग्छ स्वाभिमान गुमाएर बाँच्नु भन्दा त बरु छातीमा तातो गोली खाएर हाँसीहाँसी मर्नु नै बेश ।

उता कञ्चनपुरमा भारतले ज्यादती गरिरहेको बेला नेपाल सरकारले भारतीय दलालहरु संग झुकेर सहमति गरेको छ । देशको स्वाभिमानका लागी लडेका वीर सपूत गोबिन्द गौतमको हत्या पश्चात सीमा क्षेत्रको तनाव कम गर्न भन्दै नेपाल र भारतका अधिकारी बिच तीनबुँदे सहमति भएको छ । तीनबुँदे सहमतिको बुँदामा एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने भनिएको छ। जबकी भारतीय एसएसबीको गोली प्रहारबाटनै गोविन्द गौतमको मृत्यु भएको दुनियाले छर्लङ्ग देखेको छ । नेपाल प्रहरी स्वयं साछी छ ।

कति लाचार छौँ हामी , गोली हानेको घाम जस्तै छर्लङ्ग हुँदा हुँदै पनी उ संग  सम्झौतामा किटानीपूर्वक त्यो विषय लेख्न र क्षतिपूर्तिका लागि अडान लिन सक्दैनौं । गल्ती देखिए मात्र कारबाही र क्षतिपूर्ति दिने भन्ने विषयले भारतिय बिस्तारबादी गल्तीबाट कसरी उम्कियो प्रष्ट छ । अब न    कसैलाई दोषी प्रमाणित गरिने छ न कार्वाही नै हुने छ ।  एक नेपाली सपुतको अनाहकमा ज्यान गयो देशको स्वाभिमानका निम्ति । तर लाचार नेतृत्व चुईक्क बोल्दैन। हरे ! हामी कस्तो देशमा बसिरहेकाछौं ?

घटना घट्नुको कारण यस्तो छ:

दुईसाता अघिदेखि नै नेपाली र भारतीयवीच तनाव सुरु भएको थियो । दशगजा भन्दा करिब ५ सय मिटर नेपालतिर पर्ने जमिनमा नगरपालिका एव स्थानीय वासीले कलभर्ट निर्माण गरेपछि भारतीय पक्षले त्यसको विरोध गर्दै आएको थियो । तर पनी भारतीय पक्षले धम्की दिँदै आएको थियो । जबकी गुुगल म्यापमा हेर्दा समेत कल्भर्ट बनाइएको स्थान नेपालीमै पर्ने स्पष्टै देख्न सकिन्छ ।

बुधबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) का बन्दूक धारीहरु एकाएक नेपाली भूमिमा प्रवेश गर्‍यो र नेपाली हरुलाई कुटपिट गर्‍यो । धेरै देशप्रेमी नेपाली भारतियको कुटाईबाट घाईते बने । अघिल्लो दिनको कुटपिटको विरोधमा विहीबार बिहानै स्थानीय नेपालीहरु कल्भर्ट निर्माणस्थलमा भेला भएका बेला भारतीयहरुको एक हुल आयो  त्यसपछी दोहोरो ढुङ्गा हानाहान भयो । हाम्रा दाजुभाई दिदिबहिनि हरुले ईण्डियनहरुलाई लखेटे । उनिहरु लखेटिएको केहीबेरमै उताबाट एसएसबी लिएर आए। एसएसबी को आड पाएर फेरि ढुंगामुढा गर्न थाले हाम्रा दाजुभाई नी झुक्ने कुरा भएन दोहोरो प्रतिबाद गरे ।

यही क्रममा एसएसबीले २१ राउण्ड फायर गर्‍यो । गोबिन्द गौतमको कम्मरमा गोली लाग्यो । उनलाई धनगढी स्थित सीपी अस्पताल ल्याइ पुर्‍याउँदा न पुर्‍याउँदै अत्यधीक रक्तश्राबका कारण निधन भयो। एसएसबीको गोली प्रहारपछि नेपालीहरु तितर-वितर भएको मौका छोपी भारतीयहरुले नेपालिको पसलमा तोडफोड र लुटपाट गरे खसी बाख्रा देखि सर सामान  र मोटरसाइकल समेत छाडेनन सबै लुटेर लगे ।

भारतियको SSB सिमानामै बस्छ, चौबिस घण्टा सिमानामा गस्ती गर्छ । तर हाम्रो शसस्त्र प्रहरी सिमाना भन्दा टाडा सहरहरुमा बस्छन । सिमा भन्दा निकै टाडा त्यो पनी एकदम सिमित मात्रामा । सरकार पुग्दैन भने नयाँ दस्ता भर्ती गर सेना प्रहरीमा । लाखौँ युवा देशको सेवा गर्न तयार छन । ईण्डियन दलालहरु संग लड्न तम्तयार छन । देशमा लाखौँ बेरोजगारी युवा राखेर  शत्रुलाई हाम्रो कमजोरीको फाइदा उठाउन नदे ।

रोटीबेटिको र एउटै संस्कृतिक सम्बन्धको नाटक गर्दै खुल्ला सिमाना राख्दा भारतिय अपराधीहरुलाई चोरलाई चौतारी भएको छ । सिमा तुरुन्तै सिल्ड गर र असमान सुगौली सन्धीमा गुमेको हाम्रो भुमी फिर्ता गराउन अन्तरास्ट्रिय स्तरमा लड्न सुरु गर । पत्थरको जवाफ फुलले हैन पत्थरले नै दिने प्रयास गर्नुपर्छ । त्यसपछी ईण्डियन भैयाहरुले कट्टुमा पिसाब गरेनन भने जनता संग गुनासो गर्न आउनु । डटेर लड्न सुरु गर ईण्डियन संग सारा नेपाली तेरो साथमा छन ।

एकलाई गोली ठोकेर मारेर वीर गोर्खालीलाई तर्साउछु भन्ने सोचेको छ होला ईण्डियन भैया अंग्रेजको दासले । नाङ्ग्लो ठटाएर हात्ती तर्साउने सपना नदेखे हुन्छ । खबरदार ! एक गणेश गौतम हैन एक करोड गणेश गौतम अन्तिम श्वास रहेसम्म देशको लागि लड्न तयार छन । तैंले बुझिराख कायर बिस्तारबादीको नाईके एक मरे हजार जन्मिन्छन । तैले खुनको मूल्य चुकाउने छ्स । हामी पैँचो तिरेरै छाड्छौं । वीर गोर्खालीको रगतले तँलाई पोल्ने छ भत्भती । कहिले चयनले बाँच्न दिने छैन ।

आउँछ त्यो दिन पनि आउँछ, तँ हाम्रो पाउमा लम्पसार पर्ने छस र वीर गोर्खाली अमर रहुन भन्दै अहिले कास्मीरको लडाईमा गोर्खाली सेनालाई सेलुट मारेजस्तै सारा नेपालीलाई श्रद्धाले सेलुट गर्नेछस । दुईचार भतुवा दलाली नेताले तेरो पाउ मोले भन्दैमा दिवा सपना नदेख बिश्वमा नेपाली न कहिले झुकेको ईतिहास थियो न झुक्नेनै छन । मृतक गोबिन्द गौतम अमर रहुन । जय देश !!!

Post Comment