चौधौँ नेपाल डे परेड कोलोराडोमा हुदै – परेडको इतिहास र आजको अवस्था – हरि कुमार श्रेष्ठ

चौधौँ नेपाल डे परेड कोलोराडोमा हुदै – परेडको इतिहास र आजको अवस्था – हरि कुमार श्रेष्ठ
विचार

अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा हरेक वर्ष नेपाली नयाँ वर्षको उपलक्ष्यमा नेपाल डे परेडको आयोजना हदै आएको छ । सर्वप्रथम हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसएका अध्यक्ष नारायण श्रेष्ठको सकृय पहलमा २००३ सालमा अमेरिकाको कोलोराडो राज्यको बोल्डर काउन्सील, सिटी अफ बोल्डरबाट परेडले स्वीकृति प्राप्त गर्न सफल भएको थियो । सिटी बोल्डरले आफनो क्यालण्डरमा एप्रिल महिनाको तेस्रो आईतवार नेपाल डे परेड राख्ने गरेको छ । हरेक वर्ष हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसएले समयमा नै नेपाल डे परेड आयोजना गर्न अनुमति पत्र (डीक्लरेसन्) का लागि बोल्डर काउन्सील, सिटी अफ बोल्डरबाट स्वीकृति लिनु पर्ने हुन्छ ।

नेपाली नयाँ वर्षको उपलक्ष्यको अवसर पारेर हुने यो नेपाल डे परेडको महत्व र सान्दर्भिक्ता पनि छदैछ । नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउन र नेपालको आफनो पहिचान विदेशमा रहेका विदेशीहरुलाई देखाउनु आकर्षण पार्नु, नेपालीहरु विच एकताको प्रतिक हुनु पनि आजको आवश्यक्ता हो । जसले भोलीका दिनमा आउने सन्ततिहरुले आफनो देश नेपालको चौतर्फी विकासमा सहयोग, माया ममता, भाषा, कला संस्कृतिलाई जगाई राख्न ठूलो योगदान नेपाल डे परेडबाट पुग्नेछ । देश विदेशीहरुलाई पनि नेपालको परिचय दिन सफल हुने छ ।

नेपाल डे परेडमा सहभागिता जनाउने नेपालीहरु आफनो भेष भुषा, कला संस्कृतिले सजिसजाउ भई उपस्थित रहदा अर्कै रौनक देखाउदछ । नेपाली झण्डा र अमेरिकन झण्डाले सजिएको दौरा सुरुवाल, साडी चोलो नेपाली टोपीले सजियर नेपाल डे परेडमा सहभागीहरुको उपस्थितिले बोल्डर शहर परिक्रमा हुदा पर्यटकहरु चोक चोकमा हेर्नका लागि भिडको उपस्थितले यसको महत्व आफैमा आकर्षण छ । आफनो देशको पहिचानका लागि उपस्थित जनाउन गर्मी, हावा हुरी, हिउँको बावजुत पनि सहभागिता जनाई कार्यक्रम सफल बनाउन नेपाली समुदाय पछि परेको छैन ।

हरेक वर्षको एप्रिल महिनामा हुने नेपाल डे परेडमा सहभागिता जनाउन अमेरिका स्थित नेपाली दुतावासका महामहिम राजदुत, कोलोराडो राज्यबाट निर्वाचित अमेरिकाको होनेरबल काग्रेस म्यान र बोल्डर सिटिका मेहरको उपस्थित र मार्गदशन सम्बोधनले अझ प्रभावकारी महत्व दिलाएको छ । यस कार्यक्रमले गर्दा अमेरिका र नेपालको सुमधुर सम्बन्धलाई अझ नजिकबाट हेर्ने र आत्मीयता पढाएको पाउदछौ । कोलोराडो राज्यबाट सुरुवात भै १३औ नेपाल डे परेड सम्पन्न पछि यसको महत्व र आकर्षणले नेपालीहरुको एकता र सद्भावानाले गत वर्ष २०१६ मे महिनामा अमेरिकाको वासिङ्गटन डि सि मा पनि सुरुआत भएको नेपाल डे परेडमा नेपालीहरुको सहभागिता उल्लेखनीय थियो ।

अमेरिकामा रहेका नेपालीहरु आफनो महान चाडको रुपमा नेपाल डे परेडमा मनाउन आतुर छन् । यो ईतिहासीक नेपालको पहिचानलाई निरन्तरता दिनु नेपाली समुदायको आफनो दायित्व हो । गत वर्ष २०१६ को १३ औ नेपाल डे परेडमा नेपालका नेवार समुदायहरुको कला सास्कृती लाखे नाचको झाकी पनि निकालिएको थियो । जसले गर्दा नेपाल डे परेड कार्यक्रम अझ आकर्षण बन्दै गएको छ । कार्यक्रममा नेपाली नाच गान गर्न नेपाली कलाकारहरु उत्साही छन् भने गर्मीको समयमा नेपाली ब्यापारी समाज सेवीहरुले आ-आफ्नो तर्फबाट परेडमा सहभागीहरुलाई पानी वितरण गर्न पनि पछि परेका छैन ।

कोलोराडोमा रहेका नेपाली सामाजिक संघ सस्थाहरुको सहयोगमा हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसए ले प्रत्येक वर्ष नेपाल डे परेड आयोजना गर्दै आएको उक्त नेपाल डे परेडलाई निरन्तरता दिन आयोजनाको स्वामित्व लिन हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसए र कोलोराडोमा रहेका पुरानो नेपाली सामाजिक सस्था रकि माउण्टेन फ्रेड अफ नेपालका सल्लाहकार, पदाधिकारी, सदस्यहरुका बिच आपसि छलफल निर्णणबाट २०१७ साल देखि रकि माउण्टेन फ्रेड अफ नेपालले नेपाल डे परेड आयोजनाको सम्पूर्ण जिम्मेवारी लिने, नेपाल डे परेडको संरक्षकको रुपमा हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसए रहने छ । नेपाल डे परेडको आयोजनाको लागि प्रत्येक वर्ष एक हजार पाँच सय डलर हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसए ले रकि माउण्टेन फ्रेड अफ नेपाललाई सहयोग प्रदान गर्ने गरी एक समाहरोमा दुई सस्थाका अध्यक्षहरु विच हस्त्ताक्षर भएको छ ।

यसरी दुई सस्था बिच हस्ताक्षर भए पछि पहिलो पल्ट रकि माउण्टेन फ्रेड अफ नेपालले बोल्डर शहरमा एप्रिल १६,२०१७ आइतवारका दिन नेपाल डे परेड १४ औ आयोजन गर्ने अवसर मिलेको छ । कोलोराडोमा रहेका नेपाली सामाजिक संघ सस्था र नेपाली समुदायहरु नेपाल डे परेडमा सहभागिता जनाई अमेरिकामा जन्मीएका आफना बाल, बच्चाहरुले जिन्दगीमा कहिले नदेखेका लाखे नाच हेर्न हेराउन आतुरमा छन् । रकि माउण्टेन फ्रेड अफ नेपालले कोलोराडोमा रहेका नेपालीहरुको एउटा ईतिहास भै सकेको १४ औ नेपाल डे परेडका लागि परिपाटि अनुसार आवश्यक तयारी, पाहुनाहरुको आगवन गराउन व्यस्थ रहेकोछ । यस कार्यक्रममा सहभागिता जनाई कार्यक्रम सफल बनाउन कोलोराडोमा रहेका नेपालीहरुको उपस्थितिले नेपालको महिमा परिचय दिन र नेपालीहरु बिचको स्मरणीय एकताको सन्देश जानेछ ।

Post Comment