महोत्तरी जिल्लाको बर्दीवास नजिकै अति निम्न बर्गीय मुसहरहरुको लागि धुर्मुस सुन्तली फाउन्डेसनले ५० परिवारको लागि घर बनाउदै छ्न।एक परिवारको लागि ५ कोठे भवन बन्दै छ। साढे दुई महीनामा करिब ८५% काम सकिसकेको रहेछ।बैशाख १ गते नयाँ बर्षको शुभ साइतमा मुसहरहरुलाई लाजपुर्जा सहित हस्तान्तरण गर्ने योजना रहेको फाउन्डेसनको अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताए।
दक्षिण कोरियाबाट राष्टप्रेमी सचेत नेपाली एकता समुहले संङ्कलन गरेको एधार लाख चौरासी हजार रुपैया हस्तान्तरण र श्रमदान गर्नेको लागि एल.बी श्रेष्ठको संयोजकत्वमा बिक्रम ठकुरी,कृष्ण पुरी,भिमसेन गुरुङ,एस,बी शाही,लिलु डुम्रे,आर्यन शाही ,बिश्व श्रेष्ठ र म पुगेको थियौ।हामी पुग्दा ५० जना मुसहर सहित करिब ३ सय भन्दा बढी कमदार काम गर्दै थिए बैशाख १ गते नै हस्तान्तरण गर्ने स्टमेट अनुसार साझ अबेर सम्म बत्ति बालेर बिहान सबेरै काम गर्ने गरेको रहेछन ।युद्ध स्तरमा एकीकृत बस्ती निर्माण हुँदै छ।एउटा परिवारलाई ५ कोठे भवन निर्माण गर्ने करिब १० लाख लागत लाग्ने अनुमान फाउन्डेसनको अध्यक्ष धुर्मुसले बताउनु भयो पुरै ५० परिवार को लागि ५ करोड लाग्ने पुर्ब अनुमान रहेछ।
कसैले गरेको काम देखेर नि गर्व लागेर आउँछ भनेझै सिन्धुपाल्चोक र काभ्रेको भुकम्प पीडितलाई नमुना बस्ती बनाएर पुण्य कमाइ सकेको धुर्मुस सुन्तली फाउन्डेसनले मुसहर बस्तीको लागि घर बनाएको देख्दा बनाउनेलाई मात्र नभएर हेर्नेलाई गर्व लागेर आउदो रहेछ ।सुन्तलीले काठमाडौं रहेको फाउन्डेसन अफिस समालेको रहिछन् ।धुर्मुस आफैं बिहान देखि बेलुका सम्म खटेर काममा लागेको रहेछन।उनको लगनशीलता,जागर,आँट र इच्छाशक्ति देख्दा त धुर्मुस जस्तै २० जना सन्तान नेपाल आमाले जन्माएकी थिइन भन्ने आज ५० औ लाख सन्तानले देश छाड्ने अबस्था आउदैन थियो भन्ने प्रश्न मेरो मनमा खेलि रह्यो।बिहान काममा जाँदै गर्दा १ बर्ष भित्रमा त पुरै देश बनाइ दिन्छु भन्ने धुर्मुसको कुराले मनै छोएको थियो।यहाँ गरिव,निमुखाको पक्षमा नारा लगाएर आफ्नो छोरा छोरी युरोप, अमेरिका, अष्ट्रेलिया पढ्न पठाउनेहरुले धुर्मुस सुन्तली संग पाठ सिक्न जरुरी छ ।किनकि गरिव पक्षमा नारा होइन काम गर्ने जरुरी छ । ५० घर परिवारको करिब ३०० मुसहरको जस्तै उदार गरियोस्।भगवान मान्छे हो मान्छे नै भगवान भनेझै मुसहर बस्तीको लागि धुर्मुस सुन्तली भगवान साबित भए भने धुर्मुस सुन्तलीलाई सहयोग गर्ने फराकिलो मनको धनीहरु देवताहरुको नि देव महादेव भए।
गरे देखि नहुने केही रहेनछ भन्ने प्रमाण धुर्मुस सुन्तली फाउन्डेसनले ३ वटा एकीकृत बस्ती निर्माणले देखाइ दिएको छ।५ करोड बजेट छुटाएर सरकारी तवरबाट भवन निर्माण गर्ने लागेको थियो भने एक बर्षमा एउटा घर बन्न गाह्रो थियो।नेपालको सरकार काम र कार्यालय कर्मचारी तलव भत्ता पचाउन मात्र बसेको छ्न।मुखै अधि धुस माग्छ्न र घुस नदिए भरे र भोलि भनेर टार्छ्न।एकै छिनमा हुने कामलाई महिनौ लगाइ दिन्छ्न । नेपालमा हुने ढिला सुस्ती कामलाई धुर्मुस सुन्तली फाउन्डेसनले गतिलो झापड दिएको छन। हामीले धुर्मुस सुन्तलीको जय होस भन्दा एक स्थानीय पत्रकारले तपाईं हामी सबैको जय होस भन्नू भएको थियो हामी सबैको जय होस राम्रो काम गर्नेलाई सबैले हौसला र सहयोग गर्नुपर्छ।हरेक क्षेत्रमा हाम्रोलाई भन्दा राम्रोलाई अबसर दिन जरुरी छ।