एनआरएन अमेरिका को समस्या र समाधानका उपाय…

एनआरएन अमेरिका को समस्या र समाधानका उपाय…
एनआरएन विशेष विचार

समस्या:

एनआरएन अमेरिकाको केन्द्रिय समितिले जुडिसल कमिटलाई उसले गरेको दुई निर्णय ३ दिन भित्र फिर्ता लिनु भनेको थियो । यदि फिर्ता नलिएमा यो जुडिसल कमिटलाई बिशेष साधारण सभा बाट हटाउने निर्णय गरेको थियो। एनआरएन अमेरिका वा आइसिसिको बिधानमा जुडिसल कमिटलाई हटाउन मिल्ने कुनै प्रावधान नराखेको अवस्थामा जुडिसल कमिटि सँग सहकार्य गरेर समस्या समाधान दिनुको सट्टा एनआरएन अमेरिकाको केन्द्रिय समितिले धम्किको भाषा बोलिदिनाले यो ३००० सदस्यहरुको मताधिकारको लडाँइ नभएर केहि ब्यक्तिको जुंगाको लडाँइ बन्न पुगेको छ।

पहिलो: २ मनोनित लाई काम गर्न नदिनु निर्णय

दोस्रो: मार्च १६ देखी २० गते सम्म सदस्य बनेकाको भोटिङ को अधिकार नहुने निर्णय

आजको दिन सम्म न जुडिसल कमिटि न एनआरएन अमेरिकाको केन्द्रिय समितिले केहि निर्णय गर्न सकेका छन।

अब कुनै समाधान छ त ?

समस्या आए पछी समाधानका उपाय त हुन्छ नै तर कुनै एक हल सबैले मान्न मिल्ने हुन सक्छ त ? यो पनि नहोला तर – समाधानका लागि कोशीस गर्न सकिन्छ । जुन कुरा अहिले जानेर  वा नजानेर कुनै पक्षले पनि गरेको देखिदैन ।

यसै हप्ता दुई अनलाईनबाट यसैको सेरोफेरोमा केहि कुरा आए तर हल भनेको दोस्रो निर्णय फिर्ता लिएर सबैलाई भोटिङ अधिकार दिने सुझाब दिए पनि पहिलो निर्णयको बारेमा माैन थियो । आजको दिनमाा एनआरएन अमेरिका दोस्रो निर्णयले मात्रै मान्ने वाला छैन – उसलाई पहिलो निर्णय फिर्ता भएको हेर्न मन छ । किनकि – नखोज्नु निउ खोजिसके पछि किन दुबै निर्णय नउल्टाउने भन्ने एनआरएन अमेरिका केन्द्रिय समितिको सोच हो।

जुडिसल कमिटीलाई एनआरएन अमेरिकाको सदस्य बन्नका लागि ४ दिन थपिएको निर्णयको सुचना एनआरएन अमेरिकाले पठायो कि पठाएन त्यो दोस्रो कुरा हो, तर जुडिसल कमिटीले पनि निर्णय दिनु पूर्व सबै कुरा नियाल्नु पर्थ्यो र निर्णय दिनु पर्थ्यो जुन भएन ।

प्रश्न त जुडिसल कमिटीलाई छ नै – यो समस्या स्वत रुपमा प्राथमिकता पर्नु पर्थ्यो र निर्णय तत्काल दिइनुपर्थ्यो, तर के कारणले यो निर्णय दिन यति ढिलो गरियो? जुडिसल कमिटीले पनि १७००० जना लाई निर्णय गर्न ढिलो गरियको कारण बताइदा जुडिसल कमिटीमा रहेका सदस्यहरु माथि रहेको शंका को घेरा हट्ने थियो। यि सबै कुरा भनिरहदा – जुडिसल कमिटीको पनि काम गर्ने आफ्नै तरिका होलान – सायद अब – कुनै समस्या दर्ता गर्दा – प्राथमिकता निर्धारण गर्नु पर्ने नियम पो बनाउने हो कि ? जस्ले गर्दा जुडिसल कमिटीलाई पनि थाहा होस कि कुनलाई प्राथमिकता राखेर निर्णय गर्नु पर्छ भनेर।

समाधानका उपाए धेरै हुन सक्छन र ति मध्य एउटा यहाँ छ: यो  एक मुष्ठ रुपमा गरिनु पर्दछ।

१. एनआरएन अमेरिकाले आफुले मनोनित गरेका विबास्पद मनोनएनलाई फिर्ता लिने । यस बाट – एनआरएन अमेरिकाका १७००० सदस्यहरुलाई एनआरएन अमेरिका कुनै राजनितिक पार्टिको भातृ संगठन होइन भन्ने सन्देस जानेछ । यस निर्णय संगै – जुडिसल कमिटिले दिएको पहिलो निर्णयको कुनै आचित्य नै रहने छैन ।

२. जुडिसल कमिटिले – मार्च १६-२० गते सम्म बनेका सदस्यहरुको लागि गरिएको निर्णय फिर्ता लिने होइन सच्याउनु पर्दछ । जुडिसल कमिटिले आफ्नो आँखा र कान दुबै खोल्नु पर्छ । के जुडिसल कमिटीलाई यो थाहा छैन कि – ८ धन्टा सम्म प्राबिधिक कारणले गर्दा सदस्य बन्न मिलेको थिएन भनेर – हामी अमेरिकामा छौ – भनेको समयमा केहि काम गर्न पाइएन भने फेरी समय निकाल्नु पर्ने हुन्छ ।

हाम्रा कती दाजु-भाई दिदि-बहिनिहरु सँग – गाडी छैन, बसेको ठाउमा इनटरनेट छैन, कम्प्युटर छैन – उहाहरुलाई लाब्रेरी जानु पर्ने हुन्छ । बल्लत्ल समय मिलाएर गएका हाम्रा दाजु-भाई दिदि-बहिनिहरु – एनआरएन अमेरिकाको वेबसाईटमा आएको प्राबिधिक कारणले गर्दा त्यो दिन सदस्य बन्न सकेनन – के जुडिसल कमिटिले यस्तो कुरा बिचार गर्‍यो त ? उस्को दिएको निर्णयले भन्छ – यो धनीको सस्था हो – तिमीसँग – घरमा इनटरनेट, कम्प्युटर हुनुपर्थ्यो – एनआरएन अमेरिका तिमीले अर्को पटक लाब्रेरी गएर सदस्य बन्ने दिन सम्म कुर्न सक्दैन जबकी यो – एक दिन पछी नै भए पनि किन नहोस ।

अब जुडिसल कमिटिले आफ्नो निर्णय कसरी सच्याउने त ?

एनआरएन अमेरिकाको केन्द्रिय समितिले भने जस्तो – सदस्य बन्न उत्साह भएको बेलामा केहि दिन थप्दा – धेरै सदस्य बन्न सक्छन भन्ने भावनात्मक शब्द को पछाडी जुडिसल कमिटीले दिन बढाउन आवश्यक छैन तर त्यो ८ धन्टा को प्राबिधिक समस्याले परेको प्रभाव को सम्बोधन आवश्यक छ र त्यो १ दिन वा बडी मा २ दिन सम्म हुन सक्छ ।

यसो हो भने:

जुडिसल कमिटीले यस्तो निर्णय गर्नु पर्दछ ।

क. १६ वा १६ र १७ मा सदस्य लिएकाले १७-१९ को एनआरएन अमेरिकाको चुनाबमा भोट हाल्न पाउने छन ।

ख. माथी क बाट बाँकी रहेको दिनहरुको लागी – एनआरएन अमेरिका र जुडिसल कमिटिले २०१९-२०२१ को चुनाब को लागि भोटिङ अधिकार रहने गरी निर्णय गर्नु पर्छ ।

यसो गर्दा – कोहि हार्दैनन तर जित भनेको एनआरएन अमेरिका र एनआरएन अमेरिकाका १७००० सदस्यहरुको हुने छ ।

Post Comment