राष्ट्रपती ज्यु ! अलिकती पनि देशको ईज्जतको डर छ भने तुरुन्त भ्रमण रद्द गरेर फर्कनुस

राष्ट्रपती ज्यु ! अलिकती पनि देशको ईज्जतको डर छ भने तुरुन्त भ्रमण रद्द गरेर फर्कनुस
विचार
लेखक: महेश नेपाल

सोमबार दिउँसो नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी राष्ट्रपति भण्डारीलाई महिला तथा बालविकास राज्यमन्त्री (भारतको सबैभन्दा कनिष्ट मन्त्री) कृष्ण राजबाट स्वागत गराएर भारत सरकारले नेपाल र नेपाली जनताको घोर अपमान गरेको छ । बिगत दुई हप्तादेखी म केही लेख्दिन र बोल्दिन भनेर बसेको थिए । तर मेरो कलमले आराम नपाउने भयो । देशकै प्रमुख सम्माननिय राष्ट्रपती भारत भ्रमण जाँदाको त्यो बेईज्जती सम्झिँदा भित्रभित्रै मुटु जल्न लाग्यो केही नलेखौ भन्दा पनि लेख्न बाध्य भईयो ।

एउटा स्वाधिन राष्ट्र, बिश्वकै बहादुर मान्छे बस्ने देश र सर्वभौम सत्ता सम्पन्न मुलुक नेपाल । जसको राष्ट्र प्रमुखको यस्तो बेईजत हुँदा सारा नेपालीको मन धरधरी रोहेको छ । रातारात हजारौँ हेक्टर जमिन मिचिदा चुप बसिदियौँ, देश बचाउन लड्ने गोबिन्द गौतमहरु अनाहकमा मारिँदा चुप बसिदियौँ, दानापानी बन्द गरेर महिनौ नाकाबन्दी गर्दा चुप बसिदियौँ अब कतिन्जेल चुप बस्ने ? आज आएर देशकै प्रमुख मान्छेलाई बुखैँचा बनाईयो र राज्यमन्त्री पठाईयो स्वागत गर्न भनेर । कति सम्म लाजमर्दो कति सम्म लज्जासपद बिषय । तीन करोड नेपालीको शिर झुकेको छ ।

हाम्रा ब्वाँसाहरुले सत्तामा जान , ब्यक्तिगत फाईदाको लागि ईण्डियन भैयाको कालो तिघ्रामा तेल लगाउँदाको परिणाम आज निर्दोष नेपालीले भोगिरहेछन । यसरी देशनै नभए जसरी, स्वाभिमान नै नभए जसरी निर्धो भएर बाँच्नु पर्ने अवस्थाको सृजना गर्ने यी देश लुट्ने ब्वांसाहरुले कहिले बुझ्छन ईण्डियन भैयाहरुले  नोकरको जस्तो ब्यवहार गरी अपमान गरेको कुरा ? नेपालको राष्ट्रपती भारतमा अपमानीत हुने गएको हो कि सम्मानित हुन ? दुई हप्ता पहिले बङ्गलादेशी राष्ट्रपती शेख हसिनालाई लिन मोदी आफैँ एयर्पोर्ट पुगे तर नेपालको राष्ट्रपती बिद्यादेबी भण्डारी पुग्दा राज्यमन्त्री, कतिसम्म विभेद, भिन्नता र कतीसम्म बेईज्जत । ईण्डियनले हामिलाई खुट्टाको कसिँगर जति पनि इज्जत दिँदैन भन्ने कुरा थाहा हुँदा हुँदै किन गएको राष्ट्रपती ज्यु ?

स्मरण रहोस भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री प्रचण्ड आफै सहित जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेको थियो । तर भारतले भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई विमानस्थल पठायो । भारतको यति सम्मको हेपाहा र हाम्रा नेतालाई भुसुनो जत्तीपनी नगन्ने प्रबृत्ती र हाम्रा नेता भनाउँदाको तिनिहरुकै पाउ पर्ने लम्पसारबादी प्रबृत्ति देख्दा नेपाली भन्नुपनी घिन मान्नु पर्ने भो । हाम्रो बिरता, संसार सामु नझुकेको ईतिहास माटोमा मिलेको देख्दा देश प्रती नै यति बितृष्णा जागेर आउँदो रहेछ कि  नेपाली नागरिकता नै च्यातिदिउँ र कतै एकान्तमा गएर बसौँ जस्तो लाग्नए रहेछ । तीन करोड नेपालीको मन रोएको छ यो सहनै नसकिने अपमानले ।

आज सम्म सरकार सञ्चालनमा जाने एकाध प्रमुखले बाहेक कुनै माइकलालल्ले भारतको बिरोध गर्न नसक्नु । हाम्रो बिरता र सार्बभौमिकताको ईतिहास सम्झेर छाती फुलाएर यी भैयाहरुलाई च्यालेन्ज दिन नसक्नुनै हाम्रो ठूलो कमजोरी हो । उसले जस्तोसुकै उपध्रो गरेपनी हाम्रा भनाउँदाले ज्यु ज्यु गर्ने प्रबृत्तिको शिकार हामी जनता सँधै हुने गर्छौं । त्यहि शिकारको अर्को एउटा शृङ्खला हो राष्ट्रपतिको अपमान प्रकरण । यो भारतले नियतबस गराएको घटना हो र आफ्नो दादागिरी प्रमाणित गरेको हो ।

सरकार परिवर्तन्, संविधान सभाको चुनाव, संविधान घोषणा, मधेसको समस्यालाई आगोमा घिउ थप्ने काम, जलविद्युत आयोजनाको निर्माण, सुरुङ मार्ग निर्माण लगायत हरेक कुरामा उ हाबी हुनुको कारण तिनै भैयाको कालो तिघ्रामा तेल लगाउनु होकि हैन ? हाम्रा भनाउँदाले आफ्नो स्वार्थको लागि आफैँ नाङ्गीदाको परिणाम आज हामी तीन करोड नेपालीले भोगिरहेका छौ ।

छेपाराको उखान जस्तो चिसो भएपछी घर बनाउने कुरा सम्झने हैन हामीले अहिले बाट नै हेपाह प्रबृती र विस्तारबादीको कुब्यवहारको खुलेर बिरोध गर्न सक्नुपर्दछ ।  लअनि मात्र हाम्रो इज्जत मजबुद हुनेछ, शिर ठाडो बनाएर हिँड्न सक्नेछौँ । नत्र एउटा मालिकको अगाडि नोकर झुके जस्तो सँधै वीर   नेपालीले आफ्नो शिर झुकाएर बाँच्नुपर्ने हुन्छ ।

हरेक कुरामा हस्तक्षेप हरेक कुरामा अपमान, हरेक ठाउँमा बेइज्जती सहनु भन्दा बरु देशको नामनै फेरिद्याओ इण्डियन भैयाका नोकरहरु हो । कतिन्जेल जलाउँछौ नेपाली जनतालाई ? यदी अलिकती पनि आफ्नो र देशको ईज्जतको डर छ र लाज छ भने राष्ट्रपती ज्यु भ्रमण रद्द गरेर तुरुन्त नेपाल फर्कनुपर्छ । भारतले राष्ट्रपति भण्डारीको भ्रमणलाई महत्व नै नदिएको र बेईज्जत गरेर पङ्गु बनाउन बोलाएको पुष्टि भैसकेपछी पनि लाचार भएर बस्नु त्यो जतिको बेईज्जत झन केही हुने छैन । र अब यो बेईज्जत बाट पाठ सिकेर आगामी दिनमा तिनलाई गतिलो झापड लगाउन आवश्यक छ ।  जय स्वाभिमान । जय देश !!!

Post Comment