चिया पसल देखि चौतारोका गफ:
-“मान्छे त उनी राम्रा हैनन्, पहिले पहिले जितेर बिकास त के अनुहार सम्म देखाएनन् तर उनैसंग पैसा र पहूँच छ,यहाँ जो आए पनि केही गर्दैनन् । फलानो पार्टीलाई यतिका बर्ष देखि भोट दिईयो,अब किन मन डुलाउनू र ?”
-“मान्छे सहयोगी छन्,अहिले सम्म राम्रै गरेका छन्,तर चुनावमा मनग्गे खर्च गर्न सक्दैनथे,त्यसैले उनले बिचरा टिकट नै पाएनन्।”
-“फ़लाना असाध्यै राम्रा र सात्विक मान्छे हुन्, ईमान भएका,बिद्वान,विवेकी,अरुको लागि आदर्श पात्र तर चुनावमा जहिले पनि धरौटी जफत हुन्छ,त्यसैले किन आफ्नो अमूल्य भोटको नाश गर्नू र?”
-“पार्टीले जसलाई उठाएको छ, त्यसैलाई भोट दिने हो, पार्टीको निर्णय बिपरित जाने कुरै हुदैन।”
-“आफ्नो त बाबु बाजेको पाला देखिको पार्टी हो, पार्टी परिवर्तन गरेर गल्ती गरिन्न ! अरु पार्टीको बारेमा अरु केही थाहा छैन।”
-“पूरानै पार्टी र पहिले जिताएकाहरुबाट यो देशको परिवर्तन हुने वाला छैन,यतिका दिन सम्म देखियो,अबको समय बैकल्पिक राजनीतिको हो त्यसैले अब हाम्रा हैन राम्रा रोज्ने बेला हो! ईमान र जमान भएकालाई भोट दिईन्छयसपालि !”
माथिका बुँदाहरु झण्डै दुई दशक पछि बल्ल बल्ल सरकारले नेपालमा स्थानीय चुनावको घोषणा गरे लगत्तै दिनदिनै चिया पसल देखि चौतारो सम्म हुने राजनैतिक गफका सारसंक्षेपहरु हुन यद्यपि चुनाव आउन केही दिन मात्रैबाँकी छ।अहिले त मौन समय पनि शुरु भईसकेको छ।
सबै नेपाली मतदाताका मान्यताहरु लगभग यिनै हुन् यस मध्ये चुनाव कसले जित्छ भन्ने अड्कलबाजी शहरमा शुरु भई सकेको छ तर चुनाव पछि हाम्रा गाउँ शहर कस्ले जितेमा कस्तो बनाउला भन्ने कुरा पुग्न सक्यो कि सकेकोछैन कुन्नि ?
यतिका समय सम्म स्थानिय निकायमा कर्मचारी र दुई चार जना टाठाबाठाहरुको हाली मुहाली भईरहँदा सुशासनका सूचकहरु काग़ज़मा राम्रा देखाईए पनि ट्रान्सपरेन्सी ईन्टरनेशनलले गरेको सर्वे अनुसार नेपाल अति भ्रष्टाचारहुने मूलुकहरु तर्फ लम्किरहेको छ । यद्यपि जनतामा केही सचेतना भने अवस्य जागेको छ ।
लोकतन्त्रात्मक ब्यवस्थामा निर्वाचन सबै भन्दा महत्वपूर्ण पक्ष हो । समय समयमा जनताबाट अनुमोदित प्रतिनिधिहरु नीति निर्माण बनाउने तह सम्म पुगे भने उनीहरुले जनताकै हितमा क़ानून बनाउँछन् र क़ानूनी राज्यकानागरिकहरु निर्बल हुदैनन् भन्ने नै लोकतन्त्रको मर्म हो भन्ने कुरा बुझ्ने बेला हो यो ।
बहुदलीय ब्यवस्थाको आगमन पछि संसदीय र संबिधान सभाको चुनाव गरी जम्मा पाँच वटा र स्थानीय चुनाव दुई वटा(पूर्व राजा ज्ञानेन्द्रले गराएको चुनाव छाडेर) सम्पन्न भएका छन्, राज्यको संबैधानिक निकाय निर्वाचन आयोगलेचुनावको कार्यबिधि सही ढंगले गरेपनि हामी चुन्ने मान्छेहरुकै चुनाई ठिक नहुनाले देशले गति लिन नसकेको हो भन्ने कुरा सबैलाई थाहा पनि छ ।
बहुमत र सत्य फरकफरक कुरा हुन् । तर हामीकहाँ यी दुवैले काम गर्न छाडेका छन् । हामीले आफै चुनेर पठाएका हाम्रा प्रतिनिधिहरु जेल नेल र जीवन सबै पार गरेर देशलाई यहाँ सम्म ल्याएको कुरामा उनीहरुलाई शिरनुहाएर धन्यवाद दिनै पर्छ, हामीले दियौँ तर उनीहरुले नै बाटो बिराईरहे,उनीहरुले बिराएको बाटोलाई पनि हामीले सही ग़लत नभनेर उनकै भजनमन्डलीमा सहभागी भई मलजल गरिरहने बेला यो होईन ।
हाम्रा प्रतिनिधिहरुले देश समृद्द बनाउने नाममा राजतन्त्र,धर्म निरपेक्षता,संघीयता,शासकीय स्वरुप जस्ता धेरै कुराहरुमा आगमन र बहिर्गमन त गरे तर जनताको जनमत के थियो भन्ने बारेमा जनमत संग्रह गराउन सकेनन् । दुईचार दलका दुई चार नेताहरुको सिण्डिकेटमै देशको राजनीतिको रथ हिडेको छ ।
राजनैतिक कदमलाई एकै छिन आँखा चिम्लेर सोच्यौँ र दल तथा तिनीहरुका नेता कार्यकर्ताहरुको आर्थिक अनुशासनको पक्ष सम्झ्यौँ भने मात्रै सबैभन्दा बढि रुन मन लाग्छ। नीतिगत भ्रष्टाचार गरेर आफूले गरेका कामकोअनुमोदन गरेरै राज्यको ढुकुटीको बैधानिक दोहन गरेको टुलुटुलु हेर्ने हामी नागरिक समाजले अझै पनि राम्रा मान्छे निर्वाचित गरेर पठाउन सकिरहेका छैनौ ।
हिजो शून्य आर्थिक हैसियत भएका राजनीतिकर्मीहरुको आज अलिशान महल, गाड़ी तथा बैँक ब्यालेन्सको स्रोतको बारेमा हामीले सोधखोज गरेनौँ नै तर त्यसभन्दा पनि घातक, देशकै लागि घातक सिद्द भएका सन्धी सम्झौतामापनि सशक्त खबरदारी गर्न सकेनौँ । बरु राजनैतिक नेतृत्वको ग़ुलामी गरेर,जानेर नजानेर उनीहरुकै कदमको पक्षपोषण गरिरह्यौँ । अनि जब हामी आफैले प्रतिनिधिहरु चुन्ने बेला आउँछ,शून्य विवेक प्रयोग गरेर ग़लत मान्छेहरुधुरी चढाईरह्यौ ।
राजनैतिक दलहरु आफैमा ख़राब हुदैनन् तर त्यो दलको नेतृत्वकर्ताहरुले मनमा ईमानदारी र कर्तव्यमा बफादारी राखेनन् भने समग्र दलकै बदनाम गर्दछन्,अनि त्यस संगै ब्यवस्थाको बदनाम हुन्छ । लोकतन्त्रको अहिलेकोअवस्था यही हो । एउटा निश्चित पद्दतिमा चल्ने पारदर्शी सरकार जसले दृढ भई ईमान्दारीका साथ उत्कृष्टतालाई आत्मसाथ गर्न सक्ने हो भनेर मात्र देशले समृद्दिको शिखर चुम्छ।फोहोरको ढल भित्र बसेर छरेको अत्तरले केहीकाम गर्दैन । ढलको फोहर प्रसोधन गर्नुपर्छ।
अब कस्तो राजनीति चाहियो ?
नेपालको राजनीतिमा पार्टीहरुले देश र जनताको हितमा काम गर्छन् भनेर पत्याउने दिन गए। सरकार र गठबन्धन टिकाउन जो संग र जस्तो सुकै बेला जे पनि गर्न पछि नपर्ने प्रबृर्तिले देश गम्भीर दुर्घटनामा फँस्न थालेको छ,भ्रष्टाचार मुद्दामा छोटो समयमा राम्रो काम गर्दै आएकी प्रधानन्यायाधीस शुशिला कार्की बिरुद्द कार्यसम्पादनकै कमज़ोरी भन्दै महाअभियोग प्रस्ताव दर्ता गर्नु बिधिको शासनकै धज्जी उडाउनु हो, कार्यपालिकाको स्वेच्छाचारिताकोपराकाष्ठा हो। हिजो लोकमानलाई अख़्तियार प्रमुख बनाउँदा जुट्नेहरु,फाल्दा जुट्नेहरु र अहिले शुशिला कार्कीलाई महाअभियोग लगाउन एकमत हुनेहरु सबै राजनीतिक ठगहरु हुन्, त्यसै गरी उही सम्बिधानलाई कहिले मान्नेर कहिले नमान्ने गरी बेला बेलामा बबन्डर मच्चाउनेहरु बाट देशले निकास पाउँदैन, एउटा सुसंस्कृत राजनीति संस्कारको बिकास गर्न संबिधान र न्याय पद्दतिलाई स्विकार गर्ने, दलाली होईन उत्कृष्टतालाई आत्मसाथ गर्ने एउटाशशक्त शक्ति बिना देशले समृद्दि हासिल गर्न सक्दैन ।
दोषी को? ब्यवस्था कि हामी ?
अहिले मुलुकमा एउटा तितो सत्य स्थापित भएको छ: पैसा कमाउने भए राजनीति गर भन्ने । वास्तवमा यस्तो मान्यता स्थापित हुनुमा राजनीति गर्नेहरुको पहुँच सबैतिर भएर हो । कर छली, दर छली,ठेक्का पट्टा, सरकारकोसमर्थन बिरोध, कुनै भौतिक पूर्वाधार निर्माण,जीर्णोद्धार आदि सबैमा नीतिगत देखि नेतागत भ्रष्टाचार हुने गर्छ, अनि नागरिक समाजले सबै कुरा थाहा पाएर पनि केवल मूकदर्शक मात्र बनिरहन्छ, बनिरहेकै छ ।
एउटा भनाई छ: ‘मुहान शुद्द भए पो बग्ने पानी शुद्द हुन्छ।’अहिले नेपाली राजनीतिको मूख्य समस्या भनेको राजनीतिक ब्यवहारमा शुद्धता हो, जनताका नाममा राजनीति गरेर जनतालाई नै बेवास्ता गर्नु हो । बहुदलीय ब्यवस्था हुँदैलोकतन्त्रात्मक ब्यवस्थामा जनताले गरेको अपेक्षा पूरा नहुनु र देशलाई मूठभेडको दिशा तिर धकेल्नु तथा यस्तै धमिलो बेलामा राजनैतिक आडमा आफू मात्र सम्पन्न हुनु र जनता झन कङ्गाल हुनु अहिलेको मूख्य समस्या हो ।यसको ज़िम्मेवार लोकतन्त्र हुनै सक्दैन।
जब जब चुनावी सरगर्मी आउँछ तब तब नेपाली समाजमा एउटा अभूतपूर्व नाटकको मन्चन शुरु हुन्छ। पहिले रातारात मदिरा र मासुमा भोटहरु झर्थे, अहिले त्यसैलाई नज़ीर नमाने पनि धेरै मतदाताहरु गहिरिएर सोच्दैनन्। हिजोपटक पटक सत्ताको केन्द्रमा गएर हालीमुहाली गरेकाहरु आफूलाई जनताको सच्चा सेवक भन्ने दुहाई दिईरहँदा पनि तिनै झूठ बिशेषज्ञहरुको भजनमन्डलीमा सहभागी हुनु बिडम्वना हो। अझै पनि ठेक्का पट्टा, गुण्डागर्दी,भ्रष्टाचार आदिबाट अकुत सम्पत्ति कमाएकाहरुले आफूले जितेमा गाउँ शहरको मुहार फेरिदिने रसिला कुरा गरिरहेका छन् । अनि हामीहरु पनि हो अब अरुले जित्दैनन् अब यिनैलाई नै भोट दिऊँ भन्दै लाचारी प्रकट गरिरहेकाछौँ। बिचार हेरेर,ब्यवहार हेरेर भन्दा पनि एउटा यथास्थितिवादी भएर आफ्ना प्रतिनिधिहरु चुनिरहेका छौँ,अनि त्यसको दोष लोकतन्त्रलाई दिईरहेका छौँ ।
झण्डै तीन दशकको बिचमा अविकसित देशहरुले बिकास र समृद्दिमा फड्को मारे, हाम्रा उत्तर र दक्षिणका छिमेकी देशहरु चीन र भारत संसारकै अर्थतन्त्र र राजनीतिका नेतृत्व गर्न सक्ने भईसके, तर त्यसको लागि गर्न सक्नेठाउँमा गएर पनि केही नगरेका,राजनैतिक आर्थिक बेईमानी गरेका, देशकै स्वाभिमानको वली चढ़ाएका टेस्टेड र एक्सपायर्डहरुलाई काखी च्याँपेर हिड्न हिच्किचाएका छैनौ ।
बिकासका एजेण्डा, समृद्दिका एजेण्डा र देखिने गरी हुने परिवर्तनका एजेण्डा खोई भनेर प्रश्न गर्ने बेलामा आधारहीन भुलभूलैया युक्त गीत सुनेर, हल्लाको भरमा पछि लागेर या बिगतमा गर्नुपर्ने र गर्न सक्ने सय वटा काम मध्ये तीनदशक सम्म गर्दै नगरेका या एउटा झिनो काम गरेको कुरालाई बढाईचढाई गर्नुलाई हामीले बडो उत्साह साथ हो मा हो गरिरहेका छौँ।अनि देशलाई आर्थिक, सामाजिक र राजनैतिक दुर्घटना गराउन उद्दत पूरानै पाराकोराजनीतिलाई मलजल गरिरहेका छौँ ।
हो ! राम्रा मान्छेले राम्रै गर्छन् :
भारतमा केहि बर्ष पहिले मात्र स्थापना भएको अरविन्द केजरीवालको भ्रष्टाचार बिरोधी पार्टी आम आदमी पार्टीले दिल्लीको कायापलट गरिदिएको छ। उपलब्ध स्रोत र साधनकै बिचमा पनि दृढ ईच्छा शक्ति हुने हो भने धेरै कामगर्न सकिन्छ भन्ने कुरा नेपालका केही युवा मन्त्री गगन थापा, जनार्दन शर्मा, गोकर्ण बिष्ट र नविन्द्रराज जोशी आदिले सकारात्मक कार्य गरिरहेका छन् त्यसै गरी प्रशासकको रुपमा कुलमान घिसिंगको सर्वत्र प्रशंसा भईरहेको छ ।
सयौँको संख्यामा भएका नेताहरु र हजारौ कर्मचारी मध्ये औलामा गन्न सकिनेले मात्र काम गर्नु र बाँकी निकम्मा ठहरिनुमा हाम्रा राजनैतिक संगठनहरुको सिस्टमको असफलता बाहेक केही होईन, देशलाई हाम्रै जीवनकालमासमृद्द बनाउने काम यस्ता यथास्थितिवादी दल र तिनको हैकमवादी र दृष्टिकोण बिनाका नेतृत्व बाट संभव छैन, त्यसका लागि वैकल्पिक राजनीतिको टड्कारो आवश्यकता छ। कोही बिद्वानका नाम भजाएर, अन्यत्र असफलभएका वादहरु बोकेर मात्र आफूलाई परिवर्तनका संबाहक मानिने दिन गए । नेपाललाई नेपाली पाराको बिकासको मोडल चाहिएको छ ।
त्यसो त हास्य कलाकार धुर्मुस सुन्तलीले एउटा दुईटा मात्र होईन तीन तीन वटा एकीकृत बस्ती बनाएर सरकार र यसका अंगहरुलाई चुनौती दिईसकेका छन् । दिनेश तामाङले धादिंगमा पचपन्न घरको एकीकृत बस्ती बसाएकाछन्, तर राज्यको निर्माणको नेतृत्व राजनीतिले लिने हो, नागरिकले लिने होईन, नागरिकले त सद्भाव र सहयोग पो गर्ने हो । नागरिकले एक दुई वटा गाउँ बनाउन त सक्ला तर पुरै देश बनाउन सक्दैन ।
सक्षमलाई चुन्नू : हल्लाको पछि नलाग्नू !
हुन त अचेल राजनीतिमा जोश र जाँगर भएका युवाहरुले नेतृत्व लिनुपर्छ भन्ने बहस पनि चलिरहेकै छ तर नेतृत्व लिनका लागि चाहिने योग्यता, दक्षता र दृष्टिकोण पनि चाहिन्छ। भावनात्मक बहकाईमा लागेर हल्लै हल्लाकोपछाडि लाग्नु भन्दा चुनावमा उठेका उमेदवारहरुको बिशिष्ठता र बौद्धिकता तथा संस्कारयुक्त राजनीति बोक्ने वाला हुन् या प्रदूषित राजनीति च्याप्नेहरु हुन हेर्नुपर्छ।
अहिले युवालाई राजनीतिमा ल्याउने भन्दै पढ्ने उमेरका कलिला नानी बाबुलाई एकै चोटी बोझ थोपर्नु भन्दा उनीहरुलाई रचनात्मक काममा तल्लिन गराउँदै क्रमश ज़िम्मेवारी दिनुपर्छ, होईन भने राजनीतिका जटील पक्ष बारेउनीहरु अनबिज्ञ भएर त्यसको ग़लत सन्देश प्रवाह हुन्छ। अनगिन्ती राजनैतिक जटिलता भएको बेला उमेरलाई मात्रै परिवर्तनको सूचक मान्नु ग़लत हुन्छ।
राजनीतिमा निष्ठा रहेन भने नागरिक बिस्तारै रैती बन्ने क्रम बढ्छ, रंगभेद, जातिभेद र साम्प्रदायिकता बढ्छ। भनसुन, चाकडी र चाप्लुसीले ग्रस्त नेपाली राजनीतिमा सही मान्छे सही ठाउँमा नपुगेसम्म देशले आर्थिक तथाराजनैतिक समृद्दि हासिल गर्दैन । यसका लागि ईमान नबेचीकन आस्था बदल्नु आजको आवश्यकता हो ।
अबको स्थानीय चुनाव पछि स्थानिय निकायमा आउने अधिकारहरुलाई हेर्दा यो चुनावमा असल र निष्ठावान मान्छेहरु चुन्नै पर्ने देखिन्छ । ईतिहाँसमै पहिलो पटक स्थानिय निकायले पाएको अधिकार सम्पन्न पदहरुमा राम्रा ,शिक्षित र योग्य मान्छे चुन्नै पर्छ नत्र त्यता पनि जनताकै पसिनाको करको दोहन हुनेछ। त्यसैले यसपाली अहिले सम्म अवसर नपाएका,राम्रो रेकर्ड भएका, बिज्ञ, ईमान्दार र कर्मठ उमेदवारलाई जिताए मात्रै स्थानिय निकायहरुसमुन्नत बन्नेछन्न्।
आजको टड्कारो आवश्यकता भनेको सार्वजनिक बिद्यालयको गुणस्तरीय ब्यवस्थापन,सार्वजनिक सवारी र सड़कको स्तरोन्नति, उर्जाको उत्पादन र ब्यवस्थापन,स्थानिय उद्यमको सिर्जना, प्रदूषण नियन्त्रण,स्वास्थ्य सेवामासाधारण नागरिकको पहूँच,सुशासन र ज़िम्मेवार नागरिक समाज हुन्,जुन कुराहरु असम्भव छैनन्।
अहिले सम्म देशमा बिकासको फड्को नमार्नुको मूख्य कारण बिगतमा भएका चुनावमा विवेक प्रयोग नगरेर ख़राब मान्छेलाई पठाएर हो भन्ने कुरा भुल्नु हुदैन । होईन भने साझा पार्टीका अभियन्ता रविन्द्र मिश्रले भनेजस्तैराजनीतिमा पनि नयाँ र राम्रा मान्छे रोज़्नुको सट्टा ‘मेनु हेर्यो, अन्तमा मम: मगायो’ भने जस्तै गरी गर्ने हो भने पुरानै दल र नेतृत्वको भूलभुलैयामा फँस्ने छ।
राम्रा मान्छे कसरी चिन्ने?
एउटा कुरा प्रष्ट गुन्ने बेला आएको छ: अबको चुनावमा भोट माग्न हाल्दा उनीहरुको उद्यम के छ र छोरा छोरी कहाँ छन् भन्ने सोध्नु खोज्नु पर्ने बेला आएको छ, यसो गरी प्रश्न सोध्दा खोज्दा तिनीहरु मध्ये धेरैको सक्कली अनुहारहाम्रो सामू छर्लंग हुनेछ। चालीस लाख बढी लाई देशमा बिकल्प सिर्जना गरेर फर्काउने र देशलाई समृद्द बनाउने खाका ल्याएका पार्टी र निष्ठावान मान्छेहरु छान्ने बेला आएको छ, ईमान, जमान र बिद्दता भएका बिज्ञ मान्छेहरु चुन्नेबेला आएको छ, फेरि पूरानै गल्ती नगरौँ, खोट भएकालाई दल र दलले उठाएका उमेदवारलाई पहिले जस्तै भोट दिएर लोकतन्त्र जस्तो उत्कृष्ट ब्यवस्था बदनाम नगरौँ । हाम्रा हैन राम्रा रोजौँ ।
चुनाव आउन केही घन्टा मात्र बाँकी छ, त्यसैले यो समय पार्टी र उमेदवारहरुका लागि मौन समय हो तर मतदाताको लागि छातीमा हात राखेर सोच्ने र विवेक पुर्याउने समय हो। तपाईले ईमान र बिज्ञता भएका काम गर्न सक्नेउमेदवारलाई भोट हाल्नुस, उसले सके त जित्छ नै नसके पनि एउटा राम्रा र परिवर्तन चाहनेको तथ्यांक तयार हुन्छ, जसले सुदुर भविष्यको योजना बनाउन सजिलो हुन्छ।