
नबोलेको अलिक लामै समय भएछ । साथिभाई र मेरा शुभ चिन्तक हरुले देशको गञ्जागोल अवस्था र राजनैतिक दल विशेषगरी शत्ता पक्षको दिनप्रतिदिनको सहनै नसकिने कृयाकलाप देखि वाक्क भएर केही लेख्न, बोल्न बारम्बार झकझक्याउँदा समेत अटेर भएर बसेको थिएँ । बोल्न मन नभएर हैन, लेख्न मन नलागेर हैन । एउटा कारण १२ बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखेपनी बाङ्गाको बाङ्गै भएको देखेर र अर्को कारण भनेको जति कराउनु अघिपछी कराईएकै छ चुनाबको मुखमा किन दुनियाको आँखाको तारो बन्नु भनेर । धेरै सोचें, शुभ चिन्तकहरुको अनुरोधलाई नकार्न पनि सकिन । म जस्तै सबै युवा चुपो नै लागेर बसे भने त कुनै दिन देशको नामो निशानै मेटियो भने ? आफैले आफैँलाई यो नमिठो प्रश्न गरें र लेखनलाई निरन्तरता दिने निर्णय गरें ।
आलोपालो सरकार चलाउने र जे जति आउँछ बाँडीचुँडी खाने मिलिजुली सरकारको साझेदारी भर्खरै परिवर्तन भएको छ । प्रचण्डले यतिबेला सत्ताको साँचो बारम्बार असक्षम कहलिएका खुँखार खेलाडी शेर बहादुर देउबालाई सुम्पिएका छन । सरकार गठन भए लगत्तै भारतिय मिडियामा आएको समाचारका कारण सुपरहिट भएका देउवा दुई नम्बर प्रदेशको चुनाव सार्ने कुराले लगभग अर्को असमक्षमताको डीग्री हासिल गर्न सफल भएका छन भन्दा फरक नपर्ला ।
टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ । टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो। प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो। रेशम चौधरीका बुबा लालवीर चौधरीले शुक्रबार क्षतिपूर्तिबापतको १ करोड ७४ लाख रुपैयाँको चेक बुझेका हुन ।
आफू संग हतियार हुँदाहुँदै पनि माथिको आदेश नपाउँदा निरीह बनेर ज्यान जोगाउन भाग्दा भाग्दै ज्युँदै जलाएर बीभत्स तरिकाले हत्या गरिएका प्रहरीका हाम्रा ती निर्दोष दाजुभाईको मन कति रोएको होला यतियतिबेला ?? ती हाम्रा चेलिहरु, आमा, भाउजू र बुहारीहरु जसको सुनौलो भबिस्यमाथी पेट्रोल खनाईयो, जसको सिन्दुर,पोते र लाखौ सपना खोसियो। हाम्रा निर्दोष प्रहरी मात्र जलाईएन,हाम्रा भतिजा भतिजी र भाइ बहिनिहरुको भबिष्य पनी दनदनी जलाईयो ।
ईतिहासमा कहिले बिर्सिन नसकिने त्यो कहालिलाग्दो कालो दिन जुन दिन नेपालीले नेपालीलाई भाला,छुरी र खुकुरी रोप्यो । हामिले आशा गरेका थियौँ ती हत्याराले जसरी हाम्रा प्रहरी दाजुभाई मारे त्यसको बदलामा ती हत्याराहरुलाई त्यसै गरि छाला तारेर नुन खुर्सानी लगाईनेछ र ती मृत आत्माले शान्तीको श्वास फेर्ने छन भनेर । तर त्यस्तो भएन किनकी त्यो घटना कसैको मिलेनतोमा भएको रहेछ, ठुलो राजनितिक संरक्षणमा हाम्रा दाजुभाईलाई जिउदै जलाईएको रहेछ । त्यसको कास्टीङ प्रचण्डले हत्याका मुख्य दोसी मानिएका रेशम चौधरीलाई आफू प्रधानमन्त्री भएकै बेलामा ईण्डियामा भेटेर सुरु गरे । अहिले बर्तमान देशको प्रधानमन्त्री शेरबहादुर देउबाले प्रमाणित गरेर देखाईदिए ।
कस्तो सतिले सरापेको देश रहेछ हाम्रो । एउटा सरकार हैन हरेक पटक सरकार फेरिन्छ तर हरेकले देश र जनतालाई रुवाएकै छन, देश बेचेकै छन, मालिकालाई रिझाउन जनता सिध्याएकै छन । यहाँ कुकुरले पुच्छर हल्लाउने हैन पुच्छरले कुकुर हल्लाउने नियम लागू भैरहेकोछ । सरकारले सरकार चलाउदैन यहाँ कुनै दलालले र देशद्रोहिले सरकार हल्लाईदिन्छ, सरकार चलाईदिन्छ । सरकार देशमा बन्छ तर निर्देशन बाहिरबाट आउछ टिभी र रिमोर्ट जस्तो । कतिन्जेल चल्छ यो देश सिध्याउने र जनता रुवाउने सिलसिला ? हे ! युवा उठौँ, झोले कार्यकर्ता हैन देशको सपुत बनौँ र बनाउँ नयाँ नेपाल । खबरदारी गर्ने जनता नभएर हो यी सबै अत्याचार भएको दिनानुदिन सहनुपरेको । पार्टीको झण्डा फाँकिदिउं र छातिमा एक मुड्केर बजारेर जय नेपाल भन्दै बोकौ नेपालको लाल झण्डा ।
यो यमलोक हो या स्वर्गलोक हो नेपाल ? संसारकै स्वर्ग लाग्थ्यो नेपाल तर आज कस्तो बनाए यी हाम्रा प्रतिनिधि भनौदाहरुले ? यस्तालाई जिताएर पठाउने हामी उल्लु हौँ या जितेर गएपछी यिनले बेईमानी गरेका हुन या यिनको नियतमै खोट छ ? कस्तो सोच्दा हुन देशमै भबिस्य खोजेर केही गर्छु भनेर स्वदेशमै हुनेहरु अनि कसरी मन सम्हाल्दैछन ती देशको भबिष्य सुध्रेलाकी भनेर बिदेशमा पसिना बगाएर रुनेहरु ?
जहाँ न्यामुर्तीलाई महा-अभियोग लगाईन्छ र हत्यारा आरोपिलाई पुरस्कार दिईन्छ । यस्तो देशबाट हामिले के अपेक्षा गर्ने ? हाम्रो कुरा सुनिदिने कोहि छ कि मात्र उपरवाला भगवान मात्र हुन ? कहिले बन्छ यो देश ? के जस्ले जे गरेपनी छुट हो अब ? के जसको शक्ति उसैको भतिको राज्य हो अब ? के लोकतन्त्र, गणतन्त्र र जनताको शासन यहि हो ? ए सत्ता चलाउनेहरु हो तिमिहरुलाई हामिले बिस्वास गर्ने आधार के हो ? लाखौँ युवाहरुको प्रतिनिधि प्रश्न हो यो । जवाफ चाहियो । जय देश !!