मेरो तर्फबाट आईतबार बेलुकाको साझा सवालमा देसको प्रधानमन्त्री शेर बहादुर लाई प्रश्न सोध्ने मित्र सागर ढकाल लाई सलाम छ। साथै देशको प्रधानमन्त्री जस्तो ब्यक्तिले यस्तो अभिब्यक्ति दिन मिल्छ र ? मेरो प्रश्न प्रधानमन्त्री शेर बहादुर ज्यु लाई यो छ तपाईं कस्तो ब्यक्ति हो ?
एउटा बच्चाले गुच्चा खेल्दा हारेर रिसाएको जस्तै रिसाउने? तपाईं मेरो देसको प्रधानमन्त्री भनेर मलाई भन्न पनि हिजोको साझा सवाल हेरेपछि म आफैलाइ लाजमर्दो भयो । के एउटा साधारण नेपाली जनता ले देसको प्रधानमन्त्री लाई प्रश्न राख्न नपाउने होर ? शेर बहादुर ज्यु ! होइन भने तपाईंको हिजोको हर्कत कस्तो थियो भनेर सारा नेपाली जनताहरु लाई थाहै छ र साक्षि पनि छ हिजोको साझा सवाल । पत्रकार बिध्या चापागाइ दिदीले सोधेको प्रश्नको उत्तर किन थाहा भएन हजुर लाई ?
मुङ्गलिन सडकखन्डको बाटो कहिले बनिसक्छ भन्दा तपाईं लाई लाजै नभइकन मलाई थाहा छैन भन्ने? के तपाईं सत्तामा मोज मस्तिका र आफ्नै लागि मात्रै प्रधानमन्त्री बनेको हो ? यहाँ तपाईंका समर्थक हरुले पनि निकै बिरोध गरेका छन्! म मात्रै होइन यो कुरामा बिरोधि प्रधानमन्त्री ज्यु ? के यहि हो नेपाली काङ्ग्रेसको समाजवाद र प्रजातन्त्रवाद ?
के यहि हो देसको लोकतन्त्र र गणतन्त्र? बिगतमा भारतले नेपालमा ६/७ महिने नाकाबन्दी लगाउदा तपाईंको मुखबाट एक सब्द निस्कियो? तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोली ज्यु ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लाई थर्काएका थिए । किन तपाईं लाई यस्तो बुद्धि आएन ? शेर बहादुर ज्यु! तपाईंको रिस देखियो हामी ले हिजोको साझा सवालमा एउटा साधारण नेपाली जनता लाई कसरी हप्काउनुभयो भनेर । धन्न तपाईं ले कुटपिट चाहि गर्नुभएन धन्यबाद छ तपाईं लाई यसक लागि ।
छत्र लकाइ खड्का
हाल, मलेसिया, केलाङ ।