पैसा, पावर र सत्ताको दुरुपयोग गरि साटिएको मेयर पद छि ! जिते जस्तो तर हारे बराबर ।

पैसा, पावर र सत्ताको दुरुपयोग गरि साटिएको मेयर पद छि ! जिते जस्तो तर हारे बराबर ।
विचार

चितवनको भरतपुर माहानगरपालिकामा २०७४/१/३१ गते भएको पहिलो चरणको स्थानीय निकायको निर्वाचन को मत परिणाम गणना को क्रममा जेठ १४ गते राति माअोवादी केन्द्र का दुई प्रतिनिधि हरु ले मतपत्र च्यातेको कान्डले पछिल्लो समय हाम्रो देसमा विभिन्न सामाजिक सन्जालहरु साथै नेपाली मिडियाहरुमा जताततै निकै भाइरल बनेको थियो ।

यहाँ को राजनीतिक तरङ्गमा तत्काल बाँकी रहेको मत गणना नगर्न निर्वाचन आयोगले बिज्ञयप्ति निकाल्यो । यस्तै गरेर केही दिनपछि निर्वाचन आयोगले नाटकिय रुपमा छानबिनको कुरा गरेर छानबिन टोली बनाएर पठायो छानबिन टोलीको प्रतिबेदन पनि आयो । त्यसपछि निर्वाचन आयोग ले भरतपुर १९ मा पुन निर्वाचन गराउने संकेत गरायो । तर त्यहीँ बखत हाम्रो देसको गरिमामय न्यायलय सर्बोच्च अदालत मा भरतपुर को मतकान्ड बारेमामा रिट परेको थियो सर्बोच्च ले आदेश पनि दिएको थियो ।

भरतपुर १९ को मतपत्र कान्ड पछि निर्वाचन आयोग ले पुन मतदान गराउन लागेको थियो । तर सर्बोच्च को आदेशले यो पुन निर्वाचन रोकेको थियो । त्यसपछि यसको बारेमा पटकपटक सर्बोच्च उक्त रिटमा पेशि चढाउने काम भयो । केही समयपछि सर्बोच्चले भरतपुर १९ को च्यातिएको मतपत्र सर्बोच्च मा ल्याउन आदेश दिएको थियो । यहीँ आदेश बमोजिम उक्त च्यातिएको मतपत्र भरतपुर बाट काठमाडौंमा ल्याइएको थियो । त्यसपछि सर्बोच्च यसको बारेमा पटकपटक पेशि चढाउने काम हुदै सुनुवाइ अर्को हप्ताको लागि भन्दै सारे को सारै भयो ।

अन्तत केही दिनपहिले सर्बोच्च ले आदेश दियो भरतपुर १९ मा पुन निर्वाचन गराउन लाइ । यो आदेश नेपाल र नेपाली जनताका बिपरित जस्तै देखिन्थियो । सबैले यसको सिमामा रहेर खन्डन गरेका थिए । सर्बोच्च जस्तो न्यायलय लाई होच्याउने कुरा लेख्न नमिल्ने भएको कारणले यस्तै निर्वाचन आयोग ले भरतपुर मा पुन निर्वाचन को मिति तोक्यो यहीँ साउनको २० गते का लागि । यसमा पनि माअोवादी केन्द्र र नेपाली काङ्ग्रेसको तालमेल थियो । केही दिन पहिले मात्रै प्रधानमन्त्री शेर बहादुर देउवाले मुङ्गलिन नारायणगढ को सडकको निरिक्षणको नाटक गरेर त्यहाँ आएर नेपाली काङ्ग्रेस का कार्यकर्तालाई एकदमै कडा निर्देशन दिएका थिए ।

उनले आफ्ना कार्यकर्तालाई माअोवादी केन्द्र लाई भोट नहाल्ने हरुलाइ पाटीबाट निस्कासन गर्ने उर्दी समेत दिएका थिए! यसमा नेकपा एमाले का मेयर पदका उमेदवार देवि ज्ञावाली र माअोवादी केन्द्र कि प्रचण्ड पुत्रि रेणु दाहाल को कडा प्रतिस्पर्धा हुदैथ्यो! साउन २० गतेको निर्वाचन को मिति भएपनि प्रचण्ड पुत्रि रेणुले! साउन १९ गते रातभरि प्रहरी को स्कर्टिङ मा पैसा बाडेको भनेर सुन्नमा आयो! तर भरतपुर १९ का जनता हरुले आज पनि किन बिर्सेका हुन? बिगतमा चितवनको बाँदरमुढे को घटनालाइ! यस्ता जनतालाई भेडा भन्दा कुनै आपत्ती होला के?

पैसाको बिट्टोमा बिक्नेहरु सबै कुकुर हुन र पैसा बाड्ने र भोट किन्ने अझ गल्ती को भुस्या कुकुर भन्दा गएको हो । आज मेरो देसमा पैसा, पावर, मतपत्र च्यात्ने र सत्ताको दुरुपयोग मा जितिएको भरतपुर मेयर को पद हो यो देसमा कहिले होलान् जनता हरुले बुझ्ने?

उहीँ नेपाल आमाको छोरा
छत्र लकाइ खड्का मलेसिया बाट!

Post Comment