छत्र लकाई खड्का, मलेसिया ।
मिती २०७४/४/२७ गते शुक्रवार नेपालको राजधानी काठमाडौंमा! भारतिय बिदेश मन्त्री सुस्मा स्वराज नेपाल भ्रमण को क्रममा नेपालका सम्पुर्ण दलका नेताहरू लाई भारतिय राजदुतावास लैनचौर मा पाटी दिनलाई तयारीमा थिइन! कतिपय दलका नेताहरू को एकदमै घुँइचो लागेको थियो!शुक्रवार रातिको भारतिय राजदुतावास को पाटिमा यस्तै त्यहीँ पाटिको निम्तो लाई बहिष्कार गर्दै पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा अोली ज्यु ले त्यो पाटीमा उपस्थित हुनुभएन ।
पाटी एकदमै रमझमका साथमा चलिरहेको थियो!पुर्व प्रधानमन्त्री तथा नेकपा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड को सोही पाटीमा भारतिय बिदेश मन्त्री सुस्मा स्वराज सँग लिएको तस्बिर अहिले सामाजिक सन्जालमा भाइरल हुदैछ हुन त यहाँ खासै नराम्रो हिसाबले तस्बिर लाई लिनुपर्ने अबस्था देखिन्न । प्रधानमन्त्री शेर बहादुर देउवा को पनि एकदमै उत्साहजनक सहभागीता थियो यो पाटीमा यस्तै तराईका मधेसबादी दलका नेताहरू पनि यस्तै उत्साहजनक रुपमा सहभागीता भएका थिए । पाटी निकै रमाइलो का साथमा सकिएको थियो प्रधानमन्त्री शेर बहादुर देउवा साथै सबै दलका नेताहरू को फिर्ति सवारी भइसकेको थियो!यस्तै बिस्तारै बिस्तारै रात छिप्पिदै थियो । पुर्वि तराईका जिल्लाहरु मा लगातार तीनदिन देखिन को मुसलधारे बर्षाका कारण तराईका सुनसरीको इटहरी उपमहानगरपालिका अधिकांश क्षेत्रमा स्थानीय बासिन्दा हरुका घरघरमा पानी ले ठुलो क्षति पुर्याएको छ । बुढि खोलाको बाढीले गैरी गाउँका कतिपय घरहरु बगाएको छ।
केही स्थानीय बासिन्दा हरु लाई बगाएको छ!केही को मृत्यु भएको छ । मोरङको सुन्दर-हरैचा नगरपालिका को बलिया मा रहेको बृद्धाआश्रम लाई क्षति पुर्याएको ३ जना बृद्धा हरुलाइ बाढीले बगाएको छ गछिया खोला को पुर्व पश्चिम राजमार्गको पुललाइ पनि बाढीले तिब्र रुपमा कटान गरिरहेको झापाको दमक नगरपालिकाबाढीले डुबानमा परेको छ,सतासी धाम नगरपालिका कन्काइ खोलाको बाढीले बिभिन्न ठाँउमा तिब्र रुपमा कटान गरिरहेको छ। केही भागमा मोरङकै बिराटनगर माहानगरपालिका पनि सम्पूर्ण क्षेत्रमा बाढीले स्थानीय बासिन्दा हरुको घरघरमा क्षति पुर्याएको छ । त्यहाँ रहेको बिराटनगर विमान स्थलमा करिबकरिब ३/४ फिट पानि जमेको छ । भनेदेखिन विमान स्थलमा रहेको काउन्टरमा हिड्ने अबस्था पनि देखिन्न! यस्तै सप्तरी जिल्लामा पनि अधिकांश क्षेत्रमा बाढीले डुबान भएको छ! स्थानीय बासिन्दा हरुको अहिले एकदमै दुख छ । सिराहा, धनुषा, महोतरी, रौतहट , चितवन साथै बर्दिया जिल्लामा कर्णाली नदिको बाढीले एकदमै क्षति पुर्याएको छ! स्थानीय बासिन्दा हरुको घरमा पानी पसेका कारणले स्थानीय बासिन्दा हरुको जनजिवन एकदमै कष्टकर हुदैछ! लगायतका जिल्लामा बाढीले डुबान गरेर स्थानीय बासिन्दा हरुको एकदमै बिजोग बनाएको छ!२७ गते शुक्रवार रातिको बाढीले घर बगाउँदा सिन्धुली मा ४ जनाको मृत्युु भएको छ । यस्तो बाढीले क्षति पुर्याएको छ।
तर नेपाल सरकारले राप्ती को कर्णाली नदिका र कोसी को सप्तकोसी नदिका ढोकाहरु खोल्नलाइ भारतको मुख हेरेरमात्र बसेको छ! यहीँ छ हामी नेपाली जनताहरु को बिडम्बना कठैं मेरो देसको सरकार यतातिर नेपाली जनताको यस्तो हालत छ २०६५ सालको जस्तै सप्तकोसी नदि पुन फुटेमा के होला? ए सरकार कमसेकम भारत सरकार लाइ आफ्नो देसका नदिहरु को चाबि मागेर बाढीबाट नेपाली जनताहरु लाई बचाउने काम त गर?
उही देसभक्ति छोरो छत्र लकाइ खड्का हाल, मलेसिया बाट!