केहि समय पहिले – एनआरएन अमेरिकाको सदस्यता कस्ले र किन लिने ? लेख्दा – ‘मत हाल्न का लागि मात्रै सदस्यता हो है’ भन्ने निश्कर्षमा पुगेका थियौं । अव आफ्नो मतको उपयोग कसरी गर्ने भन्ने चर्चा गरौं ।
यो धारणा सँग कसैको धारणा मिल्नु पर्छ भन्ने छैन । यो नितान्त लेखकको धारणा हो ।
यो लेख कसैको पक्षमा लेखिएको छैन र कसैको प्रचार गर्नका लागि लेखिएको होइन । यहाँ भनिन लागेका केहि कुराहरुले आफुले कसलाई भोट हाल्न लागेको भन्ने थाहा होस भन्ने चाहान हो । यहाँ भएका कुनै बुँदाले कसैलाई फाइदा गर्दा आर्को बुँदाले फेरी मेरो बिरुद्व लेख्यो भन्ने भान हुन सक्छ र यो भान बाहेको अरु केहि पनि होइन भनेर बुज्दा बेश हुन्छ ।
सुरु गरौं – बोर्ड अफ डिरेक्टर पद बाट:
यस पदका लागि जम्मा ११ जना बिजय हुन सक्छन भने मैदान मा करिब ३ गुना उम्मेद्वार छन। मैले पहिलो लेख मा भने जस्तो – अब ‘राम्रालाई होइन हाम्रालाई’ भोट हाल्ने बेला आएको छ र ‘हाम्रा जती राम्रा’ भन्ने प्रमाणित गर्ने समय पनि यही हो ।
कसैले आफ्नो सामाजिक सन्जाल का भित्ताहरुमा ‘हाम्रालाई होइन राम्रालाई भोट दिउ’ भन्ने भेट्नु भयो भने बुज्ने एउटै कुरा हो – उस्ले आफ्ना लाई राम्रो भन्यो ।
यो सगै अर्को कुरा ल हामी राम्रा लाई मात्रै भोट हालौला रे: कोही छ जस्ले ति ३४ जना मध्य यि यि ११ जना मात्रै राम्रा हुन भन्न सकोस ? उफ्फ्फ्फ्फ्फ्फ को कति को पानिमा छन भन्ने कुरा थाहा पाउन गाह्रो छैन ।
निम्न उपाए अपनाउदा – केहि भए पनि बोर्ड अफ डिरेक्टर पदको आफ्नो भोट सदुपयोग हुन सक्छ
१) तपाईको नातेदार हुनुहुन्छ र नातेदार बाहेको अरु १० जना जो आए पनि केहि फरक पर्दैन भन्ने छ भने – आफ्ना तेही एक जना नातेदार बाहेको अरु कसैलाई भोट नहाल्नुस । झन बोर्ड अफ डिरेक्टर पदका उम्मेद्वारलाई त दिन पर्ने सुझाब नै होईन किनकी – उनिहरु आफुहरु हारी हारी आर्कोलाई त जिताउदैनन होला ।
उदाहरण – ‘A’ भन्ने उम्मेद्वार र ‘B’ भन्ने उम्मेद्वार मध्य – ‘B’ मेरो भतिज र ‘A’ मेरो साथीले सुझाब गरेको उम्मेद्वार – मेरो परिवार मा ३ भोट रहेछ र मैले दुबैलाई भोट हाले नतिजा आउँदा मेरो भतिज ‘B’ – ‘A’ सँग १ भोट ले हार्यो – यस्को मतलब – मैले नै मेरो भतिजलाई हराए किन भने मैले ‘A’ लाई आफ्नो घर को ३ भोट दिएको थिए ।
२) एक भन्दा बडी उम्मेद्वारलाई भोट हाल्नु पर्ने छ भन्ने सकेसम्म कम बोर्ड अफ डिरेक्टरलाई भोट हाल्नु नै आफ्ना उम्मेद्वारको विजय लाई नजिक बनाउनु हो ।
३) आफ्ना कोही पनि छैन र जस्लाई पनि भोट हाल्नलाई तयार हुनुहुन्छ भने सकेसम्म तिनीहरुलाई रोज्नुस जस्ले टिके प्रथा बिरोध गर्दै उम्मेद्वार दिएका छन।४) झुक्किएर पनि तिनीहरुलाई भोट नहाल्नुस जो हाम्रै समाजका प्रभाशाली व्यक्तीहरु जोसँग आफैमा क्षमता हुँदा हुँदै पनि माथीको आशिर्वाद खोज्दै कुनै एक समुहमा आफुलाई पार्दै चुनाब लड्दैछन । यस्ता प्रभाशाली व्यक्तीहरुको नाम उल्लेख गर्दा उहाहरुको भन्दा पनि उल्लेख गर्ने को बेज्जत हुने हुनाले नाम उल्लेख गर्न चाहिन र अर्को पटक समाजमा आफ्नो छुटै पहिचान बनाइ सकेका व्यक्तिहरुबाट कुनै राजनीतिक पार्टिको छाता मुनी बसेर यसरी चुनाबमा होमिएको सुन्न नपरोस । मतदातासँग भएको भोटले यही बर्ष नै सन्देश दिन सक्ने अवस्था अझै छ ।
मुख्य पदमा आइपुग्दा प्रष्ट रुपमा यो एनआरएनको चुनाब नभएर जन सम्पर्क समितीको चुनाबमा परिणत भएको छ । यो सगै अध्यक्षका उम्मेद्वारहरु कटपुतली भएका छन । यस अवस्थामा मतदाताले चारै जना उम्मेद्वारहरुको बारेमा जानेर आफ्नो मत कस्लाई दिदा आफ्नो अध्यक्ष कठ पुतली रहदैन बिचार गर्नु पर्ने छ ।जसरि १५-१७ मा अध्यक्षलाई कठपुतलिको रुपमा राख्न सफल भए तेसै गरी फेरी पनि त्यो कुरा उनि वा अरु उम्मेद्वारसँग दोहोरिन्छ कि दोहोरिदैन आजै भविश्यबाणी गर्न नसकिने भएता पनि मतदाताले उनिहरुको २ बर्ष को सामाजिक सन्जाल गतिबिधी हेरेर उनिहरुको सोच थाहा पाउन गाह्रो हुने छैन ।
अध्यक्ष तथा अन्य मुख्य पदमा(आइसिसि सहित) मतदान गर्नु पुर्ब केहि गृहकार्य गर्दा मत उपयोग हुन सक्छ ।
– सामजिक सन्जालमा उम्मेद्वार खोज्नुहोस र उनिहरुको २ बर्षको कृयाकलाप हेर्नुहोस ।
– उपाध्यक्षहरुका लागि आफ्नो क्षेत्रको उम्मेद्वारलाई मात्र भोट हल्दा राम्रो किनकी एक क्षेत्रको मतदाताले अर्को क्षेत्रको उपाध्यक्षको उम्मेद्वारलाई भोट हाले पनि त्यो बिजय भोटको लागि गनिदैन । त्यसैले आफ्नो क्षेत्रको उपाध्यक्षको उम्मेद्वार चिनेर भोट हाल्न उचित लागे हाल्न सकिन्छ ।
– मध्य सप्ताह मा मतदान हुने भएकाले समय मिलाउने पर्ने छ । बुधवार र विहिवार परेकाले भोट हाल्न काम समयमै समेको राम्रो ।
– यस पटक अनलाईने मतदान मात्रै राखिएकाले – मतदान कसरी गर्ने भन्ने थाहा पाउन हजुरी हुन्छ । यस्का लागी – USNEPAL NEWS ले डेमो भिडियो तयार पारेको छ । जस्ले केहि सजिलो बनाउने छ ।
मौन समय सुरु भैसकेको अवस्था यो जानकारी मुलक लेखरुप तयार परिएको हो ।