छत्र लकाई खड्का
बामपंथी एकता सधैंका लागि हो या मात्रै ४०% को स्वार्थमा एमालेको रास्ट्रबादलाई समाप्त पार्ने षड्यन्त्र हो? बिगत केही दिन पहिले काठमाडौंमा भब्यरुपमा पत्रकार सम्मेलन गरेर बामपंथी एकता साथै चुनावि तालमेल को घोषणा भयो। यो नेपाली कम्युनिस्टको इतिहासमै सायद पहिलोपटक थियो।
नेकपा एमाले, माअोवादी केन्द्र र नयाँ सक्ति नेपाल गरेर बामपंथी एकताको कुरा साथै चुनावि तालमेल को घोषणा भयो।त्यसको २/३ दिन पछि बामपंथी एकतामा आएका नयाँ शक्ति नेपाल का संयोजक डाक्टर बाबुराम भट्टराइले। विभिन्न नेपाली मिडियामा खुलेर काङ्ग्रेसको बिरोध पनि गर्न भ्याए। उनले भने यो देसबाट नेपाली काङ्ग्रेसको जरा उखेलेर फ्याक्नुपर्छ तब मात्रै यो देस सम्बृदी र बिकसित हुनेछ।उनको भनाइ यहीँ थियो तर उनको यो भनाइ मात्रै ५/६ दिनभित्र सिधै उल्टो साबित भयो।नभन्दै चुनाबि तालमेल मा उनलाई भनेको जति सिट नदिने भएपछि। उनी बामपंथी एकताको मुख्य घटक एमालेलाई छाडेर आफ्नो बाटो लागे। त्यसपछि २/४ दिनभित्रैमा उनी नेपाली काङ्ग्रेसको सरणमा वर्तमान प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पाटी सभापति शेर बहादुर देउवालाई भेट्न बालुवाटारमा पुगे।यस्तै यस्तै गरेर उनी पछिल्लो दिनमा नेपाली काङ्ग्रेस सँग चुनाबि तालमेल मा छन्।
हालैको उमेदवार मनोनयनमा उनलेे गोरखा क्षेत्रनम्बर २ बाट काङ्ग्रेसको तालमेलमा नेपाली काङ्ग्रेसको चुनाब चिन्ह रुखमा चुनाब लड्दैछन्।यस्तै उनलाई कडा टक्कर दिदैछन् बामपंथी तालमेलका माअोवादी केन्द्रका सक्तिसालि नेता नारायण काजि ले।हेरौं यहाँ अहिलेसम्म को आकडामा त बामपंथी तालमेलका नारायण काजि को जित सुनिश्चित देखिन्छ।बाँकी कुरामा त हामीले यहीँ मङ्सिर १० गतेको निर्वाचनलाई कुर्नुपर्छ।अब यतातिर ३२ जिल्लामा चुनाबि तालमेल सहित निर्वाचनमा हुमिएको नेकपा एमाले र माअोवादी केन्द्र को पनि सबैतिर काङ्ग्रेसको तालमेल लाई कडा टक्कर दिने देखिन्छ।यो सबै निर्णय त पक्कै पनि नेपाली जनताका हातमा छ।अब अर्को कुरा नेकपा एमाले र माअोवादी केन्द्र को चुनाबि तालमेल साथै पाटि एकताको कुरामा एकदमै ठुलो संङ्खा उत्पन्न देखिन्छ।पछिल्लो समयमा चुनाबि टिकटको बाडफाडमा केही चिसोपन देखिन्छ भित्रिरुपमा आशा गरौँ यस्तो चिसोपन तुरुन्तै हटेर सम्बन्धमा राम्रो आयाम आअोस्।यी पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बामपंथी तालमेलको सर्बाधिक बहुमत पनि आएको सबैलाई हेर्ने रहर छ।
हुन त यो बामपंथी तालमेल देखेर नेपाली काङ्ग्रेसको हंङ्गशले ठाँऊ छोडेको देखिन्छ। पछिल्लो समयमा नेपाली काङ्ग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले सार्वजनिक रुपमा भनेका छन् यो देसमा कम्युनिस्टको शासन आयोभने यो देसमा जनतालाई बाच्न एकदमै गाह्राे हुन्छ। यो उनको बामपंथी एकता देखेर आतिएको मानसिकताको उपज मात्रै भन्नुपर्छ।अब कुरा रहयो बामपंथी तालमेल ६०%र ४०%को भागबन्डा मा ठुलो संखा निर्वाचन को परिणाम आइसकेपछि कतै माअोवादी केन्द्रले यो तालमेल साथै एकता लाई गलत्याउने त होइन?यहाँ ठुलो संखा उत्पन्न भएको छ सम्पूर्ण एमाले जनहरुमा। साथै यो बामपंथी तालमेल र एकताको कुरा कतैबाट त ग्राइन डिजाइनमा चलेको छैन?
म जस्तै लाखौं एमाले का कार्यकर्तालाई आजको चिन्ताको बिषयमा यो छ।यदि बामपंथी तालमेल र एकता सत्य साबित भइदिएमा। यसपटकको बामपंथी हरुको बहुमतबाट यो देसमा पुन एकपटक। नेकपा एमाले का श्रदेय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा अोली को नेतृत्वमा यो देसमा ५ बर्षे कम्युनिस्टको सरकार अबस्य पनि आउने छ।मात्रै संखा देखिन्छ प्रचण्डले पटकपटक उनको बोली फेर्ने गरेका छन्।यहीँ संखाले गर्दा आज मलाई भन्न मन लाग्यो सायद भोलि यस्तो त हुदैन यो बामपंथी तालमेल र एकता? प्रचण्डले निर्वाचन पछि आफ्नो ४०%भागको सिट लिएर नेपाली काङ्ग्रेस को टाङ्गमुनि लम्पसार परेर। उता नेपाली काङ्ग्रेसको सिट र उता माअोवादी केन्द्रको सिटको हिसाब गरेर कतै बिगतको रास्ट्रघाति संविधान संशोधन बिधेयक लाई बहुमतबाट पारित त गर्ने होइनन्? त्यसलाई पनि हामीले राम्रोसँग मनन गर्नुपर्नेछ आखिर नेपाली काङ्ग्रेसको नियति भनेको देसलाइ लिलाम गर्नु जस्तै न हो । उसको सबै आदेश उपदेश हरु दिल्लीका मालिकले पठाएका हुन्छन्यो ।
देसमा सबैभन्दा बढी साशक बनेर देसलाइ हाक्ने सबैभन्दा पुरानो र बिगतको पहिलो पाटी नेपाली काङ्ग्रेस नै त हो। आखिर यसले नेपाली जनता का हितमा के के राम्रो काम गरेको छ?अहिले को पछिल्लो तथ्यांकअनुसार तराईका विभिन्न जिल्लाबाट विभिन्न पाटि परित्याग गरेर एमालेमा प्रवेश गर्ने क्रमको लर्को नै देखिन्छ आखिर किन?एमाले को नीति नियम आफ्नो गाउँ आफै बनाउने त्यो बिगतको कार्यक्रम यिनै बिबिध बिषयलाई मुल्यांकन गरेर नै त हो।देसको बिकास को योजनाहरु ल्याउने नेपाली जनताहरु लाई सम्बृदि बनाउने। सबैलाई शिक्षा सबैलाई स्वास्थ्य यिनै हुन एमाले का मुल नारा।आशा गरौँ सबैले यो बामपंथी चुनाबि तालमेल र एकता सफलताको शिखरमा पुगोस्।माअोवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले ले पनि भोलिका दिनमा बाटो बिराएर नहिडुन्। नेकपा एमाले का श्रदेय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा अोली को रास्ट्रवाद को सपनाहरू साकार हुन्।यसैमा नेपाली जनताहरु को भलाई हुनेछ जय बामपंथी तालमेल जय बामपंथी एकता जिन्दावाद ।
(छत्र खड्का नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मन्च मलेसियामा क्वालालम्पुर
केयल राज्य कमिटी कोषाध्यक्ष हुन ।)
#यो लेखकको निजि बिचार हो -USNEPALNEWS