गैर आवासीय नेपाली संघको चुनाव ठूलो उत्साहका साथ काठमाण्डौंमा सम्पन्न भएको छ । यो अधिवेशनसंगै सुरु भएको स्वतन्त्र लोकतान्त्रिक अभ्यास विविध मुद्दामा वहस अनि गैर आवासीय नेपालीहरुको देशप्रति केहि गर्ने चाह सहित नेतृत्वको रस्साकस्सीले उत्साहित बन्दै गएको छ ।
वर्षेनी बढ्ने क्रममा रहेका विश्वभरका करिब १०० मुलुकमा छरिएर रहेका करिब ५० हजार नेपालीको साझा थलोको रुपमा रहेको यस संस्थाप्रति बढ्दो आकांक्षा जति बढि विदेशमा बसोबास गर्ने नेपालीहरुको छ, त्यो भन्दा बढि आकांक्षा नेपालमा पनि राख्ने गरिएको पाइन्छ ।
प्रवासमा बस्ने नेपालीहरुको हकहितको रक्षा गर्ने साझा थलो महसुस गरी सन् २००३ मा स्थापना भएको संस्थाले सबै भन्दा चर्को रुपमा धनीहरुको मात्र नाम र सानको खेती गर्ने संस्था भएको आरोप खेप्ने गरेको छ । सामाजिक काम गर्ने एउटा कल्याणकारी संस्थाको रुपमा स्थापित यस संस्थाका अग्रजहरुले आफ्ना निजी लगानी र स्वार्थको लागि संस्थाको गरिमालाई प्रयोग गर्ने गरेको आरोप लगाउनेहरु पनि छन् । संस्थाका संस्थापक उपेन्द्र महतोले अधिबेशनसंगै समुदघाटन गरेको मेडिसिटी अस्पताललाई अन्य संस्थाका पदाधिकारीहरुले संस्थाकै प्रोजेक्टको नाम बेचेर व्यक्तिगत स्वार्थ पूर्ति गर्न खोजेको आरोप खेपे । विदेशमा पलायन हुने पंूजीलाई स्वदेशमा रोकेर नेपालमा लगानी प्रवर्तन गर्नु सराहनीय कदमको रुपमा हेर्नेहरु पनि छन् ।
चुनाव जित्न भट्ट समूह र घले समूह दुबैले करोडौं आर्थिक चलखेल गरेको पनि समाचार बजारमा सुन्न पाइयो । कतिपयले त एकै समूहले दुवै पक्षलाई सुनिञ्चित सहयोग गर्ने भन्दै मान्छे गन्ती गरेर पैसा असुलेका हल्ला देखि दुवै समूहलाई उचालेर चुनावमा भिडाई फाइदा लिन लालायित समूहले खेल खेलेका पनि सुन्न पाइयो ।
हाम्रो सामाजिक परिवेश अनि हाम्रो देशमा हुर्किएको राजनीतिक संस्कार राष्ट्रिय चेतनाको स्तर समग्र चरित्रबाट हामी अछुत रहने कुरै भएन । ति समग्र झिना मसिना आरोप र प्रत्यारोपका नकारात्मक टिप्पणी छोडेर समग्रमा निर्वाचनताका भएको प्रतिष्पर्धा, तुस र वैमनस्यता त्यागेर अबको नेतृत्वले समग्रमा निम्न विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।
चुनाव जितेपछिका विभिन्न अन्तर्वार्ताहरुमा भट्टले प्रतिष्पर्धीप्रति देखाएको सम्मान अनि संस्थामाथि लगाइएका आरोपहरु र पैसा खुवाइएका हल्ला सत्य नभएको बताउंदै संस्थाको ग रिमालाई रक्षा गर्दै कुशल नेतृत्व दिने झल्को प्रदर्शन गरेका छन् ।अघिल्ला अध्यक्ष शेष घलेको कार्यकालमा शुरु भएको भिजन २०,२० र लाप्राक वस्ती निर्माणलाई व्यापक निरन्तरता दिने वचनले पक्कै चुनावपछि सबैलाई एक ढिक्का भएर अघि बढ्ने वातावरण बनेको छ ।
खासमा लाप्राक वस्ती निर्माण, भूकम्पमा सहयोग, गैर नेपाली संघको भवन निर्माण, देशमा नाकाबन्दीका बेला देखाइएको तत्परता वास्तवमा नै उल्लेखनीय छन् । यी सम्पूर्ण कार्यको सफल नेतृत्व गर्नु हुने शेष घलेको योगदान स्वर्ण अक्षरले लेखिने छ । यो श्रेय आफूले मात्र लिने वा दावी गर्ने भन्दा सम्पूर्ण टिमलाई दिने ठूलो ह्दय शेष घलेले देखाउन सके गरिमा अझ बढ्ने देखिन्छ । पक्कै पनि आज उनको विदाइमा जुन दुःख र भावपूर्ण हुनुपर्ने थियो त्यो नहुनुमा उनीबाट भएका सामान्य कमीकमजोरीहरु उनले महसुस गरेर सुधार्न सके उनको गरिमा र उचाईंमा पुग्न अन्य व्यक्तिलाई सजिलो हुने छैन् ।
गैर आवासीय नेपाली संघलाई दर्ता गर्ने, नागरिकताको हक देखि मार्गदर्शक सिद्धान्त भिजन २०, २० लाई अघि बढाउन उनको तत्परता, खटाई अनि गैर आवासीय नेपाली संघ सेवा गर्ने कल्याणकारी संस्था हो भन्ने गतिलो आभास दिने काम शेष घलेले गरेका हुन् भनेर भन्न कसैले जिब्रो चपाई राख्नु पर्दैन । उनी भन्दा अघिका अध्यक्षहरुले जग सम्म हाल्ने काम गरे तर उल्लेख्य काम र प्रगति देखिएको थिएन । तर, घलेलाई समयले गैर आवासीय नेपाली संघरुपी घरको संरचना बनाउने र यसको गरिमा बढाउने काम दिएको थियो, त्यो घलेले इमान्दार साथ निभाए ।
उनलाई लगाइएका आक्षेपमा अन्तिम समयमा आएर गलत सल्लाहमा श्रीमती जमुना घलेको उम्मेदवारी ल्याउनु र जनजातिको नाम दिएर केहि चुनावलाई प्रभाव पार्न कोसिस गरिएका भनिएका आरोपहरु मुख्य रुपमा छन् भने अर्कोतिर लोकतान्त्रिक पद्धति मार्फत सहज रुपमा नेतृत्व च्यालेन्ज गर्नु एक सक्षम महिलाको नाताले जमुना घलेको आफ्नो अधिकारसंग शेष घलेको व्यक्तित्वलाई मिसाइदिएर गलत आरोप लगाइनु न्याय संगत नहुने तर्क पनि छ । भवन भट्टले जमुना घलेले आफूलाई नेतृत्व च्यालेन्ज गरिदिएर खरो उत्रिन सहयोग गरेकोमा र घलेले परिक्षा लिएर नेतृत्व दिनु भएको भन्ने अभिव्यक्ति सकारात्मक छ ।
तारे होटलमा महिनौं चुनावी पर्व सिर्जना गर्नुको सट्टा कर्णाली वा कुनै बिकट गाउं वा पर्यटकीय क्षेत्रमा गएर अधिवेशन गर्न सकेको भए त्यो ठाउंको प्रवर्धन हुने र त्यहांको अर्थतन्त्रले टेवा पाउने थियो र खर्च भएको त्यो ठूलो धनरासीको केहि हिस्सा गरिव र अविकसितहरुको हिस्सामा पनि पर्ने थियो ।
वश्यक रुपमा पैसाको खोलो बगाएको देखेर कतिपय आलोचकहरुले गैर आवासीय नेपाली संघको नाममा कालो धन कमाएकाहरुले मात्र त्यसरी खर्च गर्ने औकात र हिम्मत राख्ने बताएका छन् । मेहनत गरेको सम्पति गरिब दुःखीको सेवामा वा मितव्ययीतामा खर्च नहुनुले त्यसकै झल्को दिएको र त्यसरी खर्च गरेर हत्याइएको नेतृत्वले समाजसेवा र राम्रो भावले काम गर्नेमा शंका गर्नुपर्ने बताउनेहरु पनि छन् ।
अदृश्य रुपमा पार्टीका रंग अनुसार डेलिगेट्सहरुको टाउका गन्दै पार्टीका नेता पिच्छे पैसा पेल्ने, एक व्यक्ति मात्र हावी हुन रोक्ने संस्कारको अन्त्य गर्न यसका डेलिगेट्सहरुको सम्मानित भूमिका स्थापित गर्ने र सामूहिक नेतृत्वको विकास गर्न जरुरी देखिएको छ ।खाडीबाट देशमा प्रत्यक्ष रेमिट्ेन्स पठाएर योगदान गर्ने हरियो पासपोर्ट धारी र अन्य विकसित देशको रातो पासपोर्टधारी गैर आवासीयहरुमा हुने भेदभावका प्रश्न उतिकै उठेका छन् ।
गैर आवासीय नेपाली संघले अहिलेसम्म गर्व गर्न लायक एक उल्लेख्य कामको उदाहरण दिन यसका नेतालाई हालका दिन सम्म पक्कै सहज छैन् । छरपस्ट रुपमा धेरै काम भएको भएपनि अबका दिनमा उल्लेख्य असर देखिने मेगा प्रोजेक्टको विकास गरेर काम गर्न सके सम्मेलन ताका भएका आकासको तारा खसाउने कुराले लाज छोप्ने देखिन्छ । हाल सम्म गैर आवासीय नेपाली संघलाई विदेशी नेपालीहरुको गफाडी संघ भनेर लगाइने अर्को आरोप चिर्न पनि त्यो आवश्यक देखिन्छ ।
नयां कर्यसमितिले कार्यकालको शपथ खांदै गर्दा, नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्ने वचन आउंदै गर्दा विदेशका नेपालीहरुका हकहित र सबैले गर्व गर्न लायक संस्था बनाउन कस्तो योजना हुने बारे खास बोलेको सुनिएन । नयां अध्यक्ष ज्यूले शिक्षा र पर्यटनमा केहि गर्ने तर लगानीका लागी विदेशीले देशको पूर्वाधारमा खोट देखाउने गरेको बताउंदा र महत्वकांक्षी लगानी आस नगर्न संकेत दिदै सामूहिक लगानीको प्रोजेक्ट ल्याउने कुरा केहि बाझिएका छन् ।
मुलुकमा पैसा मात्र होइन ब्यवस्थापन, सृजनशिलता र उद्यमसिलता समस्या छ । त्यसलाई पूर्ति गर्न विदेशका नेपालीको सिप र ज्ञान अनि स्वयंसेवा गर्न तयार विद्यार्थीहरुलाई किन अवमुल्यन ?
श्रबिदेशिने अदक्ष जनशक्तिलाई दक्ष बनाइ नेपालमा रोजगार सिर्जना गर्न सहकारी भावनामा आधारित वा सेयर्ड इकोनोमीमा आधारित प्रोजेक्ट सञ्चालन किन नगर्ने रु पहाडका बाटामा थोत्रा मापदण्ड विपरित गाडीले वार्षिक हजारौंं यात्रुको ज्यान लिइरहेका छन् । एकतर्फ मापदण्डको लागि टेवा पुरयाउने, अर्कोतिर यातायातको पूर्वाधार र व्यवस्थापनको व्यापारमा राम्रो अवसर छ । यसमा पनि ध्यान दिने कि
मेडिसिटी अस्पतालहरु बन्ने र गैर आवासीय नाम भजाएर व्यक्तिगत प्रोजेक्ट रातारात सम्पन्न हुंदै गर्दा काठमाण्डौं, चितवनतिर खोल्ने भनिएका पांचतारे होटलहरु द्रुत गतिमा हुंदै गर्दा धुर्मुस सुन्तलीले ३ चरणका वस्ती सम्पन्न गरे तर लाप्राकमा ३ वर्षदेखि काम कछुवाको गतिमा रहिरहेको छ । कामको श्रेय लिन मिडियाबाजी र नेतृत्वको प्रतिष्पर्धामा जनताले शंका भने गर्न थालिसकेको अवस्था छ ।
अग्रजहरुको योगदानको सम्मान गर्नु, वर्तमान विकृतिलाई चिरेर नयां कामको सुरुवात गर्नु नयां नेतृत्वको दायित्व छ । गलत व्यक्तिहरुबाट परिचालित हुनसक्ने वा संस्थाको नाम नै दुरुपयोग हुने अवस्थाबाट जोगिने चुनौतीसंगै तमाम विकृति संशयहरुलाई चिर्दै संस्थाको गरिमा उंचो राखेर आवासीय तथा गैर आवासीय सबै नेपालीका आकांक्षा पुरा गर्ने जिम्मा वर्तमान कार्यसमितिको रहेको छ ।