सुनिल मस्त निन्द्रामा सुति रहेको थियो अचनाक फोन को रिङ्ग टोनले उसलाई झस्कायो , नेपाल बाट पो हो की एति बिहानै ? निन्द्रैमा फोन उठाएर बोल्छ, “हल्लो को हो ?”
“हल्लो मित्र मेरो इमेल पायौ ? अह हेरेको छुइन राति अबेर कामबाट आएर सुतेको अहिले अछ्यानमै छु।”
के छ भन न हेर्ने पर्दैन नि तिमीले भने पछि, उताबाट फोनमा आग्रह गर्छ , होइन हेरन फोटो पनि छ, ल भरे फोन गर्छु ल अरु साथि हरुलाई पनि फोन गर्नु छ भन्दै अचनाक फोन कट हुन्छ। सुनिल फेरि सिरकले मुख छोप्दै घोप्टो परेर निधाउछ। ननिधावोस पनि किन र हिज कमसेकम एक्काइस घण्टा ट्याक्सी हाकेर बल्ल सुत्न पाएको छ। साथीको पनि सिफ्ट ट्याक्सी हाकेर।
केहि बेर पछि फेरि फोनको घन्टी बच्छ र उसलाई ब्युझाउछ, हेर्छ उसैको फोन रहेछ रिसले चुर भएर फत फताउछ – काम छैन फोन मात्रै गर्छ , फोनलाई साइलेन्स मोडमा राखेर फेरि सुत्छ। त्यस पच्छी कत्ति फोन आयो उसलाई केहि पत्तै हुदैन। जस्तो सुकै जरुरि किन नहोस फोन नउठाउने निदो गरेरै फोन साइलेन्स्मा राखेर सुत्छ।
तर उसको निन्द्रा भने भागि सकेको हुन्छ र ओछ्यानमै कोल्टे फेर्दै के के सोच्न थाल्छ। यो गुगलको इनपुटले पनि गर्नु गर्यो, हिजो सम्म दुइ लाइन नेपालीमा लेख्नु पर्यो भने नेपालमा फोन गरेर साथीहरु र आफन्तलाइ गुहारेर वा मलाइ कर गरेर एसो नेपालीमा यो लेखि देउन जरुरी छ भन्ने बिन्ति गर्थ्यो , अहिले सरर नेपालीमै आफ्नै कम्प्युटर मार्फत लेख्न सिकेको छ, लेख्न पनि किन न सिकोस कत्ति सजिलो र सरल छ यो गूगल इन्पुट , हुनत उ मात्र होइन हिज आज यो इमेल र फेस बुकको कारणले त सबैनै नेपालीमा लेख्न जान्ने भएका छन। अहिले त दुई चार लाइन नेपाली लेख्न जान्ने सबै पत्रकार र सम्बाददाता बनेका छन्, आफ्नै खबर आफै बनाउने र भएभरको अनलाइन साइटमा पठाएर प्रकाशित गर्न कर लाउने। उनीहरुलाई पनि सित्तैमा समाचार चाहिएको छ, यो कत्तिको सहि हो वा होइन कसैलाई मतलब छैन। दुइ चार जना मिलेर एसो कुनै चाड पर्वको नाममा रमाइलो गर्यो कि समाचार बन्यो। झन् अहिले त कुनै बेसिक स्किल बिनानै रोमन र नेपालीमा लेख्न सक्ने सुबिधाको बिकाश भएको छ र अब कसैले कसैलाई गुहार्न र चाप्लुसी लाउनु पर्दैन। जे मन लाग्छ सरर आफै लेख अनलाइन पत्रिकालाई पठाउ र त्यसको लिंक र इमेल र फेसबुकको भित्ता भरि टासी देउ, बस सबैलाई जानकारी भइ हाल्छ। फेरि मन मनै फतफताउन थाल्छ , सस्तो लोकप्रियता र आत्मा संतुस्तिको माध्यम बनेको छ यो सब बिदेशमा बस्ने नेपालीहरुलाई। सबैलाई नाम चाहिएको छ, मात्र एउटा बहाना चहिञ्छ. त्यस्तै केहि बहाना को नाममा बनेको समाचार हेर्न बिहाननै देखि फोन गरेर हैरान।
अचेल सुनिललाई इमेल खोल्न र हेर्न समेत मन लाग्दैन, यो उस्को कम्प्युटर वा इमेल प्रति बितृष्णा जागेर होइन तर इमेल को वर्षा र संघ संस्थाको सस्तो लोकप्रियताले भरिएको स्वलिखित समाचार र प्रचार प्रसारले होला। झन् दशैँ तिहार, नेपाली नया बर्ष र ल्होसारको सिजन लाग्नै हुदैन इमेल को वर्षा मात्रै कहाँ हो र ? सुनामी र कट्रिनानै आउन थाल्छ, फेरि उ सोच्न थाल्छ “ हुन् पनि किन न होस् यो सन् फ्रान्सिको बे एरियामा मात्रै गन्ने हो भने तीन दर्जनको हारा हारिमा पुग्न लाग्यो नेपालीहरुले संचालन गरेको संघ, सन्स्थाहरु झन् बे एरिया बाहिर जाने हो वा अमेरिका भरिकै संघ संस्थाको नाली बेली केलाउने हो भने त् एउटा महा भारत नै तयार हुन्छ।”
उसलाई दिक्क लागेर आउछ र एसो घडी तिर हेर्छ दिनको १२:३५ भइ सकेछ, ओह हो दिन त चिप्ली सकेछ, जुरुक्क उठेर कफीको पानि अन गर्छ र बाथरुम तिर लाग्छ। यो उसको दिन चर्या हो करिब चार बर्ष भयो अमेरिका आएको र केहि महिना भित्र उसको परिवार समेत आउने भएकोले एकलै कोठा लिएर बसेको छ, यस अघि उ साथीहरु सित रुम सेर गरेर बस्थ्यो। दुइ बेडरुमको कोठा, सबै कोठामा सर समान किनेको तर मिलाउन भने नभ्याएको हो वा परिवार आउने निधो भए पछि मिलाउन राखेको हुन् सक्छ। जता ततै लुगाहरु छरपस्ट छरिएको छ । एउटा कोठामा दुइ छोरीहरु र एउटा कोठामा आफु र श्रीमती , साथमा बैठक कोठा, बाथरुम र किचेन यहि हो अमेरिकी एपार्टमेन्टको बनोट। आज फुर्सद मिलाएर एसो कोठा मिलाउने सोची रहेको बेलामा उसको मूड नै अफ गरिदियो साथीहरुको फोन को घन्टी र उनीहरुको कुराले।
बाथरुम बाट निस्किएर कफीको चुस्की लिदैं आइफोनमा इमेल र फेसबुक हेर्न थाल्छ, त्यहि फोन गर्ने साथीको इमेल र फेसबुक स्टाटसले भरिएको रहेछ। दिक्क लागे पनि एसो हेरी पठाउछ , त्यहाँ उ कुनै एउटा नया संस्थाको अध्यक्ष पदमा उम्मेदवारी दिएको समाचार रहेछ, उ फेरि सोच्छ हन यो मान्छे अस्ति भर्खर एउटा संस्थाको अध्यक्ष भएर आफ्नो कार्यकाल पुरा गरेको कस्तो अर्को संस्थाको अध्यक्ष हुन तम्सेको होला ? कस्तो भुत चढेको, बिदेशमा बसेर एसो आफ्नो र परिवारको भविस्य बनाउनु , दिन रात यहाँ पनि पार्टी, संथा र क्लबको मात्रै कुरा गरि हिड्छ। एसो लाजपनि हुनु पर्ने एउटा संस्था छोडेको दुइ चार महिना हुन नपाउदै अर्को संथा को कुर्सी ताक्ने। – के यहि हो समाज सेवा ? उ आफैलाई प्रश्न गर्छ। खै के हो के ? बुझ्नै गाह्रो भन्दै कफीको घुट्को तान्छ र फोनलाई पनि सोफामा मिल्काउदै कपडा धुन हप्ता भरिको धुने लुगाको ब्याग बोकेर लण्ड्रीतिर लाग्छ।
सुनिल , ए सुनिल हन कता छौ ? भन्दै उही मित्र केहि साथीहरुलिएर उसलाई खोज्दै उसकै डेरामै आइ पुग्छन, ए तिमि त् लुगा धुन लागेको ? एक छिन बसौन तिमि सित केहि सल्लाह गर्नु छ भन्दै उसलाई कोठातिर लान्छ उ पनि एक छिन है लुगा मिसिनमा हाली हाल्छु भन्दै कोठाबाट बाहिरिदै भन्छ , बस्दै गरन म आइ हाल्छु , कोठा खुल्लै छ, भित्रै जादा हुन्छ ।
जब सुनिल आफ्नै कोठामा आउछ सबै जना सोफामा बसेर गफ गरि रहेका हुन्छन । ए एतै बसन हामि आएर तिमीलाई डिस्टर्ब त भएन ? भन्दै त्यहि साथि अन्य साथिहरुको परिचय गराउन थाल्छ। “हेर साथी हो यस क्षेत्रको भोट जित्नु छ भने सुनिललाई हातमा लिनु पर्छ उसको यहा राम्रो पकड छ, सबै नया आउने नेपालीहरुलाई उसले सहयोग र साथ् दिएको छ, उसको घरमा बास बस्न नआउने यस क्षेत्रका नया नेपालीहरु भेट्नै गाह्रो छ, उ सारै मिलनसार र बरिस्ठ समाज सेवी हो यस क्षेत्रको , सबै जना हो हो भन्दै ज्ञान लाइ साथ दिन्छन र आग्रह गर्छन , हेर सुनिल तिमीले धेरै समाज सेवा गरेउ अब यस स्थानको नेतृत्व गर्ने बेला आएको छ, तिमि जस्तो मान्छे पछि बसेर हुदैन , हाम्रो कम्युनिटी सेन्टर बनाउने सपना, मन्दिर, नेपाली क्लास संचालन गर्ने, नेपालमा जल बिधुत देखि अन्य कामहरु र भूकम्पमा सहयोग गर्ने थुप्रै योजनाहरु छन , अहिले सहि समय छ तिमि आउने , हेर त तिम्रो नाम र इज्जत हुनेछ सबैले तिमीलाई चिन्नेछन । “ उ एक प्रकार ले भाषण नै छाट्न थाल्छ तर सुनिल भने बिहानै देखिको बिग्रिएको मुड लाई शान्त पार्ने कोशिस गर्दै , “एक छिन ल साथीहरु म लुगा ड्रायरमा हालेर आउछु तिमीहरु कुरा गर्दै गरन भनेर बहिरिन्छ। उ मनमनै मुरमुरिदै हिड्छ, वाइयात! काम न काज, रोज्छ आफ्नो राज। सब स्वार्थी छन् सब आफुलाई जिताउन यसरि अर्कालाई मुर्गा बनाइ हिडछन्।”
उसलाई लण्ड्रि बाट फर्केर कोठामा त आउन मन छैन तर बिचारा गरोस पनि के र ? फेरि फर्की आउछ, अहिले भने उनीहरुको बिषय बदलिन्छ, र सोहनले प्रश्न गर्छ सुनिल दा ! भाउजु , नानीहरु कहिले आउने हो ? कोठा त राम्रो लिनु भएछ सुनेथे यहाको स्कुल डिस्ट्रिक पनि राम्रो छ रे। म पनि परिवार आउने टुंगो भए पछि एतै सर्नु पर्यो। रेन्ट कस्तो छ एता दाइ ? भन्छ , सुनिल बोल्ने मुडमा हुदैन ठिकै छ अब चाडै आउछन , हुन्छ नि एतै आउनुनि। फेरि एक प्रकार को सुन्य छाउछ कोठामा। अचानक ज्ञानले ब्यागबाट केहि पेपर निकाल्दै भन्छ ल साथी नया मेम्बरशिप को फर्म ल्याएको छु र साथीले कमसेकम चालिस पचास जना जति एसो हामीलाई भोट दिने खालको मनले जित्ने साथीहरुलाई मेम्बर बनाउनु होला। भोट दिने खालको हुनु पर्छ नया साथिहरु छन् भने मेम्बरशिपको पैसाको चिन्ता गर्नु पर्दैन नाम र इमेल भए पुग्छ, हामि हेरौला एसो नया हरुलाई सेवा गर्ने मौका पनि हुन्छ, अखिर हामि पनि समाज सेवा गर्न त उठेका हौ होइन र साथीहरु ? सबैले एकै स्वरमा हो हो भनछन । फेरि उही साथीले नया प्रस्त्वाब राख्छ, “ हेर सुनिल तिमि चिन्ता गर्नु पर्दैन हामीले तिम्रो लागि सोचेका छौ। यदि हाम्रो प्यानलले जितेछ भने तिमीलाई ससम्मान हाम्रो संस्थाको बरिस्ठ सल्लाहकारमा मनोनयन गर्ने छौ। तिमीले हामीलाई एति सहयोग गर्नु पर्यो। तिमिलाई सम्मान गर्ने जिम्मा हाम्रो भयो। भन्दै एक थान पेपरको फर्म थमाउछ र भन्छ, ल साथी हामि तिम्रो अमुल्य समय धेरै लिन चाहदैनौ, बस यो फर्म भरेर रेडी गर्नु होला हामि आउदो आइतबार संकलन गर्न आउछौ। ल अहिले लाई बिदा पाउ भन्दै हात मिलाएर सबै बहिरिन्छन । उ केहि बोल्दैन। नत टेबलमा छोडेको मेम्बर्शिपको फर्मतिरनै हेर्छ। लामो सास फेरेर फ्रिजबाट एउटा बियरको बोतल खोलेर तान्न थाल्छ , कस्ता कस्ता मानिसहरु अमेरिका आएका छन् बरु नेपालमै बसेर राजनीति गर्नुनि।
अचानक फोन को घन्टी बज्छ , र मन नलागि नलागि फोनको स्पिकर अन गरेर हल्लो भन्छ। ए सुनिलजी होइन म म बोलेको क्या हजुरको अति हितैसी साथि , यहालाई भेटेर केहि सल्लाह गर्नु थियो के भेट्न सकिन्छ ? उ अचानक चर्को स्वरमा बोल्छ भन्नुहोस के कामले भेट्ने फोनमै कुरा गर्दा हुदैन ? हैन हैन मित्र नरिसाउनोसन हामि हाम्रो प्यानलबाट यहालाई एउटा सम्मानित स्थान दिने निर्णय गर्न लागेको यहाको त्यस क्षेत्रमा राम्रो पकड छ, सबैले चिन्छन , यहाको ठुलो इज्जत छ यदि यहा हाम्रो प्यानलमा आउने हो भने हामि यहालाई सम्मानित स्थान दिनेछौ तर यस पल्टको चुनावमा पूर्ण सहयोग गर्नु पर्छ ।
सरि म अहिले ड्राइभ गर्दैछु पछि कुरा गरौ, भन्दै फोन काटी दिन्छ र रिसले चुर हुदै पिजा हटलाई फोन गर्छ. “केन आइ हेव वान लार्ज पिज्जा विथ मसरुम एंड चिकेन, येस नॉव प्लिज, होप यु ह्याभ माइ अड्रेस , ओके देन, भन्दै फोन राख्छ र अर्को बियरको बोतल खोल्छ। अचानक उसको नजर त्यहि टेबलमा छरपस्ट भएको फर्म मा पर्छ र के सोच्छ कुन्नि सबै उठाएर गार्बेज ब्यागमा हाल्दै फत फताउछ। सब यहाँ आफ्नो स्वार्थको लागि मात्र समाज सेवाको ढोंग गर्छन । अनि मलाई भन्छन “मेरो संस्थामा आउनोस यहालाई सम्मानित स्थान दिइनेछ।” त्यतिनै बेला ढोकाको घन्टी बज्छ, सोच्छ सयाद पिज्जा डेलिभरी गर्न आयो होला। ढोका खोल्छ तर त्यहाँ एक जना चिनेको भाइ हुन्छ , नमस्ते दाइ आज घरमै हो ? हेर्नु न मेरो गाडी स्टार्ट भएन काममा जानु हतार भै सक्यो के गर्नु के गर्नु भएर दाइलाई एसो सहयोग मागौ भनेर आएको। के चाहियो तिमीलाई? अ तिमीलाई ड्रप गर्न जान त सक्दिन अलिकति ड्रिंक्स गरेको छु, बरु मेरो गाडी लिएर जाउ, भन्दै चाबी थमाई दिन्छ। मिलेछ भने भरे चाडै आउनु मेरो पनि सपिङ्ग गर्न जानु छ।
हुन्छ दाई ! थांक्स, म चाडै आउछु, भनेर चाबी लिएर त्यो भाई निस्किन्छ र उ भने ढोका बन्द गरेर सोफामा ढल्किन्छ, ओह गड ! , कस्तो दिनमा बिदा लिएछु आज। फेरि ढोकाको घन्टी बज्छ तर उसलाई ढोका खोल्ने मूड छैन , उ नसुनेको जस्तो गरेर आखा चिम्म गर्छ। सायद पिजा डेलिवरि होला अब ढोकाको होइन उसको फोनको घन्टी बज्न थाल्छ, तर उ भने निस्फिक्री आखा चिम्म गरेर सुति रहन्छ ।