पृथ्वीनारायण शाहलाई थुक्ने गधा हो : आफ्नै बाबुलाई थुकेर बस्न लाज छैन आङकाजी काका?

विचार

आङकाजी काका,हुनत तिमी मलाई कहिल्यै पनि मन परेन, आजबाट त झनै मन परेन किनकी तिमीले ३०० बर्षअघि नेपालको नक्शा कोरेर यो धर्तीबाट अवकाश लिएका पृथ्वीनारायण शाहलाई तिम्रो नाईटोदेखि ठेलेर जबरजस्ती निकालिएको थुकले अपमान गर्यौ।यदि तिमी यतिबेला रुसमा लेनिनलाई थुकिरहेका हुन्थ्यौ या त चाईनामा मार्क्सलाई धारेहात लाईरहेका हुन्थौ भने तिम्रो घाँटीमा फलामको सिक्री हुन्थ्यो , तिमी आकाशतिर शूलीमा उचालिँदै हुन्थ्यौ र जमिनमा तिम्रो मृत्युदण्डको अन्तिम दृश्य हेर्न मान्छेहरुको ठूलो भिड लागिसकेको हुन्थ्यो। तर तिमी यस्तो भाग्यमानी मान्छे हौ, जो गोजीमा नेपाली नागरिकता बोकेर त्यहि नेपाल बनाउने ब्यक्तिलाई अपमान गरिरहेछौ, थुकिरहेछौ, कुल्चिरहेछौ तरपनि शिर ठाडो गरेर डुक्रिरहेछौ, भुकिरहेछौ र शानले एउटा समुदायलाई हिप्नोटाईज गरेर रोल मोडल बन्न खोजिरहेछौ।

हो, मान्छे सर्वगुण सम्पन्न कोहिपनि हुँदैन। जन्मदै केहि अपजस, खोट र दुर्गुणको कुण्डलीमा लत्पतिएरै जन्मिएको हुन्छ।मान्छेको त के कुरा ,भगवानलेपनि बेईमानी गरेका छन्, उनका पनि अनेक रुप र चरित्र छन्। प्रकृति पनि यसबाट अछुतो छैन, किनकी गुलाफमा काँडा छ भने चन्द्रमामा दाग छ । त्यसकारण आज तिमीले थुकिरहेका पृथ्वीनारायण शाहमा पनि केहि नराम्रा कुराहरु अवस्य थिए होलान्। तर उनले सबैजना प्रजाहरुले एउटै सिँगो राज्यमा मिलेर बसुन् भनेरै उनले आफ्नो ज्यानको बाज़ी थापेर लडेका हुन्।टुक्राटुक्रा भएको मुलुकलाई एकताको सुत्रमा बाँधेका हुन्।
[youtube https://www.youtube.com/watch?v=83j30ndinkY]
कुनै बिदेशी तस्करहरुका अगाडि शिर ननिहुराई नेपालको गरिमालाई उँचो बनाएकै हुन्। तर ख़ालि उनको जातको बर्गिकरणको कुरा उठाएर उनलाई खराब देख्नु, गाली गर्नु र थुक्नु नै तिम्रो ईरादा हो भने तिमीलाई नेपालमा बस्ने कुनै अधिकार छैन । अधिकार यस अर्थमा छैन कि, पृथ्वीनारायण शाहलाई थुक्ने जो सुकै गधा होस् ,त्यस जन्तुलाई नेपाली हुँ भन्न नैतिकताले पनि दिदैन। बाँकी तिम्रो पहिचानको कुरो, पहिचान भनेको तिमी जस्तो ठाउँमा जन्मियौ, जस्को कोखबाट जन्मियौ र जुन जातिको भनेर चिनियौ, त्यसमा पृथ्वीनारायण शाहको केहि दोष छैन।तिमी जो भएपनि पहिले नेपाली नै हौ। यो कुरा चाहिँ नबिर्स। तर यति हुँदाहुँदै पनि एउटा निश्चित समुदायलाई भड्काएर, उचालेर र थेचारेर जातीयताका पर्खालहरु लगाउँछौ भने तिमीलाई यो देशबाट नलेखेटी हुँदैन।

किनकी तिमीले हामी छिमेकी छिमेकी लडाउने, साथी साथी काटाकाट गराउने, समाजमा गलत अफ़वाह फैलाउने र समग्रमा देशै टुक्र्याउने काम गर्दै छौ।म ब्राम्हण जातिको भएपनि मलाई न बाहुनी भएकोमा गर्व छ, न त अरु जातजातिलाई हेपेर , थिच्नु मिच्नु किच्नुपर्छ भन्ने मानसिकता नै छ। मेरा धेरैजसो साथीहरु थारु, मगर, राई, लिम्बु , गुरुङ र सेर्पाहरु नै हुनुहुन्छ। हामीलाई साथी बन्न, एउटै थालमा खान र एउटै समाजमा सास फेर्न न तिम्रो जातियताको दम्भ र दलाली भाषाले छेकेको छ, न त पृथ्वीनारायण शाहको चारजातको अँकले नै रोकेको छ।हामी खुल्ला हावामा सास फेर्छौं र नेपाली हुनुमा गर्व गर्छौं। 

मलाई तिमीप्रति यस अर्थमा पनि अझ घृणा जागेको छ कि जतिखेर देश संकटमा पर्छ, त्यतिखेर तिमी गुप्तबास चल्दिने, मधेश आन्दोलनमा सिके राउतलाई उचालेर बुई बोक्ने,सिमानामा बिदेशीले बम पड्काउँदा लेकाली च्याङ्ग्राको साँप्रो चपाएर जिब्रो पड्काउने अनि अरुबेला जातियताका चर्का डम्फुहरु बजाएर सामाजिक सद्भाव बिथोल्ने काम गर्छौ।त्यतिमात्र होईन, तिमीले त गुरु बनेर चेलाहरुलाई नै गलत मार्ग हिडाइरहेछौ, अाकाशतिर थुतुनो फर्काएर थुक्न उक्साइरहेछौ, इनारभित्र आफ्नो छाँया हेरेर आफै हाम्फाल्ने आत्मघाती आक्रोश एउटा समुदायबीच जन्माईरहेछौ। के यस्ले तिम्रो जातीय र पहिचानबादी क्रान्तिको मिशन पुरा हुन्छ त? अँह, कदापी हुदैन।पृथ्वीनारायण शाहले गरेको गल्तीको सजाए त राजतन्त्र अन्त्यसँगै समाप्त भैसक्यो नि।

अब त गणतन्त्रले नयाँ युग लिएर आएको छ। यो युगमा न तिमी आङबहादुर काकाले थेप्चो नाक र चिम्सा आँखामा पहिचानको चश्मा अड्याउने हो, न मानबहादुर भतिजले चुच्चो नाक र लामा जुँगामा बाहुनबादको रङ दल्ने हो..! बराबर हैसियत बनाएर काँधमा काँध मिलाएर चुच्चे र थेप्चेहरुले समाज बनाउने हो, देश बनाउने हो! तर अब तिमीले एकपटक अघि आफ्ना बटालियनसहित थुकेको ठाँउमा गएर घुँडा टेकेर पृथ्वीनारायण शाहसँग माफ माग्नै पर्छ किनकी तिमीले ठूलो गल्ती गर्यौ।उनीसँग भएको हिम्मत, जुनुन ,दुरदर्शिता र त्यागको उपहास गर्यौ र सिँगो ईतिहाँसलाई नै कुल्चियौ। आफ्नो समुदायको हुर्मत लिएर , उनीहरुको मन मस्तिष्कलाई हाईज्याक गरेर आफू उनीहरुको नजरमा राजा नै बन्न खोज्यौ।

तिमी कतिसम्म देशद्रोही , बलमिचाहा र अवसरबादी रहेछौ है?आफ्नै बाबुलाई थुकेर त्यै बाबुले बनाएको घरमा साँडे भएर अरुलाई पनि हान्दै बस्न लाज छैन आङे काका? अब त सुध्र यार, कति जातियताको भाङ खाएर ठ्वाँस्स गन्हाउदै अर्कालाई प्याच थुक्छौ भाङकाजी?तिम्रो हर्कत देखेर पृथ्वीनारायण शाहले पनि तिमीलाई माझीऔंला नै उपहार दिएछन् , तल राम्ररी हेर त. ..!

 

Post Comment