सर्वप्रथम त सामाजिक कार्यका अभियान्ता तथा चर्चित हास्य कलाकार जोडि। आदरणिय सिताराम कट्टेल (धुर्मुस) ज्यु र कुन्जना घिमिरे (सुन्तली) ज्यु हरुलाई मेरो तर्फबाट हार्दिक नम:नम:छ।हुनत म एउटा परदेशि भुमिमा कार्यरत एउटा मजदुर हु।मलाई पछुतो लाग्छ सिताराम ज्यु किन किन मैले पनि हजुरको। यो बिभन्न ठाँऊमा बस्ती निर्माणकार्य का लागि आर्थिक सहयोग गर्नलाई आजसम्म सकेको छैन।सायद म हाल नेपाल मा भएको भएमा पक्कै पनि हजुर को यो अभियानको कुनै न कुनै ठाँऊमा मैले सकेको श्रमदान अबस्य गर्ने थिए।
आशा छ भोलिका दिनहरूमा सके आफ्नो हैसियतले भ्याएको आर्थिक सहयोग नसकेको खन्डमा म नेपाल आएको समय सन्दर्भ भएछ। र हजुरको कुनै अन्य बस्तीको निर्माणकार्य को पाइलामा पक्कै पनि सके १ महिना नसके १५ दिन। जति मैले पक्कै पनि श्रमदान सहयोग गर्नेछु।साथै हजुरहरु को यो अभियानलाई हातमा हात मिलाउदै सहयोग गर्नेहरु सम्पूर्ण स्देस तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाइ हरुलाई मेरो हृदय देखिन को नम:नम: पनि छ।आज यो देसका नेपाल आमा का असल छोराछोरी हरु मध्येका। तपाईंहरु सिताराम जि, कुन्जना जि,नेपाली पत्रकारिता को क्षेत्रमा एकदमै चर्चित तथा वर्तमान समयमा सर्वाधिक लोकप्रियता कमाएको तथा अन्याय र स्वशित पिडित भएर बसेका।आमा नेपाली आमा बुबा दाजुभाइ तथा दिदिबहिनी हरुका लागि न्यायको मुर्तिका रुपमा सन्चालित। News24 television कार्यक्रम सिधा कुरा जनता सँग कार्यक्रम का प्रस्तोता आदरणिय दाइ रवि लामिछाने र बिगतमा सोही टेलिभिजनको एक चर्चित कार्यक्रम जय स्वाभिमान नेपाल कार्यक्रमका प्रस्तोता आदरणिय दाइ प्रेम बानियाँ यहाँ हरु सबैलाई जन्म दिने नेपाल आमा र बुबा हरु प्रति मेरो पुनः हार्दिक नम:नम:छ।
हाम्रो देसमा २०७२ सालको बैशाख १२ र २९ गतेको माहाभुकम्प पछिका दिनहरूमा यो देसका साशकहरु कतिपटक सत्ताको लुछाचुडिमा लागे तर अहिलेम्म खै न त ती भुकम्पपिडित नेपाली जनताका लागि देस बिदेश बाट आएको राहतस्वरूपकोअर्बौं रुपैयाँ कहाँ पुग्यो?उतातिर गएको असार र साउनको बाढीले तराईका कतिपय जिल्लामा। बाढीपीडित हरुले सितलहर को चिसो तप्त तप्प सितको पानी मुनि सुत्न बाध्य छन्।खै के हेर्दैछन् यो देसका साशक हरुले?कमसेकम सिताराम जि को यो माहान कार्यको बाँकी ७० रहेको रौतहटको सन्तपुर बस्तीको निर्माणकार्य को रिन यो देसका साशकहरु ले तिर्दिए के हुन्थ्यो?पाप लाग्छ र बडो बिडम्बना छ कठै हाम्रो देसमा भ्रष्टचारीहरु ले करोडौंको सम्पत्ति कुम्लो पारेर हिड्ने गरेका छन ।
तर यहाँ सिताराम जि को यस्तो माहान कार्य लाई कुनै पनि सरकारि निकायहरू ले बेवास्ता गरेको देखिन्छ।सिन्धुपाल्चोक का भुकम्पपिडितहरु का लागि सिताराम जि बाट सुरुवात गिरानचौंरबाट आफ्नो माहान कार्य लाई अगाडि बडाएर हालसम्म उहाँको अतुलनिय योगदानको कारणले। विभिन्न जिल्ला र स्थानमा गरेर जम्मा ४ वटा बस्तीहरु को निर्माणकार्य भएका छन्।बिचरा कुन्जना घिमिरे ज्यु ले आफ्नि काखे नाबालक छोरीलाई आफ्नतहरु। का साथमा छोडेर के पानी के झरि के बाढी के पहिरो नभनिकन यस्तो माहान कार्य लाई। अगाडि बढाउनु भयो म उहाँ लाई पुनः हृदय देखिन हार्दिक नम:नम:गर्दछु।खै सरकारले बनाएको भुकम्पपिडितहरु का लागि बनाएको पुनःनिर्माणिकरणको कार्यलय ले हालसम्म के के र कहाँ कहाँ का भुकम्प पिडितहरुका घरहरु लाई निर्माण गरेको छ???नेपाल को चरम राजनीतिक दलहरू को खिचातानि र पुनःनिर्माणिकरण को सिइयो को हेरफेर मा समय बितिसक्यो कहिले रामचन्द्र पौडेल का सम्धी लाई त कहिले कसका जुवाइ लाई यहाँ सिइयो बनाएर थपना जस्तै राखिएको देखिन्छ काम सुन्यता देखिन्छ।बडो बिडम्बना छ यहाँ कठै हाम्रो देस कठै हाम्री नेपाल आमा अन्त्यमा पुनः धुर्मुस सुन्तली फाउन्डेशनलाइ सहयोग गर्नुहुने तपाईंहरु सम्पूर्ण सहयोग मनहरु लाई हार्दिक नम:नम:छ ।
छत्र लकाई खड्का मोरङ सुन्दरहरैचा नगरपालिका वडा न ७ हाल,मलेसिया क्वालालम्पुर।