बद्री पंगेनी ज्यु लोक गितमा जस्ले जे गरेपनी हुने हो ?

बद्री पंगेनी ज्यु लोक गितमा जस्ले जे गरेपनी हुने हो ?
विचार

लोक गायक श्याम ठकुरी
अन्ततः सहमति भएरै छाड्यो खासमा गित चोरिएको हैन पैचो मागिएको जस्तो लाग्यो।
क्लासिक एफएम र सिटिजन्स एफएम सुनी सके पछि भन्न मन लागेका कुराहरु:-
१)धनराम मुस्कान जि-तपाईंलाई रेकर्ड गर्ने बेलामानै थाहा रहेछ अझै सरोजजिले नाम राखिदिन्छु पनि भन्नुभएको रहेछत फेरि किन दुलो भित्र पस्नुभयो?अहिले यत्रो बहस पछि चाहिँ तपाईलाई नाम किन चाहियो? अर्को कुरा तपाईं सरोजलाई सत्रु लागेको भनेर कसरी ठोकुवा गर्न सक्नुहुन्छ के यो विषयमा जनता जनार्दन लाई बोल्ने अधिकार छैन? तपाईं आफै विभिन्न सस्थामा आवद्द हुनुहुदो रहेछत यस्तो हर्कत हुनु हुदैन भनेर किन कुरा उठाउन सक्नु भएन?
२)सरोज जि- तपाईले आफ्नो गल्ती स्विकार्नुभयो उचित लाग्यो तर सङ्सङ्गै यो पनि भन्नुभयोकी बाह्य व्यक्तिले लान्छना लगाएर मेरो मानहानी गरियो। यदि तपाईको मान हानी भएकै हो भने लय मिलेको हो भनेर किन स्विकार्नुभयो? अनि तपाईले कस्लाई बाह्य भन्नुभयो यो कुरा तमाम दर्शक श्रोताले उठाईरहेका छन्।यदि दर्शक श्रोता लाई बाहिरी बनाउनु हुन्छ भने तपाईं आफ्नो गित कहाँ गएर कसलाई सुनाउनु हुन्छ? अर्को कुरा मैले नयाँ गित हैन 15/20 वर्ष अघिको गितलाई उतारेको हो भन्नुहुन्छ। त्यसो गर्न पनि पाईन्छ र जतिसुकै पुरानो भए पनि आफ्नो सृजना प्यारो हुन्छ।पुरानो मोबाईलमा नयाँ हाउजिङ फेरे जस्तो हैननी यो कुरा।फेरि तपाईं दुईजना एकै रातमा कसरी मिल्नुभयो नेताको गठबन्दन जस्तो गरि यो पनि गजब लागेको छ। खैर सबैलाई सुचित गर्दै यो कुराको बिट मार्ने कोशिश गर्नुभएको छ मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु।
३)सिबनारायण जोशी ज्यु- तपाईले एउटा कुरा गर्नुभयो रेडियो नेपालमा लोक गितमा ४०% सम्म कपि गर्न मान्यता दिइएको छ।तर यहाँ पुरै हुबहु चोरिएको छ यो विषयमा चाहिँ केही लेखिएको छैन? फेरि आफै भन्नू हुन्छ मेरो गित गोकुल राउतले हुबहु गाएको छ भनेर त्यो कुराको बहस किन गर्नुभएन? गोकुल राउत जिले पनि यो कुरामा जवाफ दिनु पर्छ आगामी दिनहरुमा।
४)बद्री पङ्गेनी सर- तपाईले भन्नू भयो कलाकार आफैले कस्तो गित गर्ने भनेर राम्रो सङ्ग सोचेर गर्यो भने यो कुरामा कमि आउँछ। तपाईं आफै लोक दोहोरी प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ तर नीति नियमका कुरात केही गर्नुभएननी? कि प्रतिष्ठानमा केही लेखिएको किताब छैन?नीति नियम कार्यन्वयन गर्ने कामत तपाईहरुको होनि हैन?अलिकती दरिलो रुपमा प्रस्तुत हुन नसक्नु तपाईहरुको पनि कमजोरी हो।
४) हरिबल्लब नेपाल ज्यु-तपाईं नेपाल लोक संचार कर्मिको अध्यक्ष हुनुहुन्छ तर लोक सन्चारमै विभेद भै रहेको छ यो कुरामा तपाइको चासो के छनी?सबै गित बराबरी हुन सबैले बराबरी मान्यता पाउनु पर्ने हैन र?तर सन्चार माध्यमले पैसा दिए मात्रै गित बजाउछन किन?सबैको रेडियो सम्म धाउने समय सवै सङ्ग नहुन सक्छ एउटा रेडियोले अर्को रेडियोलाई mail गरिदिएको गित बजाउन किन मान्दैनन्? प्रत्येक रेडियोलाई 2500/3000 तिरेर बिज्ञापन पनि बजाउन सक्ने हैसिएत कसैको पनि हुन्न।प्रत्येक सन्चार क्षेत्रमा ईन्टरनेटको सुबिधा छ युट्युब बाट लिएर पनि बजाउन सक्छननी हैन? यदि हो भने यो बिसयमा नजर अन्दाज गरियोस।
५)नबराज ढुंगाना ज्यु- तपाईं राष्ट्रिय संगीत कर्मी संघको उपाध्यक्ष भएर पनि कुनै ठोस कुरा बोल्न सक्नु भएन यो हाम्रो लागि खुशिको विषय रहेन।
६)कमल सरगम जि- तपाईले काठे र पस्चिमे गित लाई बरारी स्थान दिएको छु भन्नुभयो। तर यस्तो पाईदैन तपाइको कार्यक्रम मैले धेरै पटक सुनेको छु।अर्को कुरा काठे भनेर छुट्याउने अधिकार कस्ले दियो तपाईलाई?गित पनि काठे पस्चिमे भन्नी हुन्छ योत आम मान्छेको भ्रम हो। लोक सस्कृती लोक परम्परा बोकेका सबै लोक गित हुन्।यो फलानो त्यो फलानो भन्ने अधिकार कसैलाई पनि छैन।र हामी सबैले भन्नू पनि हुँदैन। लोक गितको प्रतिष्ठा एउटै छ भने यो त्यो भनेर बिभाजन गर्ने तपाईं हामी को हौं र।
७(सिभराम भण्डारी ज्यु- तपाईलाई मेरो अनुरोध।।। तपाईं जो जतिलाई आफ्नो रेडियोमा बोलाउनुहुन्छ बोल्ने बेलामा उसकै भाषा बोल्नु हुन्छ।तपाईं पत्रकार हो पत्रकार अलि आँटिलो हुनु पर्छ सवैलाई उस्तै व्यबहार गर्नु पर्छ सत्यतथ्य कुरामा कसैको मुख नहेर्नु होला।
#धन्यवाद
नोट-जे देखियो,सुनियो त्यही लेखियो मेरो कुराले कसैको सिङ जुरो हराउछ भने खोज्ने काम हराउनेकै हो मेरो हैन।
जय गित जय संगीत ।

Post Comment