मानिस जब जन्मिन्छ तब देखिनै उसलाई हरेक कुराहरुको जरुरत र आवश्यकता पर्दछ।जन्मेको बालक हुर्कदै जान्छ तब तब उसले विभिन्न कुराहरु पनि सिक्दै जान्छ।शिक्षा स्वास्थ समाज सेवा मानव आचरण कला धर्म संस्कृति लगायत अन्य कुराहरुको ज्ञान विद्यार्थी जीवन बाट नै हासिल गरिसकेको हुन्छ।जब त्यही ब्यक्ति हरेक कुराहरु हासिल गरेर पुर्ण बनिसकेको हुन्छ तब उसले आफू अनि अरु र समाज देशको प्रतिको जिम्मेवारी बारे सोच्न थाल्छ।
![](https://usnepalnews.netwp-content/uploads/2018/02/received_2036132439943266.jpeg)
आफुलाई आत्मानिर्भर गर्दै देश समाज अनि राष्ट्र प्रतिको दायित्व निभाउने पनि प्रयत्न गरिरहेको हुन्छ।स्वयम् आफू स्वदेशमा होस अथवा बिदेशमा तर जन्म भुमी समाज र राष्ट्र प्रतिको माया उत्तिकै हुन्छ।म यहाँ प्रदेश नम्बर ७ अथवा सुदुर पश्चिमको कुरो उठान गर्न खोजिरहेको छु।प्राकृति सम्पदाले भरिपुर्ण सुदुर पश्चिम बिकास निकास हुन नसक्दा अरु प्रदेशको हिसाबमा पिछडिएको मानिन्छ।कागजको पानामा लेखिए पनि हामीले भन्ने बेलामा मुखले सुन्दर सुदुर पश्चिम भनेपनी तर बिकास निकासको दृष्टिकोणले सुन्दर सुदुर पश्चिम बन्न सकेको छैन।यदि साच्चिकै सुदुर पश्चिममा बिकास हुने हो भने स्वर्ग भन्दा कम हुने थिएन होला।
त्यहाँका अमुल्य जडिबुटी नदिनाला मठ मन्दिर निकुञ्ज चारधाम ताल तलैया लगायत पर्यटनको अधिक सम्भावना बोकेका स्थलहरुको बिकास भैदिएको भए सुनमा सुगन्ध थपिने थियो बिडम्बना तिनको जगेर्ना हुन नसक्नाले जिर्ण अवस्थामा छन् ।सोही अवस्था लाई मध्यनजर गर्दै सुदुर पश्चिमका वैदेशिक रोजगारमा रहेका युवायुवतीहरु एक जुट भएका छन् ।जुन संस्थाको नाम सुदुर पश्चिमेलि समाज रहेको छ।बिदेशका हरेक राष्ट्रहरुमा रोजगारी गरिरहेका सुदुर पश्चिम वासिहरुले आफ्नो कला संस्कृति धर्म लगायत प्राकृति आपद बिपद सुख्खा खडेरी आगलागी बाढिपहिरो बाट पिडित ब्यक्तिहरुलाई सक्दो सहयोग तथा विशेष गरि सुदुर पश्चिमको बिकास निकास शिक्षा स्वास्थमा आफू पनि सहयोग गर्ने र राज्य सरकार लाई पनि गराउन दबाब दिने जस्ता प्रमुख योजनाहरु रहेका छन् ।बिदेशका केही देशहरूमा सुदुर पश्चिमेलि समाजका समिती धेरै अगाडि देखि गठन भए पनि भारतमा भने २९ जनवरी २०१७मा गठन भएको थियो ।
सो समिती गठन गर्नमा मोहन साउद दिपक मल्ल बिष्णु जोशी लाल ब थापा एम बि साउद भरत भट्ट दिपक कडायत दिपक खड्का लगायत अन्य ब्यक्तिहरुको विशेष भुमिका रहेको थियो।स्थापना नभएको एक बर्ष नपुग्दै महिलाहरुको महान चाड हरितालिका तिजमा नेपालका ख्याती प्राप्त कलाकारहरु र स्थानीय कलाकार लिएर मुम्बई पुना कोहलापुर र चेन्नैमा तिज विशेष कार्यक्रम गरेर रेकर्ड नै बनाएको थियो।त्यस्तै समिती गठन भएको एक बर्ष पुगेको शुभ अवसरमा भारतका विभिन्न राज्यमा जनवरी २९ मा बार्षिक उत्सब लाई लिएर सांस्कृतिक कार्यक्रम गरेको थियो।स्थापना हुदा भारत भरी एउटै समिती थियो भने हाल १५/१६ ठाँउमा राज्य समिती र केही ठाँउमा नगर समिती गठन भैसकेका छन् भने केही ठाँउमा समिती गठन हुने प्रक्रिया अगाडि बढिरहेको छ।सुदुर पश्चिम वाशिको यस संस्था प्रतिको बिश्वास र आस्था बढ्दो जनलहर तथा सुदुर पश्चिमेलि समाज भारत समिती लाई आधिकारिक रूपमा स्थापना गर्नको लागि आउदो १२ बैशाख २०७५ मा भारत समितिले कैलालीको धनगढीमा अवस्थित शुभ श्री प्याईलेसमा आफ्नो महाअधिबेसन को आयोजना गरेको छ।उक्त अधिबेशनलाई सफल पार्न भारतभरी छरिएर रहेका सुदुर पश्चिमेलिहरु लागि परेका छन् भने समितिका हरेक सदस्यले आर्थिक भौतिक नैतिक रूपमा सक्दो सहयोग गरिरहेका छन् ।
त्यस्तै भारत समिती बाट अधिबेशनको मिति अगाव नै नेपाल गैसक्नु भएका सदस्यहरुले अधिबेशनको लागि आवश्यक सामाग्री हल ब्यबस्थापन प्रचार प्रसार तिर पुर्ण रुपले सहयोग गरिरहेका छन् ।भारतमा रहेका सुदुर पश्चिमेलि समाजका सदस्यहरु उक्त अधिबेशनमा भाग लिनको लागि अंग्रेजी महिना अप्रेल देखि यात्रा सुरु गर्नेछन् ।तसर्थ सुदुर पश्चिमेलि समाज भारत समितिको लागि यो महाअधिबेशन एक ऎतिहासिक दिन हुनेछ र बाध्यता बस बिदेशमा भए पनि आफ्नो ठाँउ अनि समाजको लागि बिदेशिएका युवायुवतीहरु केही गर्न तत्पर रहेका भन्ने संकेत जानेछ । जय सुदुर पश्चिम !!!