गृहमन्त्री ज्यु ! अपराधीलाई जुस र निर्दोषलाई मृत्यु किन ?

गृहमन्त्री ज्यु ! अपराधीलाई जुस र निर्दोषलाई मृत्यु किन ?
विचार
लेखक

कानुन जुनसुकै देशको होस तर सबै जनता बराबरी हुनुपर्छ । कानुन कसैको लागि सानो ठुलो सस्तो महंगो हुनु हुदैन।अपराध गर्ने अपराधी जो सुकै होस तर अपराध अनुसारको सजाय पाउनैपर्छ ।यदि अपराध गर्ने अपराधी लाई राजनीतिक भित्रका कानुनको ठेक्का लिएर बसेका तत्वहरुले सानो ठुलो नजिक टाढा पक्ष विपक्ष गरेर अपराध गर्ने अपराधी लाई उम्काउछन भने त्यो नै जनता र देशको लागि एक ठुलो दुर्भाग्य हो।

जहाँ अपराधी लाई कानुनको कठघरामा ल्याएर कारबाही गरिदैन त्यहाँ स्थिरता सुशासन शान्ति हुदैन।यस्तै हाम्रो देश नेपालमा भैरहेको छ जो अपराधी हो उसलाई कारबाही भैरहेको छैन जो निर्दोष हुन उनिहरुलाई न्याय दिलाउन सकेको छैन।माओवादी दस बर्षे जनयुद्ध पछि गणतन्त्र लोकतन्त्र स्थापना भयो तर जनताका दिनहरु आउन सकेन । चकचकी र बगबगी उनकै रहयो जो कानुन र देश लाई हातमा लिएर बसेका थिए।अनि कसरी भन्न मिल्छ गणतन्त्र र लोकतन्त्र आयो भनेर।हत्या हिंसा चोरी डकैती बलात्कार जस्ता अपराधको अन्तय हुन सकेन झन मौलाएर गयो।

२०६१ जेष्ठ २४ गते आफ्नो कान्छो छोरा कृष्ण प्रसाद अधिकारि लाई माओवादी पक्षले हत्या गरेको र अपराधीको छानबिन गरि कानुनी कारबाही हुनुपर्ने माग राख्दै आएका आमा गंगामाया अधिकारि तथा बुवा नन्द बहाहुर अधिकारिले अनशन सुरु गरेका थिए । अवस्था नाजुक हुँदै गएपछि उनिहरुलाई अस्पतालमा लिईएको थियो ।त्यही अस्पतालमै अनशन बस्दा बस्दै नन्द ब अधिकारिले २०७१ असोज ६ दम तोडेका थिए। अनशन बस्दा बस्दै नन्द ब ले ज्यान गुमायो तर सरकारले न्याय दिलाउन सकेन्न अपराधी र दोषीलाई समातेर कारबाही गर्न सकेन।हालसम्म पनि गंगामाया अधिकारि वीर अस्पताल मै अनशनरध छन् तर सरकारको ध्यानाकर्षण भएको छैन तर जातीयताको नारा लिएर २०७२ भाद्र ७ गते टिकापुर घटनाको मुख्य योजनाकार तथा योजनाकाअपराधी रेशम चौधरीका लाई कुनै किसिमको कारबाही हुन सकेको छैन।टिकापुर घटना भए लगत्तै फरार भएका चौधरी २०७४ सालमा सम्पन्न प्रदेश सभाको लागि टिकापुर बाटै उम्मेदवारी दिएका थिए भने उक्त चुनावमा अत्यधिक बहुमतले बिजयी पनि भएका थिए । बिजयी भए संगै रेशम चौधरी आफ्नो छानबिन गरियोस भनी जिल्ला अदालत पुगेका थिए भने अदालतले दोषी ठहर गर्दै कारबाहीको लागि निर्देशन दिएको थियो भने उनलाई पक्रेर कारागारमा थुनिएका थिए ।

आफुले सपथ नपाएको भन्दै जेल भित्रै उनी अनशन बसेका थिए।अनशनकै क्रममा उनको स्वास्थ अवस्था बिग्रेपछि उनलाई उपचारका लागि सेती अंचल अस्पताल धनगढीमा लगिएका थिए तर त्यहाँ स्वास्थमा सुधार नआएपछि उनलाई काठमाडौ लिईएको थियो।काठमाडौ लिईएपछी अस्पतालमा उनलाई भेट्न जाने नेताको पनि लर्को थियो।महन्त ठाकुर लगायत रेशम चौधरी लाई साथ समर्थन गर्नेहरुको प्रस्ताव स्वीकार गर्दै हो अथवा आफू नै रास्ट्रबादी बाट गिर्नको लागि कुन हिसाबले अनशनरत रेशम लाई गृहमन्त्री ज्युले जुस पिलाईयो हामी जान्न चाहन्छौ । यदि कानुन सबैको लागि बराबर हो भने गंगामायालाई पनि जुस पिलाइउयोस न्याय दिलाईयोस हैन भने रेशम जस्ता अपराधी लाई कानुन अनुसारको कारबाही होस तपाईंको जय जय हुनेछ ।

यदि रेशम चौधरी जस्ता अपराधी लाई उम्काएर लिईन्छ भने हजारौं रेशम जन्मिदै जातीयताको र संघीयताको नारा लिएर मेलमिलाप भएर बसेका अनेकौं जात जातिलाई लडाउदै हिंसा हत्या बलात्कार जस्ता अपराधको खोलो बगाउने छन् र देश रुवाणडा सिरिया जस्तो नहोला भन्न सकिन्न तसर्थ टिकापुर घटनाका योद्धा परिवार लगायत हामी सबैको अनरोध रेशम चौधरी लाई रिहाई होईन कारबाही होस गंगामाया अधिकारि र नन्द प्रसाद अधिकारी जस्ता निर्दोष लाई न्याय मिलोस कृष्ण प्रसाद अधिकारीका हत्यारा समातिर कारबाही होस ।न्याय नपाएका जनता र कानुन नपाएको देशले यी सबै कुरा दिलाउन सकोस धन्यवाद ।

Post Comment