स्वदेशमा बेरोजगार हुँदाको पीडा होस अथवा मातृभुमी छोडेर बिदेशको तातोघाम अनि जोखिमपूर्ण अवस्थाको पीडा होस त्यो त भोगेका अनि गरेका लाई मात्र अनुभुती हुने गर्दछ।जब हामी कुनै बस्तुको बारेमा बुझ्न त्यस्को गहिराई अथवा नजिक भएर हेर्दैनौ तबसम्म त्यो बस्तुलाई हामी चिन्न सक्दैनौ।बेरोजगार अनि बिदेश यी दुईटै शब्दको परिभाषा आ आफ्नै छ।समय संग संगै पृथ्वी लाई परिक्रमा गरेर हिड्ने यी दुईटै शब्द संग हामिले पनि हिड्नु जरुरी हुन्छ ।तसर्थ समय हामी संग होईन हामिले समय संग परिवर्तन हुनु पर्ने हुन्छ।देशमा प्रर्याप्त मात्रामा रोजगारि भईदिएको भए आज हामिले बिदेशको चर्कोघाम अनि त्यो बिरानो मुलुकमा जोखिमपूर्ण जिन्दगी मोल्नु पर्ने थिएन होला तर बिडम्बना हिजो भन्दा आज बिदेश धाउने नेपालीहरुको जनसंख्या बढ्दो देखिन्छ।कुनैपनी देशमा जबसम्म स्थिर सरकार बन्दैन तबसम्म कुनै पनि काम कार्ययोजना हरु लगायत रोजगारीका अवसरहरु पनि पाउन सम्भव हुँदैन ।
बेरोजगारिको मुख्य कारण नै देशको आलोपालो सरकार स्वार्थको राजनीति सत्ता र कुर्चिको लागि लडिरहने राजनीति दलहरुलाई जान्छ।बेरोजगारीको प्रभाव भने देशका युवायुवतीहरुलाई पर्दछ।एउटा गरिबको छोरा भबिष्यमा ठुलो बनेर देशमै केही गरेर खाने सपना देख्दै शिक्षा आर्जन गर्छ।तर त्यो कुरो पूरा हुन नसक्दा सोचेका सपनाहरू अधुरै टुट्ने गर्छन् ।त्यही बाउले छोरा लाई लेखाउछन पढाउ छन् तर बाबू छोराका सपनाहरू पूरा नभएर देशमा देखेका सपना खाडिको चर्कोघाम अनि कंकट नै कंकट भएको त्यो बालुवाको मरुभुमिमा सिमित हुन्छन् ।हाम्रो समुदाय बाट कसैको छोरा अमेरिका जापान कोरिया गयो भने हामी भन्ने गर्छौ त्यस्को छोराले त अब पैसा कमाउने भयो जमिन किन्छ घर बनाउछ भनेर तर हामिले यो कहिले भन्न सकेनौ बिदेशमा कस्तो दुख कष्ट होला बिरानो देशमा न तिहार न दशै न आफन्त कसरी दिन बिताउछ होला बिचरा भनेर अनि कसरी हामी समृद्धि हुन्छौ जब सम्म हामी त्यो भनाई छोड्दैनौ तबसम्म हाम्रा बिदेशका मरुभुमिमा हुने हरुलाई शान्तना मिल्ने छैन किनकि मातृभुमी छोडेर बिदेशको चर्को घाममा पोल्लिएको पीडा त्यसैले बुझेको हुन्छ जसलाई गाडी किन्छ घर बनाउछ भनेका हुन्छौ।त्यही ब्यक्तिले घर छोडदा मातृभुमी बाट पराई हुदा अनि आ आफ्न्त बाट टाढा हुदा अनि आफ्ना रितिरिवाज मनाउन नपाउदाको पीडा त्यसैलाई थाहा हुन्छ जस्ले मरुभुमिमा पैसा संग पसिना साट्दै गरेको हुन्छ।हाम्रो कम्जोरी त्याहा नेर भएको हो जहाँ छोरा बिदेश गएर सम्पती कमाउछ भन्दै ताली पिटयौ तर छोरा जन्म भुमिका सपनाहरू चकनाचुर भए भनेर कहिले सोच्यौन ।
केवल कुर्सि र स्वार्थको लागि मात्र राजनीति गर्नेहरुका लागि यो देश राजमय भयो तर देश मै केही गरेर खान्छु भन्नेका लागि पराई भयो तसर्थ पनि मेरो देश समृद्ध हुन सकेको छैन बिकासमय हुन सकेको छैन।देशमा ब्याप्त समस्याहरु समाधान गर्न त सहि नेतृत्व अनि निस्वार्थ भावना हुनुपर्छ ।बेरोजगार हामी नेपालीहरु बिदेशका जुन देशमा भएपनी देशमा केही गर्नु पर्छ भन्ने भावना लिएर एकताको सुत्रमा आबद्ध हुँदै छन् त्यो नै हाम्रो लागि एक उपलब्धि हो।प्रबास तथा बिदेशमा हुने हरेक किसिमका समस्याहरु समाधानका साथै समाज सेवा र भाईचाराका लागि पनि यो कदम सहि र एकता नै बल हो भन्ने प्रमाणित भईसकेको छ।
अध्यक्ष सुदुर पश्चिमेलि समाज भारत महाराष्ट्र राज्य समिति ।