नेपाल यस्तो देश हो जो कहिले पनि कसैको गुलाम बनेन।नेपालीहरु यस्ता बहादुर ईमान्दार अनि साहसी हुन जो कसैको लोभ लालच डर धम्की बाट पछि हटेनन।गोर्खाली सगरमाथा बहादुर अनि बुद्धको नाम बाट नेपालीहरुले नेपाल लाई बिश्वमा चिनाउन सफल भए।भौगोलिक दृष्टिकोणले नेपाल हिमाल पहाड र तराईमा बिभाजन गरिएको छ भने नेपाल सानो र एक आफ्नै मौलिकता भेषभुषा अनि कला संस्कृति बोकेको देश हो। नेपाल सानो भएपनी त्यही नेपाल भित्र बस्ने नेपालीहरुका बिचार अनि योगदान भने सानातिना छैनन्।
नेपालका छिमेकी मित्र राष्ट्र भारत अनि चीन पर्दछन ।छिमेकी मुलुक भारत संग हामी नेपालीहरुको परा पुर्ब काल देखिको अटुट सम्बन्ध कायम रहेको छ भने भाषा संस्कृति रहन सहन धर्म लगायत विभिन्न कुराहरुमा मेल खाने गर्दछ।तसर्थ पनि नेपाल भारत सम्बन्ध ठुलो देखिन्छ।भारत स्वतन्त्र हुनु पुर्ब पनि भारतलाई नेपालले हरेक कुराहरुमा सक्दो सहयोग गर्दै आएको थियो भने भारतले पनि नेपाल लाई दुख कष्ट आपत बिपद पर्दा सहयोग गर्ने गर्दथ्यो।नेपाल भारतको उसो त रोटि बेटिको नाता भनेर पनि चिनिन्छ।नेपालको तराई क्षेत्र अथवा भारत संग जोडिएका जिल्लाहरुमा प्राय भारतका युपि बिहार बाट बसाई सराई गरेर नेपाल छिरेका मधेसीहरु बसोबास गर्ने गर्छन् । तिनै मधेसीहरु हालसम्म पनि हिन्दी भाषा बोल्ने गर्छन् ।त्यति मात्र होईन त्यही मधेसमा जन्मेका केही मधेसी नेताहरु एक मधेस एक प्रदेश भनेर पनि कुर्लिएका देखिएकै हुन।नेपाल संबिधान निर्माण गरेर घोषणा भए लगत्तै भारतले गरेको नाकाबन्दी लाई पनि भारतले नाका बन्दी लगाएको छैन भनेर पनि तिनै मधेसी नेताहरुले भनेको अन्तरबार्ता सुन्न पाईएकै हो।
भारत हाम्रो एक घनिष्ठ सम्बन्ध भएको मित्र राष्ट्र भए पनि बेला बेलामा नेपालिहरुलाई दुख कष्ट दिने कार्य भने गरि नै रहेको देखिन्छ।सन 1889 को लामो नाका बन्दी होस अथवा 2015 को 3 महिने नाका बन्दी होस ती नाका बन्दिहरुले नेपाली जनता माथी ठुलो प्रभाव नै पारेका थिए।ती नाका बन्दिहरुले नेपालीहरुलाई केही आत्मानिर्भर बन्न त पाठ सिकायो होला तर खाना पकाउदा त्यो चुलोमा ग्यास नहुदाको पीडा गाडी मोटर गुडाएर गरिने आवतजावतमा पैदल यात्रा गरेर दिनौ दिन सम्मका ती यात्रामा भोगेका पीडा अनि भबिष्यका कर्णधार ति विद्यार्थी नानिबाबुहरुलाई स्कुल पठाउन समेत भएका बाधाका पिडाहरुले नेपालीहरुको मुटुमा कहिल्यै नभुल्लिने गरि चोट लागेकै हुन।प्राकृतिक आपदा बाट ठुलो क्षति खेपिरहेको नेपाल माथी त्यही समयमा भारतले एक तर्फी लगाएको नाका बन्दिले नेपालीहरुलाई आलो घाउमा नुन चुक छर्के झै भएको थियो।हामीलाई राम्रो संग थाहा छ स्वदेशमा रोजगारी नहुदा भारतमा करिब ६०/७० लाख नेपालीहरु विभिन्न पेशामा संलग्न छन् तर हामिले भारतियहरुको पैसा त्यतिकै खाएका होईनौ काममा मिहिनेत परिश्रम अनि पसिना संग पैसा साटेका हौ भन्दा फरक नपर्ला।
नेपालीहरु हाम्रो भारतमा आएर पैसा कमाउछन रोजगार हुन्छन भनेर आन्दोलन अनि नेपालीहरु लाई हेर्ने दृष्टिकोण नै फरक देखिन्छ।नेपाली बंगालीहरु आएर हाम्रो रोजगार खोस्यो हामी काम पाउदैनौ भनेर भन्नेहरुलाई हामी भन्न चाहन्छौ तपाईंहरु पनि परिश्रम गर्नुहोस अनि किन पाउनु हुन्न काम । मलाई नेपाली खाना पकाउने चाहियो भनेर भन्ने एउटा मालिक मलाई सुरक्षागार्डको लागि एउटा नेपाली चाहियो भन्ने मालिक मलाई कार चालक नेपाली नै चाहियो र मलाई मेरो होटेलको लागि एउटा् नेपाली चायनिज कुक चाहियो भनेर भन्ने अरु कोहि होईनन तिनै भारतमा बस्ने ठुला ठुला धनिहरुले भनेका शब्दहरु हुन। हुन त हामिहरुलाई एक दिन त्यो अवस्था पनि आउने छ जब भारतियहरुले आईडन्टी कार्डहरु छानबिन गर्ने छ र दलाल बाट बिना आधार बनाईएका प्रमाणपत्रहरु लाई मान्यता दिईने छैन अनि नेपालीहरु स्वदेश फर्किनु पर्ने समय आउने छ।तर पनि परराष्ट्र मन्त्रालयको सम्झौता अनुसार जुन सुकै देशको नागरिक पनि सम्झौता भएका राष्ट्रमा गएर खान पाईने ब्यबस्था छ।
भारत हाम्रो मित्र राष्ट्र हो हामी पनि त्यही चाहन्छौ कि यो मित्रता जुनि जुनि सम्म कायम रहि रहोस् ।तर भारतले नेपाल र नेपालीहरुलाई समय समयमा धोका दिदै आएको कुरो छर्लङ्ग नै छ।चाहे त्यो नाका बन्दी होस चाहे सिमानाको मुद्दा होस चाहे सिमानामा गाडिएका जंङ्गे पिल्लरको लडाई होस चाहे कंचनपुरको कल्भर्टको मुद्दा लिएर कंचनपुर निवासी सहिद गोबिन्द गौतम लाई भारतीय एसपीले गोलि हान्दाको कुरो होस चाहे सिमाना लाई थिच्ने मिच्ने कुरो होस चाहे नेपाली भुमी भित्रै पसेर दादागिरी गर्ने कार्य होस यी सबै काम यथावत कायम नै रहे।बर्षमा एक पटक चाड पर्व आउदा घर आउने नेपालीहरु लाखौको हिसाबले भारत बाट नेपाल फर्किन्छन अनि त्यही नेपाल भारत सिमानाका वार्डरमा लुटिने कुटिने पैसा तिर्नु पर्ने लगायतका विभिन्न किसिमका सास्ती झेल्नु परेको कुरो हामी सामु जिउदै छ ।तर नेपाल सरकार र राजनीति दलका अगुवा नेताहरु बाट कुनै किसिमका समस्या समाधानका आवाज आउदैनन।केही समयमा यी बिषयमा कुरो उठाए पनि बिस्तारै फेरि सेलाएर जान्छ अनि ती समस्या जिउका त्यु रहिरहन्छन ।तर हामी चाहन्छौ भारत र हाम्रो सम्बन्ध पबित्रमय बनिरहोस नेपालीहरु भारत आउदा कुनै किसिमका सास्ती नहुन र भारतीयहरु नेपाल जादा पनि कुनै प्रकारका समस्याहरु नपरुन हाम्रो कामना पनि यहि हो।तर भारतको प्रवृत्ति हेर्दा नेपालिहरुको लागि आफू पनि केही नगर्ने भनेको कुरो कार्यनयन नगर्ने अनि उता अर्को छिमेकीले गर्दा पनि भारत लाई सहन नहुने यो प्रवृत्ति पक्कै पनि ठिक होईन ।नेपाल चाहन्छ छिमेकी राष्ट्र चीन र भारत संग हाम्रो सम्बन्ध प्रगाढ नै होस एक देश लाई दुख कष्ट पर्दा अर्कोले सहयोग गरोस एक आपसी भाईचाराको नाता रहिरहोस यहि नै एक अर्को मित्र राष्ट्र प्रतिको दायित्व हो।
ईतिहास साक्षी छ भुकम्पले थला परेको समयमा चिनले नेपाल लाई आर्थिक भौतिक नैतिक शारीरिक सबै प्रकारका सहयोग गरेको थियो भने भारतले पनि त्यही चिनको सहयोग लाई देखेर ठुलो आर्थिक सहयोग घोषणा गरेको थियो तर केही कार्यनयन भए पनि तर घोषणा पुरै कार्य भएको देखिएन ।मैले यो भन्न खोजेको होईन कि नेपाल लाई चिनले मात्र सहयोग गर्यो भारतले गरेन भनेर भारतले पनि आर्थिक भौतिक नैतिक शारीरिक सबै खाले गरेको छ हामिले बुझेका पनि छौ तर त्यसको केही समय पछि जुन नेपाली जनताहरु माथी एक पक्षीय नाका बन्दी लगाईयो र नेपाली जनताको मर्म बुझिएन त्यही भारतको प्रवृत्ति बिरोधी हु म ? धेरै ठुलो १० बर्षे जनयुद्ध अनि समयमा संबिधान बन्न नसकेर स्थाई सरकार स्थापित लगायत विभिन्न किसिमका पराकाष्ठा बाट पिरोलिएको देश त्यसै पनि बिकास बाट टाढा नै रहेको थियो।दस बर्षे जनयुद्ध २०६२ /६३को जन आन्दोलन पछिको उपलब्धि हासिल गर्न सकिरहेको थिएन नेपाल ।संबिधान कार्यमा ढिलाई अनि देशमा काम चलाउ अथवा आलोपालोको सरकारले दिक्क र वाक्क थिए जनता! त्यसपछि जन नेपालको संबिधान भनेर घोषणा भयो तब फेरि मधेसमा आगो बल्न थाल्यो ।मधेसी जनताहरुले यो संबिधान हाम्रो अधिकार विरुद्ध छ यसमा हाम्रो कुनै हक अधिकार् सुनिश्चित गरिएको छैन भनेर मधेसीहरुले बन्द हडताल गरिएकै हुन।तर संविधानको कुनै पनि धारामा मधेस बिरोधि कुराहरु राखेका छैनन् । त्यही मुद्दा लाई लिएर भारतले नाका बन्दी लगाएको कुरो हामी सबैलाई जग जायर नै छ।नेपाल माथी थिचोमिचो गरेको समयमा होस अथवा सिमाना मुद्दाको बिषयमा होस अथवा हरेक समय समयमा यस्ता कष्टदायक काम गर्दा समेत चुईक्क नबोल्ने नेपाली नेताहरु त्यत्रो नाका बन्दिमा पनि केही नबोलेर भारतका गुलाम नबनेका होईनन् ।केही नेताहरुले भारतको त्यो प्रवृत्ति प्रती बिरोध गरेपनी सत्तामा पुगेपछि दिल्ली धाएर भारतको ईशारामा चल्न भने छोडेका छैनन्।
भारतले नेपाल माथी गरेको थिचोमिचो र नेपालको कब्जा गरेको जमिन नेपालले फिर्ता पाउनु पर्छ ग्रेटर नेपाल अध्यक्ष फणीन्द्र नेपाल र सिमानामा काडेतार अभियान्त नायक नवल खडकाले पटक पटक उठाए पनि सत्ता पक्ष बाट कुनै किसिमका आवाजहरु उठाईएनन।यदि अब नेपाल लाई आर्थिक भौतिक लगायत बिकासका दृष्टिकोणले परिपक्क गर्ने हो भने पद लोभ लालच अनि स्वार्थको राजनीति होईन देश अनि जनताको लागि नेता बन्नु पर्छ।यस्का साथ साथै दिल्ली धाएर भारतको ईशारामा चल्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ र एक स्वाभिमान नेताको उदाहरण देखाउनु नै एक ठुलो उदयमान हुनेछ। धन्यवाद ।
करन साउद सुदुर पश्चिमेलि समाज भारत महाराष्ट्र अध्यक्ष