सात समुन्द्र पारीबाट आमालाई सम्झिरहने छोरा को पीडा

सात समुन्द्र पारीबाट आमालाई सम्झिरहने छोरा को पीडा
विचार

मलाई माफ गरिदिनु आमा कुन शब्द बाट सुरु गरौ शब्द नै भेटाइ रहेको छैन । आमा

हजुरलाई खुसी राख्नको लागि घर बाट बाहिर भए तर खुसी राख्न सकिन। म यो बिरानो ठाउमा रात दिन टन्टना टन घाम मा पोलिएर मेहनत गरिनै राखेको छु तर पनि तपाईं लाई खुसी राख्न सकिरहेको छैन !हुन त हजुर र नानी बाबू हरुलाई खुसि राख्न को लागि म बाहिरिन बाध्य भएको हु तर त्यो खुसी कहिले आउँछ म आफैलाइ थाहा छैन ।

आमा हजुर को हातले पकाको खाना नखाएको पनि बर्सौ भयो कहिले काहीँ फोन मा कुरा हुदा सङगै छु जस्तो अनुभव हुन्छ तर फोन काटिए पछि रुख बाट खसे जस्तै अनुभव हुन्छ अनि मुटु भकान्नियर आउँछ आँखामा आँसु बाहेक अरु केही हुदैन । तपाईंले सन्चै छौ छोरा भनेर सुरिलो सोरले बोलाको बारम्बार मेरो मुटुमा घोची रहन्छ ?आमा सानो छदा जहाँ गय पनि सङगै लिएर गाको आफू नखाइ नखाइ मेरि मुख्मा खाना दिएको ५ बर्ष सम्म बुबु खाएको १५ बर्ष सम्म स्कुल पढाएको त्यो हजुरको रिण कहिलै तिर्न सक्दिन होला । आमा??

के गर्नु हजुर सङगै बस्ने चाहाना हुदाहुदै पनि हाम्रो देशको बेरोजगारी ले गर्दा बिदेशीन बाध्या भएको हु !हाम्रो देशमा उच्च शिक्षा हासिल गरेर पनि लाखौ युवाहरु बिदेश को ५५/६० डिग्री घाममा आफ्नो पसिना बगाइ रहेकाछन त्यो हामी हरुको रहर होइन आमा बाध्याता हो । देशमा राजनीति को खोल ओडेर आफ्नो ब्यापार ब्याबसाय बनाइ राखेका नेता भनाउदा हरु ले देश मा बिकार निकास र रोजगारी कहिलै ल्याउने भएन अब त झन देश मा भ्रष्टाचार ,बलात्कार ,चोरी,जस्ता थुप्रै घटना हरु दिन दहाडै हुन थाल्यो अब झनै बिकास र रोजगारी को आशा हरायो । लामो समय पछि भयको चुनाव ले केही गर्छ भनेर कम्न्युस्ट हरुलाइ २ तिहाले बिजय गराइयो झन गाउमा बिकृति र बलात्कार जस्ता जघन्य अपराध हुन थाले । आमा हजुर को सपना पूरा गर्न सकिन्छ कि सकिँदैन त्यो त समय ले देखाउने छ । अहिले हामी यो बिरानो शहर बाट हजुर को आँसु पुच्न सकिरहेका छैनौं । तर आमा तपाईं को छोराले हजुर लाई सधै भरी सम्झिनै राखेको छ ।लेख्ने शब्द हरु त थुप्रै छन दिन रात गर्दा पनि सकिनेछैन्न तर काम मा बिजि नै छु तेसैले आज लाई यति नै miss u mum

अन्त्यमा,
आमा दशै घर मा नबनाको पनि ५ बर्ष भयो यो बर्ष पनि हजुर सङग दशै मा नहुने भए तेस्को लागि माफ गरिदिनु होला ।

उहीँ हजुरको अभागी छोरा प्रेम खड्का

Post Comment